एजेन्सी । मान्छेका शोख पनि अनौठा हुन्छन् । कोही मान्छेको मृत्युको शोखमा रुवाबासी गर्छन् त कतै माछामासु सहित भोजभतेर लगाउँछन् भने बेलायतकी एक युवतीले लाशसँग सेल्फी खिचेर फेसबुकमा फोटोफिचर हालेपछि बेलायतमा हंगामा नै भएको छ ।
बेलायतकी जेमा विलियम्स नाम गरेकी २२ वर्षे युवतीले आफ्ना मिल्ने साथी माइकल डेनेको मृत्युपछि उनको लाशसँग शेल्फी खिचेको खबर अन्तराष्ट्रिय संचारसंस्थाहरुले छापेका छन् ।
माइकलको अन्त्यष्टि समारोहमा उपस्थित भएकी जेमाले माइकलको मृत शरीरसँगै गएर धमाधम मोवाइलमा शेल्फी लिनथालेपछि केही अग्रज ब्यक्तिहरुले उनलाई रोक्ने समेत प्रयास गरेका थिए ।
तर उनले माइकल आफ्नो अत्यन्तै मिल्ने साथी भएको र उसको मृत् आत्माको शान्तिका लागी पनि आँफुले उससँग शेल्फी खिचेको जवाफ दिएपछि सबै चुप लागे ।
पछि उनले उक्त तस्विर सामाजिक संजालमा पोष्ट गरेपछि यसले विरोधको ठूलो स्वरुप नै लियो र अन्तत उनी उक्त तस्विर फेसबुकबाट हटाउन बाध्य भइन् ।
0 comments