सेनाको तालिम लिइरहेकी युवतीले गरिन् झुण्डिएर आत्महत्या
2:20 AM
Loading...
नुवाकोट, ५ असोज । सैनिक तालिम लिइरहेकी ओखलढुंगा जिल्ला रानीवन गाविसकी रमिला कार्कीले आत्महत्या गरेकी छिन् ।सैनिक तालिम केन्द्र मैथली व्यारेकमा तालिमरत २० वर्षकी रमिलाले शौचालयमा बुधबार बिहान पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रमिला बुधबार बिहान ४ बजेतिर महिला शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आत्महत्याको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । तालिमको कठिनताको कारण कहिलेकाँही सैन्य युवतीहरु फाट्टफुट्ट तालिम छोडेर भाग्ने गरेको घटना भने यसअघि पनि हुने गरेको थियो ।
0 comments