सर्वोच्च बारको मतदानमा लोकतान्त्रिकका समूहका अध्यक्षमा दाहाल विजयी
9:25 AM
Loading...
काठमाडौँ २५ असार । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा लोकतन्त्रवादी समूहका अध्यक्ष उम्मेदवार शैलेन्द्र कुमार दाहाल विजयी भएका छन्।
विजयी भएका लोकतन्त्रवादी समूहका दाहालले दुई सय ९३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी रामप्रसाद भण्डारीले दुई सय ४३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा गतिशिलका तर्फबाट नारायणप्रसाद प्रसाई दुई सय ७८ मत ल्याउदै बिजय भएका छन् ।सचिमामा लोकतन्त्रिकका बिष्णु लुईटेल , सह-सचिवमा प्रगतिशीलका अन्जु उप्रेति ढकाल र कोषध्यक्षमा प्रगतशीलका जगतबहादुर कार्की भएका छन् ।
यसै गरी सदस्यहरुमा नारायणप्रसाद भट्टराई ,श्रवण कुमार चौधरी, द्रोणप्रसाद दाहाल, राम राउत, गिता अर्याल, श्रुति रेग्मी, अवतार न्यौपाने , मोहम्मोद शेख र धिरज पोखरेल विजयी भएका छन् । त्यस्तैगरि महिला सदस्यमा लक्ष्मी पोखरेल विजयी भएकी छन्।
0 comments