डेङ्गुका बिरामी पत्ता लगाउनै गाह्रो

10:40 PM

Loading...


कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरमा डेङ्गुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव भएको छ । ‘किट’ अभाव हुँदा डेङ्गुका बिरामी पत्ता लगाउन गाह्रो भएको हो ।जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग अधिकृत हेमराज जोशीले डेङ्गु रोग पत्ता लगाउने ‘किट’ स्वास्थ्य विभागबाट माग गरेको धेरै समय बिते पनि अझैसम्म उपलब्ध हुन नसकेको बताउनुभयो । बारम्बार विभागलाई किट उपलबध गराईदिन माग गर्दै आएका भएपनि अझैसम्म उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । “अस्पतालमा डेङ्गुका शङ्कास्पद बिरामी आउने गरेपनि ‘किट’ उपलब्ध नहुँदा परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने अबस्था छ”, उहाँले भन्नुभयो ।

शङ्कास्पद डेङ्गुका बिरामी हप्तामा दुई÷तीनजना आउने भएपनि रोग यकिन गर्न नसकिँदा समस्या भएको छ । एजिड एजिप्टाई जातिको पोथी लामखुट्टेबाट सर्ने डेङ्गु भारतीय राजधानी दिल्ली लगायतका क्षेत्रमा फैलिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको भएपनि किटकै समस्या रहेको अधिकृत जोशीको भनाइ छ ।

यस वर्ष भारतबाट काम गरेर फर्केका कञ्चनपुरका दुईजनामा मात्रै हालसम्म डेङ्गुको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमण देखिएका बिरामीको महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

You Might Also Like

0 comments