दुखेमा , दम रोगमा , खोकी लागेमा, दाँत किराले खाएमा कपुर !

7:44 AM

Loading...
कपुर सेतो अथवा पारदर्शी ठोस पदार्थ हो ।
दम रोगमाएक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले
दम रोग केही महिनामा नै ठकि हुन्छ ।



पुरानो खोकीमासूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
खोकी लागेमासाधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।
ढाड दुखेमा
दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।
आउँ बाथ भएमादुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।
पुरानो बाथमाएक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।
निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमाफुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई\दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।
दाँत कीराले खाएमादाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
हैजा लागेमाहैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर एक\एक चम्चा पानीमा हाली खान दिएमा हात गोडा तातेर आउँछ र हैजा ठीक हुँदै जान्छ ।
शीतपित्त भएमानरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
जाडोले कामज्वरो आएमाएक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
दाद आएमापाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएका ठिक हुन्छ ।

You Might Also Like

0 comments