प्रचण्डको निष्कर्ष- भारत परिवर्तन भएछ

2:28 AM

Loading...
Maoist-Center-HQ-Meeting


४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत परिवर्तन भएको निष्कर्ष पार्टी बैठकमा सुनाएका छन् ।

हालै चारदिने राजकीय भ्रमण पूरा गरेर फर्किएका माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार पार्टी हेडक्वार्टर बैठकमा भ्रमणको समिक्षा राखेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निकै प्रशंसा गरेको भन्दै प्रचण्डले आफूलाई ‘तपाई नै नेता हो’ भनेको सुनाए । निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भएका प्रचण्डको निष्कर्ष थियो, ‘भारत परिवर्तन भएको छ ।’

आफ्नो भ्रमणले दुई देशबीच देखिएको असमझदारी हटेको र विश्वास बढेको उनले दाबी गरे ।

You Might Also Like

0 comments