भारत भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भूअखण्डतामाथि गम्भीर असर पुगेको भन्दै मालेद्वारा प्रचण्डको कडा आलोचना
1:28 AM
Loading...
काठमाडौं,६ असोज । सीपी मैनाली नेतृत्वको नेकपा मालेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तीको कडा शब्दमा भत्सर्ना गरेको छ ।
संयुक्त विज्ञप्तिमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा भूअखण्डतामाथि गम्भीर आघात पुगेको भन्दै बिहिबार बसेको मालेको स्थायी कमिटी बैठकले विरोध तथा भ्रत्र्सना गरेको हो ।
आफ्नो भूराजनैतिक विशेषताले गर्दा नेपालले असंलग्न तथा तटस्थ र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्दै आईरहेको एवम् यही नीति नै नेपालको निम्ति श्रेयष्कर रहेको प्रष्टसंग देख्दा देख्दै पनि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसंग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुश्प्रयास गरीएको छ ’, बैठकपछि मैनालीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यस्तै भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठहर्याउदै प्रधानमन्त्री दाहालले आन्तरिक मामलामा बाह्य शक्तिलाई प्रवेश गराउने र देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुर्याउने काम गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।-
0 comments