यसकारण चिनियाहरुले निर्धक्क खान्छन् शंखेकिरा र पिउँछन् आफ्नै पिसाब
11:28 AM
Loading...
एजेन्सी । चिनियाहरुले विश्वमा आफ्नो छुट्टै छवी बनाएका छन् । उनीहरुको आफ्नै शैली र रफ्तार छ । जसमा उनीहरुका सिद्धान्त र विचारहरु पनि अरुका भन्दा भिन्न छन् । त्यसैले उनीहरु विश्वमा नै स्वस्थ मानिसहरको सुचीमा समेत पर्दै आएका छन् । कारण उनीहरुको खानपान पनि भिन्न हुनु हो ।
खाना भनेपछि चिनियाहरु कुनै कुरामा पनि घिन, लाज र सरम मानदैनन् । जस्तो की स्वास्थ्यका दृष्टीकोणले सचेत उनीहरु शंखेकिराको सुपदेखि अनेकथरी किरा र चराहरुको मासु समेत खान पछि पर्दैनन्।
चिनियाँहरु अरु त अरु स्वास्थ्का लागी भन्दै आफ्नै पिसाब पनि पिउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । जहाँ अहिले आफ्नो पिसाब पिउने अभियान चलाइएको चिनिया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
सिन्ह्वाका अनुसार उहान प्रान्तको कंग्युयान शहरमा खुलेको युरिन थेरापी एसोसिएसनमा मानिसहरु बिहानै गएर संस्थाको कार्यालयको बाथरुम पुगी पिसाब गिलासमा राखेर पालै पालो पिउने गरेको पाइएको छ । युरिन थेरापी एसोसिएसनका अनुसार पिसाब पिउँदा कब्जियत, घाउचोटलगायतका समस्या समाधान हुन्छ ।
0 comments