६ वर्षको छोरा सहित जेलबाट छुटेपछि छायो सुकमाया र सुजनको मुहारमा खुसी

1:53 AM

Loading...
लमजुङ । सुकमाया मिजार र उहाँका ६ वर्षका छोरा सुजन मिजार जेलबाट छुट्नुभएको छ । । जिल्ला अदालत लमजुङले तोकेको २० हजार धरौटी रकम तिर्न नसक्दा नाबालक छोरासहित उहाँ पुर्पक्षका लागि जेल चलान हुनुभएको थियो ।



बालकको धरौटीका लागि लमजुङको कुन्छा घर भई अहिले अमेरीकाको कोलोराडोमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र दोलखा घर भएका घिसिङ एण्ड डेभलपर्स कम्पनीका प्रबन्ध निर्देशक चन्द्र लामा लगायतले सहयोग गर्नुभएको छ ।


जेलबाट छुटेपछि छोरा सुजन र आमा सुकमायाको मुहार खुसी देखिन्थ्यो । पूर्वी लमजुङको बिचौर माइती र आफ्नो दोस्रो विवाह नवलपरासीको कावासोतीमा भएको बताउने सुकमायाले धरौटी रकम तिर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै दुःखजेलो गरेर भएपनि बेसीशहरमै बस्ने र अदालतको तारिखमा हाजिर हुने बताउनुभएको छ ।

You Might Also Like

0 comments