पर्सामा भारतीय बालुवा तस्कर र नेपाली सुरक्षाकर्मीबीच झडप
3:07 AM
Loading...
२९ भदौ, वीरगञ्ज । पर्साको पिपरारी गाविसमा पर्ने औराह खोला किनारमा भारतीय बालुवा तस्कर र नेपाली सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
५० जना भन्दा बढीको समूहमा आएका बालुवा तस्करहरुले नेपालतर्फको नदी किनारमा बालुवा उत्खनन गरेका थिए । त्यसलाई नेपाली प्रहरीले रोक्न खोन्दा तनाव भएको हो ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल गस्ती गएको थियो । उनीहरुले रोक्न खोज्दा ढुंगामुढा गरेपछि झडप भएको हो’ पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार तस्करहरुले ढुंगा हानेपछि नेपाली सुरक्षाकर्मीले पनि अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिएका छन् ।
झडपका क्रममा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् । एक तस्कर पनि घाइते भएको बताइएको छ ।
अधिकारीहरुका अनुसार सुरुमा भारतीय सुरक्षाकर्मीहरुले तस्करहरुलाई रोकेका थिएनन् । तर, नेपाली सुरक्षाकर्मीसँग झडप नै भएपछि दुई पक्षबीच कुराकानी भएको र आपसी समन्वयमै स्थितिलाई नियन्त्रणमा लिइएको नेपाली अधिकारीहरुले बताएका छन् ।
0 comments