काठमाडौं, असार १८ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले स्विट्जरल्यान्डबाट स्वदेश फर्कदा आफ्नो सुटकेस चोरी भएको खुलासा गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आफ्नो सुटकेस चोरी भएको खुलासा गरेका हुन् ।
उनले भने “मन्त्रीको सुटकेस हराउँछ, स्विट्जरल्यान्डबाट आउँदा मेरै सुटकेस चोरी भएको छ, यो तत्काल रोक्नुपर्छ ।”
उनले नेपालको प्रतिष्ठाका रुपमा रहेको नेपाली ध्वजावाहक विमानको विश्वसनीयतालाई अझै बढाउनुपर्ने बताए ।
समयमा उडान भर्नुप¥यो, विश्वले विश्वसनीयता र प्रतिष्ठाले हेर्ने निगम बन्नुपर्ने जरुरी रहेको उनको भनाई छ ।
यात्रा गर्ने यात्रुलाई टिकट छैन भन्ने र विमान खाली उडाउने जस्ता कमजोरीको समेत सुधार्न निर्देशन समेत दिए ।
यस्तै पाँच वर्षभित्र पाँच जहाज ल्याउने गरी योजना बनाएर काम अघि बढाउनुपर्ने भन्दै मन्त्री पोखरेलले तीन वटा न्यारोबडी र दुई वटा वाइड बढी पाँच वर्षभित्र ल्याइने समेत बताए ।
0 comments