३ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् ।
डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएका थिए । र, नभए सोमबारदेखि अनसन बस्ने भनेका थिए ।
तर, सरकारले सहमति कार्यान्वयनको लिखित प्रतिवद्धता जनाएपछि डा. केसीले आश्वासन स्थगित गरेका छन् । सरकारका तर्फबाट लिखित रुपमा सम्झौताका ३ मध्ये तीनबुँदा कार्यान्वयनको खाका प्रस्तुत गरिएकाले त्यस दिशामा काम गर्नका लागि थप केही समय दिन उचित ठहर्याएकाले आजदेखि हुने भनिएको आमरण अनसन कार्यक्रम एकसाता पछिलाई सारेको जानकारी गराउँछु’ डा. केसीले भनेका छन् ।
शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन प्रक्रिया सुरु गर्न सरकारलाई १० गतेसम्मको अल्टिमेटम दिएका छन् ।
नभए त्यही दिन अपराहृन ४ बजेदेखि नवौं आमरण अनसन बस्ने उनले चेतावनी समेत दिएका छन् ।
0 comments