पाकिस्तानी सेना प्रमुखले भने हामी भारतको जस्तोसुकै चुनौती सामना गर्न तयार छौं

3:36 AM

Loading...
pak

काठमाडौं, ४ असोज । पाकिस्तानी सेना प्रमुख जनरल राहिल सरिफले पाकिस्तानी सेना बाह्य र आन्तरिक दुबै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभागको तर्पबाट जारी गरिएको एक वक्तब्यमा कश्मिरमा १८ जना सैनिक मारिने गरी भएको चरमपन्थी हमलापछि भारतले आक्रमणको धम्की दिइरहेका बेला पाकिस्तानी सेना प्रमुखको यस्तो धारणा सार्वजनिक गरिएको हो ।fवक्तब्यमा पाकिस्तानका कोर कमाण्डरहरुको बैठक बसेर देशसामु देखिएको आन्तरिक र बाह्य खतराको गम्भीर समीक्षा गरिएको जनाइएको छ ।कोर कमाण्डरको यो बैठक भारत प्रशासित कश्मिरको उरीको सेनाको बेस क्याम्पमाथि चरमपन्थीले हमला गरेपछि बसेको हो । उरी हमलामा मारिएका १८ सैनिकमध्ये केहीको शव सोमवार उत्तर प्रदेशको वाराणसीमा लगिएको छ ।

आइतबार बिहान उत्तरी कश्मीरमा भारत(पाकिस्तान नियण्त्रण रेखा नजिकै उरीमा भारतीय सुरक्षाबल र हमलाकारीबीच पाँच घन्टासम्म भीडन्त भएको थियो। भारतीय सेनाका उत्तरी कमानका प्रवक्ताका अनुसार आइतबार भएको यस हमलामा १७ जना सैनिक मारिएका थिए, यो घटनामा घाइते भएका अर्का एक सैनिकको सोमबार ज्यान गएको थियो ।

पाकिस्तानी सेनाको तर्फबाट जारी गरिएको वक्तब्यमा जनरल राहिल सरिफले भारतको धारणाबारे जबाफ दिँदै भने, ‘हाम यस क्षेत्रमा भएको ताजा घटना र त्यसले पाकिस्तानी सुरक्षामा पार्ने प्रभावबारे नजिकबाट नियालिरहेका छौं ।’ जनरल सरिफले भारततर्फ संकेत गर्दै पाकिस्तानी सेना बाह्य र आन्तरिक दुबै खतरासँग जुध्नका लागि तयार रहेको बताएका छन् ।

‘पाकिस्तानी सशस्त्र बलले जनतासँग मिलेर हरेक चुनौतीको सफलतापूर्वक सामना गरेको छ’, उनले भनेका छन्, ‘देशको सम्प्रभुता र गरिमामाथि नोक्सान पुर्‍याउने हर कोशिशलाई हामी असफल बनाउनेछौं ।’ भारतका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन ९डीजीएमओ० लेफ्टिनेन्ट जनरल रणबीर सिंहले सोमवार एक वक्तब्य निकाल्दै भारतीय सेनासँगको भिडन्तमा मारिएका चारै चरमपन्थीको सम्बन्ध पाकिस्तानमा रहेको जैस ए मोहम्मदसँग रहेको बताएका थिए ।

उनले हमलाकारीसँगबाट बरामद भएका सामानमा पाकिस्तान लेखिएको पाइएकाले पाकिस्तानी भूमिबाट आएर यो हमला गरिएको बताएका थिए । उरी हमलापछि भारतका गृहमन्त्री राजनाथ सिंहले एक विज्ञप्ती निकाल्दै भनेका थिए, ‘पाकिस्तान एक आतंकवादी राज्य हो । उसकी पहिचान एक आतंकवादी मुलुकका रुपमा गरिनुपर्छ । र, उसलाई विश्वबाट अलग थलग गर्नुपर्ने जरुरी छ ।


f

You Might Also Like

0 comments