जुत्ताको स्याहार कसरी गर्ने ?

11:35 PM

Loading...
Shoe


२ असोज, काठमाडौ । जुत्ता हाम्रो लागि अनिवार्य आवश्यकता हो । हामीले जति जुत्ताको स्याहार गर्छौ, उति नै हाम्रो खुट्टाको स्याहार हुन्छ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो जुत्तालाई उचित ठाउँमा राख्ने बानी बसालौ ।

धुलो झार्नेः र्‍याकमा राख्नु पुर्व सधै जुत्तालाई पुछेर वा धुलो झारेर मात्र राख्नुहोस । सधै प्रयोग गरिसकेपछि जुत्ताको धुलो तथा फोहर झारेर लाउँदा जुत्तामा भएको फोहर भित्र जुत्ताको कुनाकाप्चामा छिर्न पाउदैन र हिड्ने बेला यसले खुुट्टालाई समस्या दिदैन । त्यस्तै, फोहर जुत्तालाई सीधै र्‍याकमा राख्दा यसले जुत्ताको चमकमा समेत ह्रास ल्याउँछ ।

सही प्रोडक्टको छनोटः जुत्तालाई सफा राख्न सही ब्रस तथा क्लिनरको प्रयोग गर्नु धेरै जरुरी छ । बजारमा जुत्ता सफा गर्ने तथा चम्काउने विभिन्न सामाग्रीहरु पाइन्छ । विशेषगरी जुत्ता टल्काउने ब्रसको छनोट, स्पे्र तथा कि्रमले पनि जुत्ताको आयु तथा जुत्ताको चमक बढाउने गर्छ ।

जुत्ताको सोल तथा तलुवा राखौः जुत्ताको सोल भाचिएमा वा टुटेमा त्यसले खुट्टामा हानी पुर्‍याउनुका साथै हिड्नमा समस्या हुन सक्छ । त्यसैले यसबाट बच्न जुत्ताको सोल विग्रिएमा वा विग्रनु अघि अर्को एउटा सोल जोेड्नु उचित मानिन्छ ।

वातातुकुलित स्प्रेः वातानुकुलित स्प्रेले जुत्तामा एन्टीबायोटिकको रुपमा काम गर्ने हुँदा मौसमको परिर्वतनका बेला यसले जुत्तालाई विग्रनबाट जोगाउँछ । यस्ता स्प्रे दुई किसिमका हुन्छन् । एक, जुत्तामा प्रयोग गरिएको छाला अनुसार र अर्को जुनसुकै सामग्रीमा प्रयोग गर्न सकिने स्प्रे ।

तातोबाट जोगाऔंः जहिले पनि जुत्तालाई प्रत्यक्ष सूर्यको किरण तथा तातोबाट जोगाउनु पर्छ । यसले जुत्ता खुइलिनबाट तथा फुट्नबाट जोगाउँछ ।

२०७३ असोज २ गते १२:०६ मा प्रकाशित

You Might Also Like

0 comments