३४ लागे धुर्मुस, जान्नुहोस् उनको रहस्य

2:20 AM

Loading...
Dhurmus-Birthday
४ असोज, काठमा

डौं । हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ३४ वर्ष लागेका छन् । भूकम्प पीडितका लागि वस्ती निर्माण गरेर वाहवाही कमाएका धुर्मुस सोमवार बेलुका मात्रै गीरान्चौरवाट काठमाडौ आए ।

‘हिजो बेलुका मात्रै काठमाडौं आए भोलि त बिहानै गिरान्चौर जानु छ’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।

हजुरआमा सरस्वती कट्टेललाई भेटनका लागि काठमाडौ आएको उनको भनाई थियो । हजुरआमा काठमाडौमा स्थायी बसोबासका आएपनि उनको भेट भएको छैन । ‘म सँधै काममा ब्यस्त हजुरआमा काठमाडौ आएपछि भेटै भएको थिएन त्यहि कारण हजुरआमालाई भेटन आँए’ उनले भने ।

उनी भन्दा उनको बुबा २० वर्ष जेठा र बा भन्दा हजुरआमा बीस वर्ष जेठी छिन् । पाँच नाति नातिना मध्यै हजुरआमाले सबै भन्दा धेरै माया उनैलाई गर्छिन् । ‘कति काम मात्रै गर्नु हजुरआमालाई जसरि पनि भेटछु भनेर आएँ’ धुर्मुसको भनाई थियो ।

जन्मदिनकै अवसरमा मंगलवार दिउसो दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ हेर्ने कार्यक्रम तय गरेका धुर्मुस बेलुका पाँच बजे आफैंले बनाएको बालमैत्रि चलचित्र ‘ज्योति’प्रदर्शनमा सहभागी हुनेछन् ।

शुभकामना सन्देश धेरै आयो

यसवर्षको जन्मदिन उनलाई यस कारण पनि विशेष लाग्यो । फेशबुकमा असाध्यै धेरै सन्देश आयो । त्यो पनि गीरान्चौरको बस्ति निर्माणसंगै जोडेर । धेरैले उनलाई दिर्घायुको कामना सहित बस्ती निर्माण गरेकोमा शुभकामना दिए ।

‘मैले गरेको कामलाई सम्बोधन गर्दै धेरैले सन्देश पठाउनु भयो त्यसकारण यो वर्षको जन्मदिन अलि विशेष लाग्यो’ उनले भने । गीरान्चौरको ७५ प्रतिशत काम सकिएको जानकारी दिँदै उनले भने ‘अब गीरान्चौर गाउँवाट शहरमा रुपान्तरण भयो’ गएको एक वर्ष पुरै भूकम्प पीडितको काम गरेर विताएका थिए उनले ।

काठमाडौ आएपछि बर्थ डे

गाउँमा छँदा उनले कहिल्यै जन्मदिन मनाएनन् । काठमाडौ आएर अभिनय सुरु गरेपछि पनि जन्मदिन उनको प्राथमिकतामा परेन । कार्यक्रमको शिलसिलामा एक पटक कोरियाका साथीहरुले ‘सरप्राइज बर्थ डे’ मनाएको घटनालाई नै उनी आफ्नो पहिलो औपचारिक बर्थडे मान्छन् ।

पछिल्लो समय समाजिक सञ्जालको कारण पनि जन्मदिन मनाउन बाध्य भएको उनको भनाई छ । ‘अहिले त मनाउदिन भनेर पनि सुख पाईदैन । सामाजिक सञ्जालमा ह्याप्पी बर्थडे भनेर आएपछि नमनाई सुखै पाईदैन’

You Might Also Like

0 comments