बाढीपीडितका लागि राहत उपलब्ध गराउन ज्ञापनपत्र
9:09 PM
Loading...
मध्यपश्चिम जिल्लाका बाँके, बर्दिया, दाङ र सुर्खेतका सांसदले २०७१ साउन २८ र २९ गते अविरल वर्षाका कारण आएको बाढीले ती स्थानका प्रभावित जनतालाई राहत उपलब्ध गराउन २०७२ असार ४ गते भएको निर्णय कार्यान्वयन सो ज्ञापनपत्र दिएका हुन् ।
ज्ञापनपत्रमा बाढीपीडितलाई भूकम्पपीडित सरह घरजग्गासम्बन्धी सुविधा र अल्पकालीन आर्थिक सुविधा उपलब्ध गराउनुपर्ने, विगतमा छुट भएका बाढीपीडितलाई पीडितको सूचीमा समावेश गराउनुपर्ने, घर निर्माणका लागि वैकल्पिक व्यवस्था गरिनुपर्ने, जग्गा भएर पनि लालपुर्जा नभएका घरबारविहीन पीडितको समस्या समाधान गरिनुपर्ने, जमिन बगाएर घर मात्र बाँकी हुनेलाई पनि सो सूचीमा राखिनुपर्ने र शीघ्र काम थालनी गरिनुपर्ने उल्लेख छ ।
प्रधानमन्त्रीले बाढीपीडितको समस्या छिटोभन्दा छिटो टुङ्ग््याउन आश्वासन दिनुभएको सांसद दीपक गिरीले जानकारी दिनुभयो ।

![]() |
0 comments