इजरायलमा नेपाली दुतावासले संबिधान दिवस २०७३ मनायो तस्बिर सहित

11:30 PM

Loading...


इजरायल | इजरायल नेपाली राजदुतावासको अयोजनामा इजरायल स्थित कार्यबाहक राजदूत रामेश्वर पौडेलको निवासमा हिजो सेप्टेम्बर १९ का दिन बिदेशी नियोगका पाउना, विद्यार्थी, इजरायल स्थित बिभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि, संचारकर्मी लगायत नेपाली कामदारहरुको उल्लेखनिय उपस्थितिका बीच राष्ट्रिय दिवस भव्यताका साथ मनाएको छ |



- See more at: http://www.lightnepal.com/45611/#sthash.HY7MbjbM.sIiQPdat.dpufबेलुका ७ बजेबाट सुरुवात भएको कार्यक्रमको संचालन दुतावास दितीय सचिब आस्था सुब्बाले गर्नु भएको थियो | नेपाल राष्ट्रिय गानका साथै इजरायलको राष्ट्रिय गान संगै कर्यक्रम सुरु गरिएको थीयो | कार्यक्रममा बोल्दै इजरायलका लागि नेपाली कार्यबाहक राजदूत रामेश्वर पौडेलले संबिधानको महत्वका साथै नेपाल इजरायल सम्बन्धको बारेमा पनि प्रस्ट पार्नु हुदै सबैमा राष्ट्रिय दिवसको शुभकामना ब्यक्त गर्नु भएको थीयो | मन्तब्यकै क्रममा बिशेस अतिथिको रुपमा परराष्ट्र मन्त्रालय इजरायलका शिष्टाचार माहापाल मिरोन रुबेनले चुनौती भए पनि नेपालले संविधान कार्यन्वयन गर्नेमा आफु बिश्वस्त रहेको साथै इजरायल नेपाल भनेको अत्यन्त घनिष्ट सम्बन्ध भएका मित्र राष्ट्र हुन् | इजरायल नेपालको सम्बन्धका बारेमा पनि बोल्नु हुदै दुई देशको सम्बन्ध अझै उचाइमा पुग्ने कुरामा जोड दिनु हुदै सबैलाई शुभकामना ब्यक्त गर्नु भएको थीयो |


कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि पुर्व इजरायली महामहिम राजदुत तथा हाल सुडानका लागि महामहिम राजदुत हनान गोदारले इजरायल नेपालको सम्बन्धको बिगत, बर्तमान र भबिस्यको चर्चा गर्नु भएको थीयो | आज नेपालले राष्ट्रिय दिवस मनाउदै गर्दा आज भन्दा ५६ वर्ष अगाडी नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको इजरायल प्रतिको अभिमतलाई सलाम गर्दै वहा र नेपाललाई इजरायली जनताले सधै सम्झने पनि बताउनु भएको थीयो | केहि नेपाली पनि बोल्ने उनले नेपाली कृषि कामदार तथा सुसारेको पनि खुलेर प्रसंशा गर्नु भएको थीयो | नेपाल र इजरायल साना मुलुक भएपनि एक अर्काले सहयोग गदै अगाडी बढी रहेको साथै बढी रहनेमा जोड दिनु भएको थीयो | नेपालबाट कृषिमा सिक्न तथा कमाउन आएर फर्के पछी आफुले सिकेको शिपलाई नेपाली युवाले जसरी काम गरिरहेका छन् त्यसको खुलेर प्रसंशा गरेका थिए | राष्ट्रिय दिवसको सबै नेपालीमा नेपालीमै बोल्दै शुभकामना ब्यक्त गरेका थीए |



अथितिको रुपमा इजरायलका लागि श्रीलंकाका राजदुतको पनि उपस्थिति रहेको थियो | औपचारिक कार्यक्रम पछी रात्रिभोजमा सरिक हुन दितीय सचिव आस्था सुब्बाले सबैलाइ हार्दिक अनुरोध गर्नु भएको थीयो | रात्रिभोज चलिरहदा गणेश गौतम सागर तथा दिपक ओलीले गीत गाएर मनोरञ्जन दिनुका साथै सबैलाइ नचाउनु भएको थियो |



श्रोत स्वतन्त्र खबर डटकम बाट


 

You Might Also Like

0 comments