ताजाखबर। बलीउडमा फिल्मको प्रमोशनको लागि स्टार्स अलग-अलग तरीका निकाल्छन् । त्यतिमात्र होइन अब त फिल्म घोषणा समेत अलग तरीकाबाट हुन थालेका छन् ।
आजकल भारतमा गणपतिको रंग चढेको छ । यो कुराबाट बलीउड कसरी पछि हट्न सक्छ र ! रोशन परिवारमा पनि बप्पाको हात छ ।
राकेश रोशनले भनेका छन्, ‘जब मेरी पत्नीले मलाई कृषको रुपमा बप्पाको तस्वीर देखाईन् मलाई विश्वास भयो कि कृष हाम्रो आफ्नो सुपर हीरो हो । यसले मेरो विश्वासलाई बढायो र मलाई प्रेरणा दियो कि कृष-४ बनाउँछु’ ।
रितिकले सोशल मीडियामा गणपतिको एक ठुलो प्रतिमाको फोटो शेयर गरेका छन्, जसमा बप्पा ‘कृष ४’को कस्ट्यूममा छन् । यस फोटोमा रितिकले लेखे, ‘कृष ४ को लागि गणपतिको आशीर्वाद । आशा छ सबै उत्सवको आनन्द लिईरहेका छन्’ ।
‘कृष ४’ यस फ्रेंचाइजीको चौथो फिल्म हो । यो बलीउडको पहिलो सुपर हीरो फ्रेंचाइजी हो । ‘कृष ४’को शूटिंग अर्को बर्ड शुरू हुनेछ र क्रिसमस २०१८ मा रिलीज हुनेछ । यसो भयो भने क्रिसमसमा यो फिल्मको टक्कर आनन्द एल रायको फिल्मसँग हुनेछ, जसमा शाहरुख खान छन् ।
0 comments