मोबाइलको सिग्नल कमजोर भयो ? यसो गर्नुस्

10:19 PM

Loading...


फोन नै नलाग्ने लागिहाले पनि बोलेको नबुझिने, बोल्दाबोल्दै काटिने, ट्वारररर आवाज आउने लगायतका समस्या कमजोर सिग्नलमा देखिन्छन् ।
तपाईंले स्मार्टफोनमा मोबाइल सिग्नल नामको एप इन्ष्टल गर्नुभयो भने मोबाइल नेटवर्कले कुन स्थानमा बढी काम गर्छ भनेर थाहा पाउन सक्नुहुन्छ । यसो भयो भने जतापट्टी राम्रो सिग्नल आएको छ त्यतै बसेर फोनमा कुराकानी गरे भैहाल्यो ।

स्मार्टफोनहरुमा धेरै एपहरु एकैपटक चलाउँदा पनि यो समस्या देखिन्छ । त्यसैले फोन गर्नुअघि काम नलाग्ने एप्सहरु बन्द गर्नु राम्रो हुन्छ । तपाईं अलि खुल्ला ठाउँ र अग्लो ठाउँ जस्तैः छतमा जानुभयो भने पनि मोबाइल नेटवर्कको गुणस्तर केही बढ्छ ।

कमजोर सिग्नलमा ब्याट्री पनि एकदमै छिटो सकिने भएकाले चार्ज गरिरहनुपर्छ । त्यस्तो अवस्थामा मोबाइल अफ गरिदिएकै राम्रो ।
अर्को कुरा मोबाइल नेटवर्क कमजोर छ तर तपाईं इन्टरनेट सुविधा भएको ठाउँमा हुनुहुन्छ भने व्हाट्सऐप, भाइबर, निम्बज, स्काइप लगायतका एप्सबाट गुणस्तरीय र सस्तो कुराकानीमा पनि जोडिन सक्नुहुनेछ । – एजेन्सीको सहयोगमा


You Might Also Like

0 comments