बालबालिकाको शिक्षा र स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्छः राष्ट्रपति

3:13 AM

Loading...
Bal-Diwas-2073


२९ भदौ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका भविश्यको कर्णधार रहेको तथ्यलाई मनन गरी उनीहरुको शिक्षा र स्वास्थ्यमा राज्यले उपयुक्त वातावरण बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्यको सुविधा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै त्यसका लागि सबैले पहल गर्नुपर्ने बताइन् । उनले राज्यको एक्लो प्रयासले मात्र बालअधिकारको संरक्षण सम्भव नहुने धारणा राखिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बाल बचाउ प्रवद्र्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ ।’

बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बाल दिवसको एक दिन मीठा भाषण गरेको भरमा बालबालिकाको अवस्था सुधार नहुने धारणा राखे । उनले बालबालिकालाई दिइंदै आएको शिक्षामा डरलाग्दो विभेद रहेको भन्दै विभेद र बालश्रम अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।

सरकारी तथ्यांक अनुसार ५ देखि १७ वर्ष उमेरका ४० प्रतिशतभन्दा बढी अर्थात ३१ लाख ४० हजार बालबालिका रोजगारी गर्न वाध्य छन् । तीमध्ये १६ लाख बालबालिका बालश्रम गर्न वाध्य रहेको र त्यसका कारण उनीहरुको शिक्षा, स्वास्थ्य, मानसिक, शारीरिक र सामाजिक विकासमा अवरोध पुगेको सरकार आफैंले बताएको छ ।

‘सम्बर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय बाल दिवसको मूल कार्यक्रममा बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै विभिन्न्ा २५ जनालाई नगद सहित सम्मान गरिएको थियो । नेकपा माओवादीकी नेतृ उर्मिला अर्याल र निर्वाचन आयोगका पूर्व आयुक्त दोलखबहादुर गुरुङ ५० हजार १ सय १ रुपैयाँसहित तथा अन्य २३ जना व्यक्ति २० हजार १ सय १ रुपैयाँसहित सम्मानित भएका हुन् ।

You Might Also Like

0 comments