आज पनि भोटेकोसीले थप सात घर बगायो

10:59 AM

Loading...
चौतारा, २७ असार । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज थप सातवटा पक्की घर बगाएको छ ।


आइतबार बेलुकादेखि आज अपराह्नसम्ममा तातोपानी, कोदारी र लिपिङमा समेत गरी थप सातवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

नदी कटानले तातोपानी बजारदेखि लिपिङसम्मको दुई किमि क्षेत्रमा रहेका झण्डै १४५ घरहरू अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

तातोपानी क्षेत्रमा अहिले पानी परिरहेको र नदीको बहाब बढिरहेको प्रहरीले जनाएको छ । त्यसैगरी नदीको कटानले बाह्रबिसे बजार क्षेत्रका १३ वटा घर टहरा जोखिममा रहेका छन् ।

नदी कटानले राम्चे गाविस र बाह्रबिसे गाविस जोड्ने बजारमा रहेको भोटेकोसी नदीको पक्की पुलको बाह्रबिसे तर्फको जीपको भाग कटान गरेकाले रोकथामको लागि सडक डिभिजन कार्यालय चरीकोटद्वारा तार जाली लगाउने काम भइरहेको छ ।

You Might Also Like

0 comments