Dayahang Rai film actor in the Nepali film industry

Dayahang Rai is a well-known film actor in the Nepali film industry. In the three years that he has been in the industry, he has already acted in over two dozen films. Besides being an actor on the screen, Rai is also a popular theatre artist. Rai, who started his career as a theatre artist, is now one of the founders of Mandala Theatre in Anamnagar. The theatre was established three years ago. The Post’s Anup Ojha talked with Rai about the quake’s effects on Nepali theatre and how Nepali theatre will recover.I was having lunch at poet Upendra Subba’s house in Talchikhel in Lalitpur. The Kabaddi film director, Ram Babu Gurung, was also with us. We were indoors, when suddenly the house started to shake. We could hear the sounds of the utensils in the kitchen clattering to the ground. Then, as the earth continued to shake, I started thinking of my family members—my two-and-a-half-year-old son Samdung, my wife, Benuka, and my sister, who were all back in our home in Anamnagar.
Once the quake stopped, we ventured outside. The road was filled with people. I could see broken flower pots inside the compound of the house. We could feel the aftershocks even after the first big jolt. Someone said that the Dharahara had collapsed. I found myself worrying about Ason. Luckily, nothing had happened to that neighbourhood, I learned. I tried to my call my wife, but my phone wasn’t working. I texted her saying that I was safe. I got a reply from her saying everyone was safe at home.

माओवादी पत्रकारको भेलामा प्रचण्डले बोल्दा ‘हुन्न’ भन्दै हुटिङ



१४ असोज, काठमाडौं । माओवादी सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर भेलामा पार्टी अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्दा हुटिङ भएको छ ।

कार्की पार्टी प्यालेसमा जारी बन्दसत्रलाई सम्बोधन गर्दे प्रचण्डले अहिलेकै नेतृत्वलाई निरन्तरता दिने वा युवा पुस्तालाई ल्याउने विकल्प रहेकेा बताए । उनले यसो भन्दा सहभागीहरले धेरैबेर ताली बजाए । र, प्रचण्ड पनि बोल्न रोकिए ।

त्यसपछि प्रचण्डले तर…भन्दै पार्टी एकताको भाव र बाध्यतालाई बुझ्नु पर्ने भएकाले सिनियरलाई नेतृत्व दिन सुझाए । पार्टी पोलिटव्यूरो सदस्य महेश्वर दाहाल तर्फ संकेत गर्दै उनले सिनियरले केही महिना अविभावकत्व गर्ने र त्यसपछि युवालाई नेतृत्व दिने बताए ।

हलमा सहभागीले भने प्रचण्डको यो प्रस्तावलाई अस्वीकार गर्दै ‘हुँदैन’ भनेर हुटिङ गरेका छन् ।

प्रचण्ड आफ्ना कुरा राखेर बाहिरिएपछि वर्षमान पुन अनन्तले बोले । उनी बोलिरहँदा अधिकांश सहभागी हल्ला गर्दे हलबाट बाहिरिएका छन् । र, अहिले बन्दसत्र स्थगित भएको छ ।

