काठमाडौं, ४ असोज । ०६३ मंसीर ५ देखि माओवादी जनसेनाहरु अस्थायी शिविरमा बस्न थालेका हुन् । उनीहरु ०६९ को चैत्रसम्म अस्थायी शिविरमा बसे । यो बसाइँमा जनसेनाका सदस्यहरु निकै कष्टसाध्य जीवनका साथ बस्न बाध्य भए भने जनसेनाका तत्कालीन सुप्रिमो प्रचण्डदेखि डेपुटी कमाण्डरहुँदै डिजिभिजन कमाण्डरहरुले अबौं रकम गरेको भ्रष्टचारको तथ्य निकै डरलाग्दो खालको छ । अस्थायी शिविरमा बसेदेखि ७ वर्षको बीचमा डेपुटी कमाण्डर र डिभिजन कमाण्डरहरुले जनसेनाको गाँस काटेर गरेको भ्रष्टचारको नालीबेली खोतल्ने हो भने धेरैको शरीर काप्ने खालको छ । जो कुनै पनि कम्युनिस्ट माओवादीहरुले गर्नै सक्दैनन् ।तर भयो त्यस्तै । अस्थायी शिविरमा बसेदेखि अन्तिमसम्मको बसाइँका क्रममा तीन चरणका विभिन्न शीर्षकमा तत्कालीन माओवादी नेताहरु प्रचण्ड, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, बलदेश शर्मादेखि डिभिजन कमाण्डरहरुले अर्बौ भ्रष्टचार गरेको तथ्यको विवरण यस्तो छ । पहिलो चरणमा भर्खर माओवादी जनसेनाहरु शिवरमा बस्न थालेपछि त्यसको व्यवस्थापन खर्च भनेर सरकारले अर्वौ रकम निकासा गरेको थियो । त्यसमा करोडौ रकम मूल नेतृत्वदेखि डेपुटी कमाण्डरहुँदै डिभिजन कमाण्डरको हातमा गएको जनसेनाका सदस्यहरु अहिले पनि बताउने गर्दछन् ।
अर्को चरण जनयुद्धमा लड्ने धेरै कमाण्डरदेखि सदस्यहरु पार्टीको निर्देशनमा बाहिर निस्केका थिए । उनीहरुका लागि अस्थायी शिविरबाट प्रत्येक १९ हजार जनसेनाका सदस्यहरुबाट ५ सयदेखि हजार रुपैया लेवीका रुपमा उठाउने गरिन्थ्यो । तर त्यो रकम आफुहरुले नपाएको बाहिर आएका तत्कालीन वाइसिएलका नेताहरु बताउने गर्छन् ।
अर्को चरण खासगरी अस्थायी शिविरमा राजनीतिक सक्रमणकाल लम्बिएसँगै जनसेनाका कयौं सदस्यहरु शिविर छोडेर बाहिर निस्किए । कयौं विदेश पलायन भए । अन्तिमतिरसम्म जाँदा शिविरमा ७ देखि १० हजार मात्र जनसेना शिविरमा रहेको जनसेनाका एक सह डिभिजन कमाण्डर बताउछन् ।
अरु कयौं मिडियाले त अन्तिमसम्ममा शिविरमा ५ हजार मात्र जनसेना रहेको बताएका थिए । यसरी हेर्दा शिविर छोडेका र पलायन भएका ७ हजारदेखि ९ हजार सदस्यको मासिक पाउने तलब डिभिजन कमाण्डरहरुले आफ्नो निजी पोल्टामा खर्च गर्ने गरेको तथ्य धेरै पटक बाहिर आएको थियो । अस्थायी शिविरमा खासगरी तत्कालीन जनसेनाका ७ वटा डिभिजन थिए । त्यसमध्ये तेस्रो डिभिजनमा बढी सदस्यहरु रहेको र पलायन हुने संख्या पनि धेरै रहेको बताइन्छ ।
तत्कालीन जनसेनाका एक डिभिजन सहकमाण्डरका अनुसार पाँचौ डिभिजनमा २० करोडको हाराहारीमा भएको बताइन्छ । त्यसैगरी अन्य ६ वटा डिभिजनमा ८ देखि १० करोडसम्म हुने गरेको देखिन्छ । यसरी हेर्दा ७ वटै डिभिजनमा गरेर १ अर्बभन्दा बढी त जनसेनाका पलायन सदस्यहरुको मासिक तलबको मात्र हुन आउँछ । यसरी अस्थायी शिविर व्यवस्थापन गर्ने भन्नेदेखि लिएर बाहिर निस्किएका वाइसिएलका सदस्यहरुलाई जनसेनाका सदस्यहरुका लागि मासिक भत्ता व्यवस्थापन गर्ने भन्ने पार्टीको नीतिअनुरुप ५ सयदेखि हजार रकम निकासी गर्दा पनि अर्बौ रकम देखिन आउँछ । अघिल्लो दुई चरण र पछिल्ला पलायन भएका जनसेनाका सदस्यहरुको अर्बौं रकम तत्कालीन जनसेनाका सुप्रिमो प्रचण्डदेखि वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ, जनार्दन शर्मा र बलदेव शर्माहुँदै डिभिजन कमाण्डरहरुको हातमा पुगेको जनसेनाका हरेक सदस्यले बताउने गर्दछन् । जनपाटीबाट
0 comments