काठमाडौं, ५ असोज । नेपाली बजारमा मंगलबार प्रतितोला एक सय रुपैयाँ महंगिएको सुनको भाउ बुधबार भने स्थिर रहेको छ । यो साता सुरुवाटै क्रमश बढ्दै आएको सुनको भाउमा आज भने कुनै परिवर्तन नआएको व्यवसायीले जनाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय र तेजावी सुन ५८ हजार १ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
अघिल्लो दिन पनि यहि भाउमा कारोवार भएको महासंघले जनाएको छ । सुनको भाउमा परिवर्तन नभएपनि चाँदीको भने मुल्य घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँ थियो ।
0 comments