सनसनी रूप लिँदै प्रियंकाका अभिव्यक्ति, अन्तर्वार्ता बन्यो भाइरल
10:30 PM
Loading...
भदौ ३१ गते-
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको सिमाना अब बलिउडमा मात्र सीमित छैन । उनले हलिउडमा पनि काम गरिसकेकी छिन् र त्यहाँ पनि व्यापक प्रशंसा पाएकी छिन् । प्रसिद्ध हलिउड पत्रिका ‘डब्लू’ले उनलाई ‘न्यु रोयल्स’को सूचीमा पनि समावेश गरेको छ । बलिउडबाट यो पत्रिकाको सूचीमा पर्ने प्रियंका एक मात्र अभिनेत्री हुन् । त्यसैले पनि प्रियंकाका अभिव्यक्तिले अहिले भारतमा सनसनी रूप लिन्छन् । केही दिनअघि उनले एक अनलाइनलाई दिएको अन्तर्वार्ता अहिले भारतमा भाइरल भएको छ ।
अन्तर्वार्तामा प्रियंकालाई सोधिएको थियो, ‘अहिलेको ट्रेन्डअनुसार ब्रा मात्र लगाउनुपरे के गर्नुहुन्छ रु’ उनले यसको जवाफ दिइन्, ‘म यसका लागि तयार छैन । त्यसैले मलाई आफूले लगाएको ब्रा छोप्नैपर्छ, देखाउनु हुँदैन ।’ नयाँपत्रिकाबाट ।
0 comments