चट्याङका कारण रेडियो तमोरको प्रसारण अवरुद्ध

11:07 PM

Loading...


ताप्लेजुङ, ३१ भदौ । गएरातिको चट्याङका कारण रेडियोको उपकरणमा क्षति पुगेपछि ताप्लेजुङमा रहेको सामुदायिक रेडियो, रेडियो तमोरको प्रसारण आज बिहानदेखि अवरुद्ध भएको छ ।मध्यराति वर्षासहित परेको चट्याङले रेडियोको युपिएस लगायतका उपकरणमा क्षति पुगेपछि रेडियोको नियमित प्रसारण अवरुद्ध भएको स्टेसन मेनेजर सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यरुपमा युपिएसमा नै खराबी आएको र अन्य उपकरणमा समेत सामान्य क्षति पुगेको छ । रेडियो बन्द भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका श्रोता मर्कामा परेका छन् । १०२ मेघाहर्जबाट र अनलाइनबाट समेत यो रेडियोको प्रसारण सुनिँदै आएको थियो ।

मेनेजर पौडेलका अनुसार बिग्रिएका उपकरण मर्मतका लागि सम्बन्धित कम्पनीमा नै लैजानुपर्ने भएकाले तत्काल प्रसारण नहुने देखिएको छ । पूर्वी पहाडी जिल्लामा रेडियो मात्रै सूचनाको एक सशक्त माध्ययम भएपनि मौसममा आउने खराबीका कारण बेलाबेलामा बन्द हुँदै आएपछि यहाँका स्थानीयवासी नियमित सूचना सन्देश लिनबाट वञ्चित हुनु परेको छ ।

पूर्वका रेडियोमा समाचार, गीत, सङ्गीत, अन्य रेडियो कार्यक्रमदेखि मानिसको मृत्यु हुँदा मलामीका लागि जानकारी, विवाह निमन्त्रणा, व्रतबन्धलगायतका सूचनासमेत बज्ने भएकाले रेडियोको लोकप्रियता बढ्दै गएको छ 


You Might Also Like

0 comments