चौधर नदी गाउँ पस्ने खतरा, स्थानीय बासिन्दा चिन्तित

9:49 PM

Loading...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको बेलडाँडी नगरपालिका क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा बढेको छ ।


नदीले नगरपालिकाको इमलियादेखि झिलमिला क्षेत्रमा जग्गा कटानी तीव्ररुपमा गर्न थालेको छ ।

जग्गा कटानी गर्दै नदी बस्ती नजिकै पुगेपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् । नदी बग्नेक्रम बस्तीतर्फ मोडिएपछि यहाँ बसोबास गर्ने ८०० भन्दा बढी परिवार उच्च जोखिममा परेका छन् ।

नदीलाई पुरानै ठाउँमा फर्काउन डाइभर्सन गर्न पटकपटक माग गर्दा समेत समस्या समाधान हुन नसकेको स्थानीय दयालु रानाले बताउनुभयो ।

स्थानीय समाजसेवी लालबहादुर रावलले चौधर नदी नियन्त्रणका लागि गुरुयोजना ल्याउनुपर्ने बताउनुभयो । नदी नियन्त्रणका लागि नगरपालिका, जिविस र मन्त्रालयसम्म माग पु¥याए पनि बेवास्ता भएको स्थानीय पदम थापाले बताउनुभयो ।

नदीमा बाढी आएका बेला राति निन्द्रा पर्दैन, स्थानीय बलबहादुर रोकायाले भन्नुभयो, “जग्गा कटानी तीव्ररुपमा भइरहेकाले घरसहित बग्ने खतरा हुँदा अनिँदोमै रात काटनु परेको छ ।”

चौधर नदी पारी आरक्ष किनारमा यहाँका किसानको ७२ बिगाहा जग्गा भएपनि नदीले जग्गामा बालुवाले पुरिदिने भएकाले सुकुम्बासी भएर बस्नुपरेको उहाँले दुखेसो पोख्नुभयो ।

You Might Also Like

0 comments