बेँसीसहर, ६असोज । जिल्ला कारागारभित्र रहेका कैदीबन्दीले व्यावसायिक उत्पादनबाट मनग्य आम्दानी गरेका छन्
कैदीले आफ्नो सीपअनुसारको व्यवसाय गरेर आम्दानी गरेका हुन् । अधिकांश कैदीले बाँसको मुढाबाट मनग्य आम्दानी लिएका छन् । कतिपयले कपडा सिलाउने र केहीले जुत्ता उत्पादन गरी बिक्री गर्ने गरेका छन् । कैदी सुवास खत्रीले मासिक रु १५ हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनले महिनामा २५ देखि ३० वटा मुढा तयार पार्छन् । अन्य कैदीले समेत यसरी नै आम्दानी गर्दैआएका छन् । एउटा मुढाको मूल्य रु ६०० भन्दा बढी पर्छ । यस्तै बाँसको टेबलको मूल्य रु नौ हजारसम्म पर्छ ।
कैदीले बाहिरबाट बाँस, टायर, डोरी र रङ्ग खरिद गरी विभिन्न सामग्री निर्माण गर्ने गरेका छन् । यस्तै कैदी राजु परियारले जुत्ता बनाएर आम्दानी गरेका छन् । बाहिरबाट कच्चा पदार्थ ल्याई कारागार भित्रै भित्रै जुत्ता बनाएर उहाँले बिक्री गर्दै आएका छन्। कैदी नरेश विकले सिरक र डसना बनाएर मनग्य आम्दानी गर्ने गरेका छन् । “सिरक डसना बनाउँदा समय कटेको पत्तो हुँदैन,” उनले भने । वजार मुल्यभन्दा सस्तो र वलियो सामान पाइने हुँदा अधिकांश ग्राहक कारागारसम्म पुग्ने गरेका कैदीको भनाइ छ ।
कैदीले आफ्नो कमाइ स्थानिय सहकारीमा बचत गर्ने गरेका छन् । केहिले आफ्ना घरमा समेत पठाउने गरेका कारागार प्रमूख काजीमान सुनारले बताए । कारागारले विभिन्न सिपमूलक तालिम आयोजना गर्दै आएको छ ।
0 comments