इटाली, २८ असार । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार भएको दुई रेल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परीे मृत्य हुनेको सङ्ख्या बिस पुगेको उद्धारमा सम्लग्न एक प्रहरीले बताएका छन् ।
इटालीको सुरक्षाकर्मीसहितका करिब २०० जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाउने क्रम जारी छ ।
पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।
0 comments