असार १८, इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट जवरजस्ती करणी अभियोगमा पक्राउ परेका एक अपराधी फरार भएका छन् । इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै थुनुवा फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय दमकमा हलचल मच्चिएको छ ।
असार ५ मा नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा वेलडाँगीका १८ वर्षीय सुरज राई कामी शुक्रवार साँझ हिरासतबाट फरार भएको प्रहरी कार्यालय दमकले बताइएको हो ।
स्रोतका अनुसार शुक्रबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बु्वान पार्टीले दमकमा आयोजना गरेको कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजन लिम्वू सहितको प्रहरी टोली कार्यक्रम स्थलमा रहेको समयमा खाना खाने क्रममा राई मेसबाट पर्खाल नाघेर फरार हुन् ।
0 comments