दशैंमा के खाने, कसरी खाने ? यसरी मनाउनुस स्वस्थ्य रहेर दशैं
12:44 AM
Loading...
काठमाडौं,१३ असोज । दशैंमा धेरै चिल्ला र फ्राइ गरेका खानेकुरा तथा माछामासु खाने चलन छ । त्यस्तै फलफूट, चट्नी, पेय पदार्थ पनि धेरै खाईन्छ । यस्ता खाद्य पदार्थले प्रेसर र सुगरका बिरामीलाई धेरै नै हानी पुर्याउँछ । धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खार्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यसबाट मुटुलाई निकै नै हानी पुर्याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । अर्को कुरा एकदिन पकाएको माछामासु धेरै दिनसम्म खाने गरिन्छ । पछि हुँदै जाँदा खानेकुरा दुषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाईदा गर्छ । जति खानेकुरा बनाईन्छ, त्यसमा शुद्धीकरणमा ध्यान दिनुपर्यो । सरसफाई र स्वस्थकर खानेकुरा नै रोज्नुपर्यो । सुगर, प्रेसर, दम र ग्याष्टीकका बिरामीले त विशेष ध्यान दिनुपर्छ । सुगरका बिरामीले गुलियो र चिल्लो पदार्थ छुन पनि भएन । प्रेसरका बिरामीले पनि नुनिलो खानेकुरा र मादक पदार्थ खान भएन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयघात पनि हुने भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पुर्याउँछ । आफ्नो स्वास्थ्यको लागि आफैं ख्याल गरौं, आफ्नो स्वास्थ्यको लागि आफैं डाक्टर बनौं । खानेकुरा बनाउने होटल तथा पाटी आयोजना गर्नेले पनि अरुको लागि होइन मेरै लागि खानेकुरा बनाउँदैछु भनेर ध्यान दिनुपर्यो । खानेकुरा खाँदा पनि धेरै बिचार पुर्याउनुपर्छ । ग्याष्टीकका बिरामीले दिनको तीनचार पटक खानुपर्छ ।
सुगरका बिरामीले पनि पेटभरी खान हुँदैन । अड्कल गरी गरी खानुपर्छ । प्रेसरका बिरामीले चिल्लो कम खाने, दमका बिरामीले धेरै चिसो नखाने यस्ता कुरामा ध्यान दिनुपर्छ । तातो नखाने, धूवाँधुलोबाट टाढा रहनुपर्ने हुन्छ । स्वस्थ मान्छेले पनि दिनमा तीनचार पटक मात्रै खाने । एकैपटक धेरै खान हुँदैन । काम अनुसार खाने हो । दुईहजार देखि तीन हजार क्यालोरीसम्म खान उपयुक्त हुन्छ ।
धेरै काम गर्नेलाई तीनहजार क्यालोरी र बसेर खानेलाई १८ सयदेखि दुई हजार क्यालोरी ठीक हुन्छ । हिसाब गर्दा एक ग्राम चामलमा चार क्यालोरी हुन्छ । मासु र आँटामा पनि यस्तै हुन्छ । र एकग्राम बोसोमा चाहिं ९ क्यालोरी हुन्छ । यो हिसाबले खानामा ख्याल गर्नुपर्छ । १८सय देखि तीनहजार क्यालोरीसम्म पुग्ने गरी खान उपयुक्त हुन्छ । मासु नखानेले पनि धेरै ध्यान दिनुपर्छ । प्रोटिनको लागि मासुको सट्टा केराउ, भटमास, च्याउ, दाल लगायत खानेकुराको प्रयोग गर्ने चलन छ । यी खानेकुरा पनि धेरै खान हुँदैन । दिनमा ६० ग्राम प्रोटिन या बोसो भयो भने उपयुक्त हुन्छ ।
0 comments