जिल्ला प्रहरी कार्यालय बर्दियामा क्राइम रुम स्थापना

2:11 AM

Loading...


बर्दिया ,जिल्ला प्रहरी कार्यालय बर्दियाले अपराध न्युनिकरणका लागि पहिलो पटक क्राईम रुमको स्थापना गरेको छ । बर्दियाको सम्पुर्ण प्रहरी चौकी, ईलाका प्रहरी कार्यालयलाई समेट्ने गरी क्राईम रुमको स्थापना गरिएको हो ।


बर्दिया जिल्लामा पर्ने कुल १७ गाविस र ५ नगरपालिकालाई नक्सामा उतारेर क्राईम रुम स्थापना गरिएको छ । कुनै पनि स्थानमा घटना घटेमा वा कुनै पनि घरमा छापा मार्न परेमा जिल्ला प्रहरी कार्यालय भित्रबाट नै क्राईम रुममा अप्रेशन गरि घटना स्थलको बस्तुगत बिवरण पत्ता लगाउँन सकिने भएकाले क्राईम रुम स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बोहराले बताउँनु भयो । उहाँले जिल्लाको कुना कुनामा रहेको स्थिति पत्ता लगाउँन र शुरक्षा निकायले गर्नु पर्ने अनुसन्धानमा समेत सहज पुगोस भन्ने उदेश्यले क्राईम रुमको स्थापना गरिएको समेत जानकारी दिनुभयो ।

You Might Also Like

0 comments