२०७३ असोज १४ गते ११:३३ मा प्रकाशित

Nepal telecom’s 15 million users are its biggest asset: MD Rajbhandari



Kamini Rajbhandari joined Nepal Telecom, the country’s state-owned utility, as temporary staffer in 1985 after completing her BE in Electrical, Electronics and Communications Engineering from Punjab Engineering College in Chandigarh, India. Thirty-one years later, she has just been appointed the company’s executive Managing Director. Rajbhandari, who completed her MBA from Asian Institute of Technology in Thailand in 2001 was appointed the company’s Chief Technological Officer last year. Onlinekhabar recently caught up with Rajbhandari at her office in Kathmandu to talk about her plans to take the company forward. Translated excerpts: You have just been appointed MD of Nepal’s leading telecom company. There were 12 others who were in contention for the post. Well, I am very happy. NTC’s MD was chosen for the first time through open competition, and I had the privilege to become the first MD through this process. I am happy, as well as excited. Could you tell us how competition was like? Under the process, the applicants had to present their take on four crucial issues related to Nepal Telecom. The first issue was the company’s current situation, the second was on its past. The other two issues we had to present our views on were the problems facing the company, and its opportunities and threats. All of us also presented a plan to introduce reforms. I see a lot of potential in this company. I also see things that need to be improved. I told the selection committee that the Nepal Telecom needs to adopt latest technology by introducing reforms in both technical and non-technical aspects of the company. I also proposed a plan to enable the company to compete in the market. I think all these things got me the job. Now that you are the chief executive of the company, what new services can NT users expect to get in the coming days? Our subscribers will soon be able to avail services such as IP TV, video-on-demand, mobile money and many others. But we still have several hurdles to clear before we roll out these services. The first hurdle, as you know, is the government’s regulations. The second one is the power crisis that the country is facing at the moment. On top of it all, our infrastructure has been severely damaged in the course of road expansion in Kathmandu, and laying of pipelines for the Melamchi project. What are other projects on your priority? We want to increase our customer base to 17.3 million from the existing 15 million. We will expand our fibre to home network in coming days, and gradually replace copper wires with optical fibre. We want to be ideally in a situation where we use copper wires only for distances less than one km. Wimax service is also another of our products we want to promote. Could you tell us about the company’s plans to roll out 4G services? When can subscribers in Kathmandu use 4G? We are preparing to roll out the service at the earliest. I can tell you that we will launch it in Kathmandu within two months after the Telecom Authority issues us a licence to run the service. We will also make the service available in major cities across the country. But if you compare our work procedure with that of private companies, you would find that we have a lot of legal hurdles to clear. That is why things like rolling out 4G services take time. On Wednesday this week, the telecom regulator signed a Rs 5 billion deal with NT to lay optical fibre along the Mid-Hill Highway. When will work on the project begin? What are the challenges facing this project? Yes we signed the agreement this week. Work will begin within the next six months. Although we have been given two years to complete the project, we believe we can finish it ahead of time. But we can do that only when work on the highway also gathers pace. Now let’s talk about Nepal Telecom and its internal administration. Will you continue the voluntary retirement scheme you predecessor introduced? When the scheme was introduced, we had said we will implement it in three phases. We have already implemented two phases of the scheme, and over 800 staffers have taken the golden handshake. In the third phase, over 100 staffers are likely to opt for the programme. NT has also been investing in hydro projects. Do you have any new projects in the pipeline? NT has invested in Trishuli B and Upper Tamakoshi. Yes, we want to invest more in hydropower, but we are yet to decide on what projects we want to invest in. You have created history as the first woman to take charge at Nepal Telecom. What can NT staffers, and subscribers expect from you during your tenure? First of all, I would like to make one thing clear. I do not think I have made it this far just because I am a woman. I have been appointed to the post on merit basis. What I want to do is to improve the quality of services we provide to our 15 million subscribers. My approach to doing this is to optimise our services by slowly upgrading our network, and bringing in new technology simultaneously. I think that the millions of subscribers who use NT services are the company’s asset. Yes, there may be some problems, but in general, people are happy with our services, and they trust us. Lot of NT users tell us that it is not the price that they are worried about when using the company’s service, it’s the quality. We would like to tell our costumers that we will launch a one-window customer care centre in the days to come. Our efforts to improve the quality of our services will go on as we acquire latest technology and equipment.

