जब १ सय १५ म्याराथन धावकलाई एकसाथ अरिंगालले चिल्यो
11:38 PM
Loading...
म्याराथन दौडमा भाग लिइरहँदा धावकहरुले विभिन्न खाले चुनौतिहरुको सामना गर्नुपर्दो हो ।
तर सायद विश्वमा अहिलेसम्म कुनैपनि म्याराथन दौडमा धावकहरुले अरिंगालको सामना गर्नुपरेको थिएन । जापानमा भने धावकहरुले अरिंगालको आक्रमण बेहोर्नुपरेको छ ।
जापानको हिडामा हालै भएको डाइकुन र्याडिस हाफ म्याराथनका क्रममा १ सय १५ जना धावकहरु अरिंगालको आक्रमणमा परेका छन् । धावकहरु म्याराथन दौडका क्रममा एउटा पुल पार गर्ने क्रममा अरिंगालले चिलेको हो ।
पुलको मुनिपटि्ट अरिंगालको गोलो थियो । जब धावकहरु एकसाथ पुलमाथि दौडिए तब पुलमा कम्पन भयो । त्यसपछि गोलोमा भएका अरिंगालहरु अशान्त भएर उड्न थाले । हजारौँ अरिंगालहरुले धावकहरुलाई एकसाथ आक्रमण गर्दा १ सय १५ जना धावकहरु अरिंगालको टोकाइबाट घाइते बनेका छन् ।
म्याराथन धावकहरुलाई अरिंगालले चिलेको घटनाप्रति आयोजकको रुपमा रहेको स्थानीय नगर अधिकारीहरुले माफी मागेका छन् । आफुहरुलाई पुलमुनि अरिंगालको गोलो रहेको कुरा पहिले थाहै नरहेको उनीहरुको भनाई छ ।
ऋहिले अरिंगालको उक्त गोलो हटाइएको छ । स्मरण रहोस् हिडामा हुने उक्त हाफ म्याराथनमा विजेतालाई स्थानीय रुपमै उत्पादिन मुला तथा गाजर पुरस्कारको रुपमा दिने गरिन्छ ।
0 comments