चीनका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवबीच छलफल
3:31 AM
Loading...
एजेन्सी । चीनका प्रधानमन्त्री ली केक्याङले संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनसँग विकास र जलवायु परिवर्तनका बारेमा छलफल गरेका छन् ।fछलफलका क्रममा प्रधानमन्त्री लीले दुवै विषयमा काम गर्न चीनले राष्ट्रसङ्घलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । “चीन जहिले पनि राष्ट्रसङ्घका लागि सक्रिय सहयोगी राष्ट्र हो र राष्ट्रसङ्घको नियम तथा सिद्धान्तको स्थायी प्रतिरक्षक पनि हो,” लीले भने। अन्तर्राष्ट्रिय मामिलादेखि विश्व शान्ति र विकासका लागि चीनले राष्ट्रसङ्घलाई भविष्यमा मुख्य पात्रको रुपमा सहयोग गर्ने उनले बताए । प्रधानमन्त्री लिले विश्व शान्ति र पछाडी पारिएका जनतालाई फाईदा हुने विकासका लागि राष्ट्रसङ्घले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । लीसँगको भेटमा महासचिव मुनले अन्तर्राष्ट्रिय मामिलामा चीनको भूमिकाका बारेमा बोल्दै जलवायु परिवर्तन, दिगो विकास, दक्षिण दक्षिण सहकार्य र अन्तर्राष्ट्रिय शान्ति स्थापनमा महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताए । उनले चीनसँग लोककल्याण, विश्व शान्ति र विकासका साझा मुद्दामा नजिक रहेर काम गर्न राष्ट्रसङ्घ तयार रहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ली राष्ट्रसङ्घको ७१औं महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका हुन् । सन् २०१३ मा प्रधानमन्त्री भएपछि ली पहिलो पटक राष्ट्रसङ्घ महासभामा सहभागी हुन लागेका हुन् ।
0 comments