वैदेशिक रोजगारीमा गएकालाई कति कमाइस् मात्र नसोध्नुस्



विदेश उड्ने जो कोही नेपालीले सपना बुन्छ नै । नेपाल छाड्दा उसले केही बोकेर जान्छ भने त्यो सपना नै हो । देशबाट टाढा हुँदै गर्दा आफ्नो भविष्य सुन्दर बनाउने र आफ्नो परिवारलाई सुखी राख्ने सपना देख्नु स्वाभाविकै हो ।

विदेशिएका नेपालीहरुको औंसत सपना सायद एउटै हुन्छ, अलिकति पैसा कमाएर सुगम ठाउँमा एउटा सानो घर बनाउने । परिवार नहुनेले परिवार बसाउने, नियमित आम्दानी हुने सानोतिनो व्यवसाय गर्ने र आफ्नो परिवारसँगै बस्ने । यस्तै सपना बुन्दै दैनिकजसो सयौं युवा विदेशिने गरे पनि कसैका पूरा हुन्छन् त कसैको हुँदैनन् !

मुटु त त्यतिबेला चस्कन्छ, जतिबेला सुनिन्छ – फलानोले त आत्महत्या गर्‍यो रे । फलानो सुतेको ठाउँबाट उठेन रे । फलानोलाई लुटेराले तलब लिएकै दिन लुटेर मारे रे ।

दैनिकजसो यस्ता समाचार सञ्चार माध्यमहरुमा आइरहन्छन् । अनि प्रतिक्रिया आउँछ- फलानो त राम्रै कमाउँथ्यो, किन गरेछ आत्महत्या ? उसको त व्यवसाय पनि राम्रै थियो । मिलनसार अनि मिहिनेती थियो । अन्तिममा कठैबरा बिचरा भनिन्छ । यस्तै प्रतिक्रिया आउँछ हाम्रो समाजमा । तर, त्यो मान्छेले आत्महत्या किन गरेछ ? के कारण थियो, जसले उसलाई आत्महत्या गर्न प्रेरित गर्‍यो ? त्यसको खोजी प्राय: हुँदैन ।

यस्ता समाचार पढ्नुपर्दा मलाई सधैं एउटै कुराले सोचमग्न बनाउँछ, मान्छेहरु आत्महत्या किन गर्छन् ? समस्याको समाधान आत्महत्या नै हो त ? जसले आत्महत्या गर्‍यो, उसले मुक्ति पायो होला त ? आत्महत्याको पछाडि जिम्मेवार को हुन् त ? प्रश्न अनेक छन् ।

यिनै प्रश्न दिमागमा उब्जिरहँदा विदेशमा कमाउन जाने साथीभाइ र तिनका आफन्तलाई सम्बोधन गर्दै यो लेख लेख्दै छु ।

हामी नेपाली थोरै नै हौंला, जो आफ्नै पैसाले विदेश जान्छौं । अधिकांशले धेरथोर पैसा ऋण र सरसापट गरेकै हुन्छन् । उसलाई पनि थाहा हुन्न सायद, उसले त्यो ऋण चुक्ता गर्न सक्छ या सक्दैन । विदेश आएसँगै काममा ज्यान दिएर लाग्ने र छिटोछिटो ऋण चुक्ता गर्ने सोचाइ उसले नेपालमा छँदै बनाएको हुन्छ । त्यसरी विदेशी भूमिमा गइसकेपछि सबैको सोचे जस्तो नहुन सक्छ, जसले गर्दा दिमागमा अनेक कुरा खेल्छन् । त्यो स्वाभाविक पनि हो । तर, बुझ्नुपर्ने कुरा के हो भने, सोचे जस्तो हुने भए यो संसार स्वर्ग हुन्थ्यो होला अनि तपाईं हामी स्वर्गका बासिन्दा हुन्थ्यौं होला ।


काम गर्दा आफू सुरक्षित छैन भन्ने लाग्छ भने छोड्नुस् काम । सम्भव भए काम परिवर्तन गर्नुस् । नभए फर्कनुस् आफ्नो देश । तपाईंसँग आफ्नो परिवार छ, समाज छ, देश छ । जिन्दगी त्यहाँ सुन्दर छ, जहाँ यी सब कुरा छ

