विदेशबाट काम गरेर फर्किदा होस् या अन्य कुनै प्रयोजनका लागि विदेश गएर फर्किदा के के ल्याउँन हुने र ल्याउँन नहुने भनेर सरकारले महत्वपुर्ण परिवर्तन गरेको छ । अघिल्ला नियमहरुमा महत्वपुर्ण फेरवदल गर्दै सरकारको यो नयाँ नियम साउन १ देखि लागु हुनेछ । १. सुनचाँदी तथा गरगहना ल्याउन निषेध विदेशबाट सुनचाँदी तथा गरगहना ल्याउनमा सरकारले महत्वपुर्ण परिवर्तन गरेको छ । अब देखि गहनाबाहेकको सुन बोक्न प्रतिवन्ध छ । काचो सुन ल्याउँन पाइने छैन । विदेशमा ६ महिना बसेका नेपालीले ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था हटाइएको र अब बढीमा ५० ग्राम सुनका गहना मात्र ल्याउन पाइनेछ । यो बाहेक काँचो सुन ल्याए विमानस्थलमै जफत हुनेछ । तयारी सुनका गहना ५० ग्राम सम्म मात्रै ल्याए भन्सार पर्दैन । तर त्यो भन्दा बढी ग्रामका गहना नै ल्याए पनि भन्सारले जफत गर्छ । यसको मतलब हो बढि कर तिरेर भएपनि सुन लग्छु भन्नेले सुन लान पाउँदैनन् । पहिले १ केजीसम्मका चाँदीका गहना ल्याउँने नियम परिवर्तन गर्दै सरकारले चाँदीका गहना पनि ५ सय ग्रामभन्दा बढी ल्याउन नपाइने बनाएको छ । २. मदिरा एक लिटरमात्रै पहिले २ लिटरसम्म मदिराहरु ल्याउँनमा कर लाग्दैनथियो । तर अब त्यो घटाएर १ लिटर मात्रै बनाइएको छ । ३. सबै सामानको ४० प्रतिशत भन्सार लाग्ने सामान अनुसार फरक फरक भन्सार लाग्ने नीति परिवर्तन गर्दै सरकारले एकै पटक सबैको हिसाब गरि जम्मा मुल्यमा ४० प्रतिशत भन्सार लाग्ने बनाएको छ । ६ महिनासम्म विदेशमा बसेर फर्किएकाहरुले ३२ इञ्च भन्दा बढीको टेलिभिजन, म्यूजिक तथा भिडियो प्लेयर, रेपि|mजेरेटर, वासिङ मेशिन, पङ्खा, रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा भन्सार तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान ल्याउँदा पनि तोकिएको ४० प्रतिशत भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ । त्यस्तै व्याक्तिगत प्रयोजनका लागि दुइ दुइ थानसम्म सामानहरु ४० प्रतिशत भन्सार तिरेर लैजान सकिन्छ । के के परिवर्तन भएनन् ? नयाँ झिटीगुन्टा आदेशले यस्तै ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था कायमै राखेको छ । यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १र१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई यथावत छ । ३२ इन्चभन्दा ठूलो टेलिभिजन ल्याएमा अरुसरह नै ४० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन । औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नो प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था कायमै छ । सन्दर्भहरु स्रोतहरु : नेपाल सरकार र विभिन्न अनलाइन ।
0 comments