हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।
डिप्रेसनबाट मुक्त
डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
मुड सकारात्मक बन्छ
मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ ।
एनेमिया
उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ ।
रक्तचापको समाधान
उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ ।
दिमाग तेजिलो
केरा र दिमागी तेजबीच पनि अनौठो सम्बन्ध छ । नियमित केरा खानको मस्तिष्क तेज हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।अमेरिकामा दुई सय जना स्कुले विद्यार्थीलाई ब्रेकफास्ट, ब्रेक र लन्चको समयमा नियमित केरा खुवाई उनीहरुको स्मरणशक्तिलाई सशक्त बनाइएको थियो । पोटासियमयुक्त केराले विद्यार्थीलाई धेरै सचेत गराएको अनुसन्धानहरुले देखाएका छन् ।
कब्जियतको औषधि
उच्च फाइबरयुक्त केरा कब्जियत रोगका लागि औषधि नै हो ।
ह्याङओभर
मदिराको ह्याङओभर भएर हिँडडुल गर्न कठिनाइ भएको छ ? छ भने एक, दुई कोसा केराले नै तत्काल ह्याङओभर हटाइदिन्छ । केरासँग मह मिसाएर खानेबित्तिकै यसले पेटलाई आराम गरिदिन्छ ।
छाती दुखाइमा
केरामा एन्टिएसिड तत्व हुन्छ । तसर्थ छाती मुटु पोल्ने समस्या छ भने तत्कालै राहत मिल्छ ।
मर्निङ सिकनेस रोक्छ
गर्भवतीमा हुने वाकवाकी, वान्ता, चक्कर लाग्ने जस्ता मर्निङ सिकनेस रोक्न पनि केरा उपयुक्त हुन्छ । केराले रगतमा सुगरको तहलाई उच्च बनाइदिन्छ ।
लामखुट्टेको टोकाइबाट बच्न
केराको बोक्राभित्रको गुदो शरीरमा दल्दा लामखुट्टले टोक्दैन । त्यस्तै सुन्निएको ठाउँमा केरा दल्दा पनि निको हुुने धेरैको विश्वास छ ।
शान्त बनाउँछ
केरा भिटामिन बीयुक्त भएकाले यसले स्नायुप्रणालीलाई शान्त पार्न पनि सहयोग पु¥याउँछ ।
ब्लड सुगर नियन्त्रण
इन्स्टिच्युट अफ साइकोलोजी इन अस्ट्रेलियाको अध्ययनअनुसार काममा हुने चापले चकलेट र चिप्सलगायतका फास्टफुडमा निर्भर हुने गर्छन् । पाँच हजार अस्पतालका बिरामीमा गरिएको अध्ययनमा अधिकांश मोटा बिरामी बढी तनाव हुने काममा आबद्ध हुने बताएका थिए । सो अध्ययनअनुसार हरेक दुई, दुई घन्टामा कार्बोेहाइडे«डयुक्त खाना खाएर हाम्रो शरीरको ब्लड सुगरलाई नियन्त्रण गर्नुपर्छ र त्यसका लागि केरा पनि एउटा महत्वपूर्ण फल हो ।
अल्सरबाट बचाउँछ
नरम र चिप्लो गुणका कारण कुनै पनि आन्द्रासँग सम्बन्धित असन्तुलनविरुद्ध केरालाई एउटा पोषणयुक्त खानाका रुपमा लिन सकिन्छ । एक त यो फल सजिलै खान सकिन्छ, अर्कोतर्फ शरीरको बढी भएको एसिडिटीलाई तटस्थ बनाइदिन्छ ।
तापक्रम नियन्त्रण
अन्य फलफूलको तुलनामा केरा निकै शान्त फल हो । यसले आमा हुन लागेकाहरुलाई शारीरिक र मानसिक रुपमा शान्त बनाइदिन्छ । बच्चा जन्मिँदा मानसिक शान्ति होस् भनेर थाइल्यान्डमा गर्भवतीले नियमित केरा खाने गर्छन् । -स्वास्थ्यखबर/एजेन्सी
0 comments