गम्भिर प्रकारका अपराधलाई उन्मुक्ति दिइँदैन : प्रधानमन्त्री
11:08 PM
Loading...
काठमाडौं, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भिर प्रकारका कुनै पनि अपराधिक घटनालाई उन्मुक्ति नदिइने प्रतिबद्धता दोहोराएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दण्डहिनतालाई प्रोत्साहन दिने न आफ्नो पार्टीको उद्देश्य न थियो न हुने जिकिर गरे । ‘सबैलाई उन्मुक्ति दिने आशंका छ, तर, त्यो होइन,’ उनले भने । यद्यपि, शान्ति प्रक्रिया टुंग्यान खाटो बस्दै गएका घाउलाई उप्काउने भन्दा पनि मेलमिलापको वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।
शान्ति प्रक्रियाको हस्ताक्षरकर्तामध्ये आफू मात्र जीवत रहेको बताउँदै उनले शान्ति सम्झौतामा स्वर्गीय गिरिजाप्रसाद कोइरालले खेलेको भूमिकाको चर्चा गरे । ‘शान्ति सम्झौतालाई व्यवहारमा कायान्वन गर्न अन्य पार्टीभन्दा आफ्नो पार्टी बढी प्रतिबद्ध छ । सेना समायोजनालगायत शान्तिप्रक्रियाका विशेष कार्यभार आफ्नै पार्टीको नेतृत्वमा सम्भव भएको थियो । त्यसैले हाम्रो पार्टी यसप्रति अझ बढी गम्भिर र जिम्मेवार छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
शान्ति प्रक्रियालाई निश्कर्ष पुर्याउन एउटा पक्षलाई बहिस्कृत गरेर र एउटा पक्षलाई च्यापेर नहुने कुरामा उनले जोड दिए । ‘संविधानको भावना अनुसार सबैलाई मिलाएर लैजानेछु,’ उनले भने । प्रधानमन्त्रीले राष्ट्रको स्वाधिनतालाई अक्षुुण राख्दै छिमकीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै आफूले लैजाने बताए । संविधान कार्यान्वनको कुरा संघीय अदालत गठनबाट शुरु गरेको बताउँदै उनले आफ्नै विशेष पहलमा सत्तापक्ष र विपक्षलाई सहमतिमा ल्याएर उच्च अदालत गठन प्रक्रिया सम्भवन भएको बताए ।‘अबको लक्ष्य स्थानीय निकायको निर्वाचन हो । आशा छ निर्वाचनमा पनि सबै सहमतिमा आउनुहुनेछ,’ उनले भने । कार्यक्रममा बोल्दै शान्तिमन्त्री सीता यादवले आफू बेपत्ता आयोग, मेलमिलाप आयोगलाई प्रभावकारी ढंगले अघि बढाउन प्रतिबद्ध रहेको बताइन् ।
0 comments