तारादेवीको एउटा गीत छ, सोचे जस्तो हुन्न जीवन । यथार्थपरक गीत हो यो । जीवन भनेको भोगाइ हो, जन्मसँगै भोगाइ सुरु हुन्छ र त्यो भोग्दै जानु नै जिन्दगी हो । यसबाट टाढा हुन सकिन्न । जसले यी सब पार गर्दै जान्छ, त्यसले नै जिन्दगीको असली मज्जा लिएको हुन्छ । जिन्दगीको सुरुवाती समयमा दु:खसुखसँग पौंठेजोरी खेल्नुभएन भने बुढेसकालमा के सम्झेर दिन काट्नुहुन्छ ?

विदेश गएपछि सपना त बुन्नुस्, सपनाले नै जीवनमा ऊर्जा दिन्छ । तर, पूरा गर्नै नसकिने सपना नबुन्नुस्, जसले तपाईंलाई मृत्युसम्म पुर्‍याओस् ! आफूलाई प्राय: व्यस्त राख्नुस् । यसको मतलब जतिबेला नि काम गर्नुस् भनेको होइन । कामको समयपछि बाँकी रहेको समयलाई सदुपयोग गर्नुस् । खाना खाने, सुत्ने, मनोरञ्जन लिने, परिवारसँग कुरा गर्ने जस्ता कुराको नियमित तालिका बनाउनुस् ।

सकेसम्म खाली समयमा एक्लै नबस्नुस् । साथीभाइसँग अथवा के कुरामा तपाईं रमाउनुहुन्छ, त्यसमा समय दिनुस् । जस्तै टिभीमा आउने कार्यक्रम हेर्ने, स्विमिङ गर्ने, फिटनेस सेन्टर जाने, साथीभाइसँग खेल्ने, सामाजिक कामहरुमा सरिक हुने । त्यसरी व्यस्त भइरहेपछि तपाईंको दिमागमा नकारात्मक कुराले डेरा जमाउँदैन । दु:ख भयो भनेर चिन्ता नलिनुस् किनकि तपाईंभन्दा पनि धेरै दु:ख पाएका व्यक्ति खोज्न टाढा जानु पर्दैन । आफ्नै समाजमा भएका व्यक्तिहरुलाई एकचोटि सम्झिनुस् ।

आफ्नो सुख-दु:ख मिल्ने साथी वा आफ्नो परिवारसँग बाँड्नुस् । मृत्यु त निश्चित नै छ, कोही अघि त कोही पछि मात्र हो । तर, के कुरा पक्का हो भने अघि जानेले भन्दा पछि जानेले धेरै अनुभव बटुल्छ । जिन्दगी भनेको एउटा अनुभव हो । जुनसुकै काम गरे पनि काममा रमाउन सिक्नुस् ।

काम गर्दा आफू सुरक्षित छैन भन्ने लाग्छ भने छोड्नुस् काम । सम्भव भए काम परिवर्तन गर्नुस् । नभए फर्कनुस् आफ्नो देश । तपाईंसँग आफ्नो परिवार छ, समाज छ, देश छ । जिन्दगी त्यहाँ सुन्दर छ, जहाँ यी सब कुरा छ । शरीरमा एक मुठी सास भएपछि र आफन्तको साथ पाएपछि तपाईंले नयाँ संसार रच्न सक्नुहुन्छ । विदेश त क्षणिक हो, जसले केही अनुभव र पैसा देला । सबैथोक दिन सक्दैन ।

विदेश जानेहरुको परिवार र आफन्तलाई मेरो अनुरोध छ, विदेश भन्नेबितिक्कै पैसा टन्न कमाउँछन् भन्ने नसोच्नुस् । एउटा कुरा सत्य हो, कडा परिश्रम गर्नेले धेरथोर कमाउँछन् । तर, कुराकानी हुँदा सधैं पैसा कहिले पठाउने भनेर नसोध्नुस् । ऋण यति पुग्यो मात्र नभन्नुस् । अनि फलानोका छोराछोरीले त कमाएर यस्तो गरे, उस्तो गरे भनेर नसुनाउनुस् । अरुले कमाएको हिसाब र विवरण सुनाएर उसलाई झन् दबाब र तनाव नदिनुस् ।

