जनसम्पर्क समिति जापानद्वारा निर्वाचन समिति सदस्य मुक्तिराम खनाललाई कारवाही

11:17 PM

Loading...
Janasamparka-samiti


जापान । नेपाली कांग्रेसको प्रवसी भातृ संस्था नेपाली जनसम्पर्क समिति जापानले निर्वाचन समितिका सदस्य मुक्तिराम खनाललाई कारबाही गरेको छ ।

समितिको हालै सम्पन्न अनुशासन समितीको बैठकले नेपाली कांग्रेसको हित विपरित कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

गत अगष्टमा भएको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु गरी केहि स्थानमा निर्वाचन भइसकेपनि केन्द्रीय कार्यालयको निर्देशनमा निर्वाचन स्थगित गरिएको थियो ।

निर्वाचन समिति संयोजकले समेत प्रक्रिया खारेज गरी राजीनामा दिइसकेको अवस्थामा सदस्य खनालले मत खसेको स्थानको आफुखुसी मतनणना गरेको र बिजयी घोषणा गर्दै सपथ खुवाउँदै हिडेकोमा उनलाई दोषी ठहर गरी अनुशासन समितिले कारबाही गरेको हो ।

नेपाली कांग्रेसको हित विपरित काम गरेकोमा अनुशासन समितिको बैठकले शंसोधित बिधानको २०१६ को दफा १२ ख अनुसार कारबाही गरिएको हो ।

२०७३ असोज ३ गते १०:३० मा प्रकाशित

You Might Also Like

0 comments