काठमाडौं, ३१ असार – केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको केन्द्रको निर्णयपछि देशका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पक्षमा युवाहरू सडकमा आएका छन् ।
यसै विषयलाई लिएर पोखरामा शुक्रवार बिहानै युवाहरू आइ एम विथ केपी ओली लेखिएका टिसर्टहरू लगाएर सडकमा उत्रिएका छन् भने काठमाडौंको माइतीघर मण्डलामा दिउँसो ३ बजे ओलीको समर्थनमा एक कार्यक्रम हुँदैछ ।
युवायुवतीले आइ एम विथ केपी ओली लेखिएका टिसर्ट लगाएर राष्ट्रिय झण्डाका साथ -याली निकाल्न लागिएको बताएका छन् ।
0 comments