नेपालमा पनि राशन कार्ड लागू गर्ने तयारी

10:26 AM

Loading...
काठमाडौँ, २७ असार । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ ।


मन्त्रालयले यही २२ गतेको (मन्त्रिस्तर) निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा आपूर्ति व्यवस्ता तथा उपभोक्ताहित संरक्षण विभागका दिर्नेशक, कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल हुनुहुन्छ । समितिको सदस्य समितिमा आपूर्ति मन्त्रालयको बजार विश्लेषण शाखाका उपसचिव प्रेमप्रसाद आचार्य रहनुभएको छ ।

राशन कार्ड लागू गर्ने विषयमा तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्दराम रेग्मीले आज जानकारी दिनुभयो ।

राशन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका व्यवस्थाको अध्ययन विश्लेषण, कार्डको आवश्यकता र औचित्य तथा कार्डको सफल कार्यान्वयनका निम्ति सरकारले अपनाउनुपर्ने कदमबारे सरकारलाई समितिले सुझाव दिनेछ ।

You Might Also Like

0 comments