खर्च कटौती प्रस्ताव अस्वीकृत

7:38 AM

Loading...
काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत ग¥यो ।


त्यसैगरी सांसद अनुराधा थापा मगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्नुभएको प्रस्ताव पनि बहुमतले अस्वीकृत ग¥यो ।

त्यसअघि सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

दुवै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनि मतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् ।

You Might Also Like

0 comments