काठमाडौं , २८ असार । सहयोगी महिला समुदाय नेपालले काठमाडौंमा आयोजना गरेको ‘नओइलाउन कोपिला’ नामक कार्यक्रममा निर्देशक सौगात विष्ट र साहित्यकार झमक घिमिरेलाई सम्मान गरेको छ ।
कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई तथा साहित्यकार झमक घिमिरेलाई सम्मान गरिएको हो । घिमिरे र विष्टलाई गृहमन्त्री शक्ति बहादुर बस्नेतले सम्मान गरेका थिए । सौगातले सानो उमेरमा फिल्म निर्देशन गरेका तथा घिमिरेले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएकी छन् ।
भुकम्पपीडित बालबालिकाको शैक्षिक सहयोगार्थ गरिएको सांस्कृतिक कार्यक्रममा अन्य कलाकारहरू कोमल ओली, प्रमोद खरेल, हरिबहादुर राउत काली प्रसाद बास्कोटा, सारिका घीमीरे लगायतलाई पनि सम्मान गरिएको थियो ।
संस्था पूर्ण रुपमा बालबालीकाको हितमा संञ्चालीत रहेको सहयोगी महिला समुदाय नेपालकी अध्यक्ष रत्ना कार्कीले बताइन । सहयोगी महिला समुदाय नेपालले अहिले चार बालबालिकालाई शैक्षिक सहयोग उपलब्ध गराएको जानकारी दिँदै कार्यक्रम संयोजक प्रेज्ना बस्नेतले कार्यक्रमबाट उठेको रकम दोलखाका भूकम्पपीडित बालबालिकालाई उपलब्ध गराउने बताइन् ।
0 comments