बरु सोध्नुस्, उसको काम कस्तो छ ? खाना कसरी खाएको छ ? सुत्ने समय के-कति छ ! बसाइ सहज छ कि छैन ? सधैं आफ्नो रहर र चाहना मात्र सुनाएर उसलाई बोझ नथप्नुस् । उसका रहर अनि चाहनाको बारेमा पनि सोध्ने गर्नुस् । यसरी उसको दुःखसुखमा तपाईंले विचार गर्नुभयो भने यसले उसलाई निकै आडभरोसा मिल्नेछ । पक्कै पनि ऊ तपाईंहरुकै लागि विदेशिएको हो ।

पोर्चुगल

२०७३ असोज १४ गते १०:२९ मा प्रकाशित

शाओमी ‘रेडमी नोट ४’ नेपाली बजारमा




१४ असोज, काठमाडौं । शाओमी नयाँ स्मार्टफोन ‘रेडमी नोट ४’ नेपाली बजारमा आउने भएको छ । शाअोमीको नेपालको लागि आधिकारीक विक्रेता वत्सल इम्पेक्स प्रालीले कम्पनीको ल्याउने भएको छ । कम्पनीले ‘रेड मी नोट ४’ अर्को सातादेखि उपभोक्ताले खरिद गर्न पाउने जनाएएको छ ।

यो स्मार्टफानेमा ५.५ इन्च डिस्प्ले छ । ३ जीबी र्‍यामको साथमा ६४ जीबी इन्टरनल स्टोरेज क्षमता छ । साथै १३ मेगापिक्सल रियर क्यामेरा र सेल्फीका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा सेट गरिएको छ ।

मेटल बडी भएको यो स्मार्टफोनमा फिङ्गर सेन्सर, दुई सिम लाग्ने र फोर जी सर्पोट गर्ने कम्पनीको दाबी छ ।

साथै ४१०० एमएएच पावरको ब्याट्री सेट गरिएको छ । मूल्य भने सार्वजनिक भएकै दिन तोकिने जनाएको छ 

जानी राखौं मेथीका फाइदा





काठमाडौं । मेथी हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ । यो हाम्रो खानामा जडीबुटीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेथीलाई मसलाको रुपमा पनि हामीले खानामा प्रयोग गर्छौं । यसको स्वाद कडा हुनुका साथै तितो हुन्छ । यद्दपी यसमा कर्वोहाइड्रेट, प्रोटीन, क्याल्सियम, फाइबर तथा फस्फोरसको मात्रा अधिक हुन्छ ।

हाम्रो शरीरलाई अधिक मात्रामा फाइदा पुर्‍याउने मेथीका बारेमा आउनुस् हामी पनि जानी राखौ यी कुरा ।

मुटु सम्बन्धि रोग लाग्न दिँदैन

मेथीको दानामा गेलोक्टोमेनन पाइन्छ । यसले तपाईंको मुटुलाई स्वस्थ्य बनाउन मद्दत गर्नुका साथै मुटु सम्बन्धि रोगको जोखिमबाट समेत रोक्ने काम गर्छ ।

यसमा भएको पोटासियमले मुटुको गतिलाई कायम गर्न तथा नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।

पाचन प्रकृयामा लाभदायक

फाइबर तथा एन्टीअक्सिडेन्टले भरिपूर्ण मेथीले शरीरमा भएका हानीकारक विषाक्तलाई बाहिर फाल्न मद्दत गर्छ । त्यस्तै, मेथीको पानीलाई पित्त, अपच तथा पेटको दुखाई कम गर्न पनि प्रयोग गर्न सकिन्छ ।

