कोरियामा बढी राखेका आत्महत्या प्रती समयमै सचेत हुन जरुरि -

7:45 PM

Loading...
काठमाडौँ, २८ असार | जुन अहिले कोरियामा आत्महत्या का घटनाहरु दिन प्रती दिन बढदा छन यसको लागी हामिले बेलैमा सचेत हुनु जरुरी छ । सर्वप्रथम म आफ्नो ब्यक्ती गत भोगाई भन्न चाहन्छु । सुरुमा म पनि ठुलो सपना बोकेर कोरिया आएको थिए जब म कम्पनीमा आइपुगे तब मलाई कोरिया को हबिगत बारे थाहा भयो कार्य स्थलमा काम सिकाउने एक जना नेपाली दाई हुनुहुन्थ्यो र अर्को एकजना कोरियन फुजाङ निम जुन हामी लाई काम गराउथ्यो । 

फलाम को काम गाह्रो भए पनि सुरुमा गर्छु भन्ने शोच बनाए तर कार्य स्थल मा काम गर्दा बेला बेला मा कोरियन फुजाङ र साहुले गाली गर्ने हात पात गर्न खोज्ने खान खाने बेलामा तैले काम राम्रो गरेन भने ३ बर्ष सम्म थोरै काम दिएर राख्छु भने । 

अलि डराउने मान्छे छ भने कुट पिट गर्ने नेपाल पठाइ दिन्छु भन्ने आदी नराम्रा व्यवहाँर गर्ने गर्थ्यो मैले यसरि कुटाईको सिकार हुन पुगेका एकजना साथी जुन म भन्दा पनि बढी तनावमा पुग्न भएको थियो उहालाई सान्तोना दिने गर्थे चिन्ता गर्नु पर्दैन सब ठीक हुन्छ भनेर कुरै कुरामा तनाव भएर वहाँले एक पल्ट त आत्महत्या गर्न मन लाग्छ भन्नु भो अनिल गुरुङ सरसित कुरा गर्दै गर्दा । 

अनिल सर ले पनि सम्झाउनु मलाई नि भन्नु भो | मैले पनि आफ्नो दुख बिर्सेर पनि साथी लाई सान्तोना दिन्थे हालकी मेरो पनि अवस्था त्यस्तै हो । 

सुरुमा कम्पनीमा आउँदा फुजाङले त गाली गर्थ्यो गर्थ्यो नेपाली दाईले पनि राम्रोसंग बोल्नु हुन्न थियो भन्नु हुन्थ्यो काम राम्ररी गरेन भने त लाई काम दिन्न भन्छ । इलिगल बनाउन सक्छ आदी आदी दिन भरि काम र गालीले तनाव भरइन्थ्यो भने अर्को आफ्नै नेपाली साथी कै कारण ले पनि तनाव हुन्थ्यो ।

कयौ दिन रात भरि तनावले नसुतेर पनि काम गरियो गर्दै जादा पछी आएर मेरो कमरमा समस्या आयो डाक्टरकोमा गए आराम गर भनेर लेखी दिएछ कम्पनीमा बुझाउदा नेपाल जा तैले मरे पनि अर्को कम्पनी पठाउन्न भन्थ्यो ।

You Might Also Like

0 comments