स्थानीय निर्वाचन तोकिएकै मितिमा हुन्छः मन्त्री पाण्डे

3:33 AM

Loading...
Hitraj-Pandey


३ असोज, भक्तपुर । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन संविधानमा उल्लेख भएअनुसार नै हुने बताएका छन् ।

सोमबार रफत सञ्चार क्लबले गरेको साक्षत्कारमा बोल्दै मन्त्री पाण्डेले निर्वाचन आयोगले गतिशिलताका साथ काम अगाडि बढाइरहेको र सबै राजनीतिक दलहरुको प्रतिबद्धता समेत रहेकाले अब कसैले चाहेर पनि तोकिएको समयमा स्थानीय तहको निर्वाचन रोक्न नसक्ने बताए ।

संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भइसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमति र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयन तर्फ अग्रसर बन्ने उहाँको भनाई छ ।

मधेस आन्दोलनको जायज मागको सम्बोधन गर्न संबिधानको संशोधन हुनुपर्ने उनको धारणा थियो । प्रतिपक्षमा बसेको एमालेले समेत नेपाल र नेपालीको आवश्यकतालाई बुझ्दै संबिधान संशोधनमा सहयोगी भूमिका खेल्नुका साथै कार्यान्वयनको पक्षमा समेत असल र सहयोगी भूमिका देखाउने बिश्वास नेपाली राजनीति देखिने उनले विश्वास व्यक्त गरे ।

जनयुद्धका क्रममा लडेका लडाकुकै कारण गणतन्त्र स्थापना भएको र शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न बाँकीनै रहेकाले लडाकु शिविरका बिषयमा अख्तियारले गर्न लागेको छानविन समयले प्रष्ट्याउने मन्त्री पाण्डेको भनाइ छ ।

नेकपा माओवादीका नेतासमेत रहेका मन्त्री पाण्डेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको र मुलुक भित्र देखिएको राजनीतिक अस्थिरतालाई सही बाटोमा लान र संबिधान कार्यान्वयनको पक्षलाई महत्व दिँदै अमेरिकाको भ्रमण समेत रद्द गरेको उनले बताए ।

You Might Also Like

0 comments