मित्सुबिसी एसियन बालचित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थी सम्मानित

3:43 AM

Loading...


भक्तपुर, ९ असोज । सन् २०१५–२०१६ मित्सुबिसी एसियन बालचित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवं प्रदान गरिएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले माउन्ट भ्यु इङलिस स्कुल बालकोटमा आज आयोजना गरेको कार्यक्रममा एम्बिसन एकेडेमी काठमाडौँका जेनी लामाले ग्रान्ड प्रिक्स एवार्ड, सोसाइटल उमावि नयाँ बानेश्वरका सुहानी लुइँटेलले मित्सुबिसी प्याक एवार्ड, सिद्घार्थ एकेडेमी दाङका प्रमिला श्रेष्ठले एनफुज अवार्ड र अरुणिमा मावि कुमारीगालका युनिशा चौलागाईंले एफुका अवार्ड प्राप्त गर्नुभयो ।

यसैगरी माउन्ट भ्युृ इङलिस स्कुलका दिलासा भण्डारी, शिखरापुर सामुदायिक विद्यालय दक्षिणकालीका जीवेश केसी, लोयल्टी एकेडेमी काठमाडौँका प्रमोद देउवा र शङ्कर मावि दाङका सन्तोष पुन मगरले एक्सिलेन्ट अवार्ड प्राप्त गर्नुभयो । उहाँहरु देशभरका २० जिल्लाका विद्यार्थीबाट सङ्कलित ५९७ चित्रबाट उत्कृष्ट ठहरिनुभएको हो ।
कार्यक्रममा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बालमैत्री शिक्षामा जोड दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने बताउनुभयो ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा कमलेश्वर कुमार सिन्हा, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, सचिवालयका सचिव बलराम तिमिल्सिना र पुरस्कृत विद्यालयका तर्फबाट माउन्ट भ्यु इङलिस स्कुलका प्रिन्सिपल राजकुमार महर्जनले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले मुलुकको कला र संस्कृतिको प्रचार अन्य मुलकमा समेत पु¥याउन सहयोग मिल्ने बताउनुभयो ।

युनेस्कोको सहयोग तथा नेसनल फेडरेसन अफ युनेस्को एसोसिएसन इन जापानको समन्वयमा २०१५–२०१६ मित्सुबिसी एसिएन चिल्ड्रेन्स इनिक्की फेस्टा कार्यक्रम अन्तर्गत युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयबाट सङ्कलन गरिएका चित्रमध्ये उत्कृष्ट चित्र छनोट गरी जापान पठाइएकामा ‘द इन्टरनेसनल जुरी’ कमिटीले ती विद्यार्थीका चित्रलाई पुरस्कृत गरेको प्रिन्सिपल महर्जनले जानकारी दिनुभयो ।





You Might Also Like

0 comments