बजेट खोज्दै चेपाङ जिविसमा

10:43 AM

Loading...
मलेखु (धादिङ), २७ असार । दक्षिणी धादिङको विकट महादेवस्थान गाविस–३ स्थित ब्रुसबाङका चेपाङ वर्षा सकिन लाग्दासमेत आफ्नो गाउँमा काम नगरेकाले विकास बजेट खोज्दै जिल्ला सदरमुकाम आएका छन् ।


आज सदरमुकाम पुगेर उनीहरूले यस विषयमा स्थानीय विकास अधिकारी भगवान् अर्याललाई ध्यानाकर्षणपत्र बुझाएको प्रेमबहादुर चेपाङले बताउनुभयो । जिल्ला विकास समितिले चेपाङको समस्याका विषयमा ध्यानाकर्षण भएको जानकारी गराएपनि कुनै ठोस निर्णय नदिएको सहभागीले जानकारी दिए ।

जिल्ला परिषद््ले गत वर्ष ब्र्रुसबाङका लागि जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत रु एक करोड ४० लाख विनियोजन गरेको थियो । चालु आव सकिन लाग्दा सो रकम गाउँमा नपुगेपछि गाउँवासी सो रकमले विकासमा काम गर्न थालिएको हो कि होइन, उक्त बजेट कहाँ गयो भन्दै उनीहरूले स्थानीय विकास अधिकारी अर्याललाई सातबुँदे मागसहितको ध्यानाकर्षषणपत्र बुझाए ।

एकतीस घर रहेको ब्रुसबाङमा खानेपानी लिन चार घण्टाको दुरी पार गर्नुपर्छ । गाउँबासी सबैको खाद्यान्न उत्पादनले चारदेखि छमहिनासम्म मात्र खान पुग्छ । गाउँवासीको तर्फबाट ब्रुसबाङ खाद्यअधिकार समूह गठन गरी उनीहरू जिल्ला सदरमुकामसम्म आफ्नो माग राख्न आएको समूहका सदस्य फूलमायाँ चेपाङले जानकारी दिनुभयो ।

You Might Also Like

0 comments