करेला खानुस, धेरै बाँच्नुस ! स्वादमात्र हैन स्वास्थ्यका लागि पनि अमूल्य छ करेला
1:09 AM
Loading...
तिते करेला तपाईंलाई मन पर्छ ? कतिलाई यसको तीतो स्वाद मन पर्छ भने कतिलाई पर्दैन । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन,भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड,सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।
स्वास्थ्यमा फाइदा : मधुमेह : मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ । जन्डिसः करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ । पत्थरी–करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कन सक्छ । पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् । जोर्नी दुःख्ने : काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
पिसाब पोल्ने : करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
सौन्दर्यमा फाइदा : अनुहारको दागबाट मुक्ति : करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन । स्वस्थ्य छाला : धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ । एन्टिएजिङ : करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ । पोतो : पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।
0 comments