ओलीले आफ्नो प्रतिवेदन भुसाललाई पढ्न दिएपछि एमाले बैठकमा हाँसो

3:17 AM

Loading...
UML-CC-Meeting
एमाले केन्द्रीय समिति बैठक । तस्वीर: योगेश भट्टराईको ट्वीटर


५ असोज, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पढेर सुनाउने जिम्मा उपमहासचिव घनश्याम भुसाललाई दिएका छन् । ओलीले फरक मत राख्ने भुसाललाई नै आफ्नो प्रतिवेदन पढ्न दिएपछि बैठकको माहौल नै फेरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बुधबारदेखि शुरु भएको बैठकलाई औपचारिक सम्बोधन गरिसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन निकाले । बैठकलाई संक्षिप्त सम्बोधन गरेपछि ओलीले भने, ‘अब म यो प्रतिवेदन पढ्नका लागि उपमहासचिव कमरेड घनश्याम भुसााललाई आग्रह गर्छु ।’

ओलीको प्रतिवेदनको फरक मतका रुपमा अर्को दस्तावेज पेश गर्न लागेका भुसाललाई नै आफ्नो प्रतिवेदन पढ्न आग्रह गरेपछि बैठकमा हाँसो चलेको एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘अध्यक्षले अकस्मात यस्तो आग्रह गर्दा भुसाल पनि अचम्मित भएर केहीबेर अल्मलिए ।’

आफूसँग फरक मत राख्ने तयारीमा रहेका भुसाललाई नै प्रतिवेदन पढ्न लगाएर ओलीले बैठकमा रमाइलो माहोल खडा गरेका हुन् । ओलीको ३२ पेज लामो राजनीतिक प्रतिवेदनको फरक मतका रुपमा भुसालले २६ पेज लामो अर्को प्रस्ताव अघि सारेका छन् ।

भुसालले दुवै गरी ५८ पेज पढ्नुपर्ने भयो भन्दै बैठकमा केन्द्रीय सदस्यहरुबीच हाँसो चलेको छ । एमालेको इतिहासमा पार्टी प्रमुखले फरक मत राख्ने नेतालाई आफ्नो प्रतिवेदन पढ्न दिएको यो पहिलो पटक भएको पुराना नेताहरुले बताए ।

अध्यक्षको प्रतिवेदन पढ्ने क्रममा भुसालले ‘आगामी कार्यभार’ शीर्षक पढ्नुपर्नेमा ‘सरकारको कार्यभार’ भनेर पढेका थिए । पछि उनले सच्याउदै भने, ‘सबैतिर सरकार बाहेक अरु केही नदेख्ने भइएछ ।’

तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष पेश गर्न ९ ओटा समूह बन्ने भएका छन् । सात प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरुको सात समूह हुनेछ ।

त्यस्तै केन्द्रीय विभाग र फाँट अन्तर्गत रहेका केन्द्रीय सदस्यहरुको समेत गरी ९ ओटा समूहमा छलफल हुने केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले बताए ।

समूहको नेता भने प्रदेशका संयोजक र सहसंयोजक हुने छैनन् । सबै समूहले विहीवार अलग-अलग बैठक बसेर टोली नेता चयन गर्नेछन् ।

You Might Also Like

0 comments