६० वटा रानी भएका राजा, जसले बर्मामा खाना खान्छन् भारतमा सुत्न आउँछन्

11:17 PM

Loading...
king

आधुनिक युगमा समेत ६० वटी श्रीमती भएका राजा ! अझ अनौठो कुरा त के भने हरेक दिन एक देशमा खाना खाने र अर्को देशमा सुत्न जाने ।

हो, आधुनिक युगका यी विचित्र राजा हरेक दिन म्यानमारमा खाना खान्छन् र सुत्नका लागि भारत आउँछन्, त्यो पनि कुनै जहाजमा नचढीकन ।

यो सत्य घटना हो भारतको नागाल्याण्डस्थित लोंगवा गाउँको । यहाँ कोन्याक जनजातिका मानिसहरु बस्दछन् । यो गाउँको आधा भाग भारतमा पर्दछ भने आधा भाग म्यान्मारमा । त्यसैले यहाँका मानिसहरु विना कुनै पासपोर्ट र भिसा भारत र बर्मा ओहोर दोहोर गर्दछन् ।

समाचार अनुसार यो आदिवासी समुदायका राजाको नाम अंग नगोवांग हो । यी राजाको अधिनमा लोंगवा समेत विभिन्न ७५ वटा गाउँ रहेका छन् । यी राजाको दरबारक्षेत्रको बीचमा भारत र म्यानमारको सिमाना पर्दछ ।

त्यसैले राजाको परिवारको भान्सा म्यान्मारमा पर्छ भने शयन कक्ष भारतमा । सोही कारण राजपरिवारले म्यान्मारमा खाना खान्छ र भारतमा गएर सुत्दछ । यी राजाको परिवार पनि निकै ठूलो छ । यिनका ६० वटा पत्नी छन् र उनका छोराहरु बर्माको सेनामा संलग्न छन् ।

यो गाउँका मानिसहरुले भारत र म्यानमार दुबै देशको नागरिकता लिएका छन् । यो आदिवासीलाई निकै खतरनाक आदिवासी मानिन्छ । यिनीहरु हृेड हन्टर्सको नामले पनि परिचित छन् ।

किनकी यिनीहरुले पहिले मानिसको सिकार गर्थे र मान्छेको टाउको साथमा लिएर जान्थे । तर सन् १९६० पछि उनीहरुले हेड हन्टिंग छाडिसकेका छन् । यद्यपि यो समुदायका मानिसहरुका घरमा सजिएका मानव खप्पर अहिलेपनि देख्न सकिन्छ ।

२०७३ असोज २ गते ११:३२ मा प्रकाशित

You Might Also Like

0 comments