तौल कम गर्न लाभदायक

तौल कम गर्नमा पनि मेथी लाभदायक मानिन्छ । किनकी यसमा प्राकृतिक रुपमै फाइबर रहेको हुन्छ जसले तपाईलाई भोक दवाउन मद्दत गर्छ ।

व्लड सुगर नियन्त्रण गर्छ

मधुमेहका विरामीले मेथीलाई आफ्नो खानामा दैनिक प्रयोग गरेको खण्डमा मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यसमा गेलोक्टोमेनन हुन्छ, जुन आफैमा एक प्रकारको घुलनशील फाइबर हो । यसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

शरीर सुन्निनबाट जोगाउँछ

मेथीमा जलन तथा सुन्निएको कम गर्ने तत्व हुन्छ । यसले मुखको अल्सर, पिलो, ब्रोङ्काइटिस, छालाको समस्या, कडा खोकी, क्यान्सर, मिर्गौला सम्बन्धि समस्या घटाउन मद्दत गर्छ ।

त्यसैगरी मेथीले शरीरबाहिर समेत घाउ हुँदा तथा चोटपटक राख्दा औषधिको रुपमा काम गर्छ ।

विशेषगरी मेथीलाई कपडामा बेरेर सुन्निएको ठाउँमा सिधै राखेमा पनि यसले औषधिको रुपमा काम गर्छ । त्यस्तै, दुखाई कम गर्न, मांसपेशी सुन्निएको कम गर्न, गाउट, घाउ, खुट्टाको अल्सर, चायाँ कम गर्न पनि मद्दत गर्छ ।

मेथीमा कति पोषकतत्व हुन्छ ?

एक चिया चम्चा मेथीमा ३५.५ ग्राम क्यालोरी, ६.४ ग्राम कार्बोहाइडे्रट, २.५ ग्राम प्रोटिन, ०.७ ग्राम चिल्लोपना, २.७ ग्राम फाइबर, ३.७ मिलिग्राम आइरन, ०.१ मिलिग्राम मेग्निस पाइन्छ ।

यसैगरी ०.१ मिलिग्राम कपर, २१ मिलिग्राम म्याग्नेसियम, ३२.६ ग्राम फोस्फोरस, ७.४ मिलिग्राम सोडियम, ०.१ मिलिग्राम भिटामिन बी सिक्स र ०.३ मिलिग्राम भिटामिन सी पाइन्छ ।

२०७३ असोज १३ गते १८:३० मा प्रकाशित

प्रदीप ज्ञवालीका दुई कविता



१. यात्राबाट फर्केपछि



भर्खर फर्केको छु म

युद्धको एउटा बेग्लै मोर्चाबाट

बोकेर अँगालोमा अलिकति बिहान

र पीडाको एउटा थकित साँझ !



थाहै छ तिमीलाई –

म थिइनँ कुनै हर्कुलिस, चुकेल्याङ या भीम !

म थिइनँ अर्जुन, साइमन या कुनै इन्द्रजित !

म एउटा सामान्य मान्छे

सुदूर गाउँमा हुर्किएको !

थोरै विवेक, थोरै ज्ञान

र थोरै सामर्थ्यसहितको एउटा औंसत मान्छे !



कसरी दाबा गर्न सक्छु म

कुनै कमजोरी भएन भनेर ?

कसरी दम्भ गर्न सक्छु म

सिङ्गै महाभारत जितेँ भनेर ?

र पनि गर्व छ मलाई

मेरो यात्रामा शिर निहुराउन परेन परिवारले

रुमालले मुख छोप्नु परेन

मेरो आस्थाको घरले !

अलिकति सिन्दूर खसेको छ

पूर्वीय आकाशको सिउँदोमा

अलिकति चन्द्रमा उदाएको छ

आमाका अर्द्धमुदित आँखाहरुमा

र भर्खर खोलेर आएको छु झ्यालको पर्दा !



हे दोषी चस्माहरु !

मलाई थाहा छ – बाटो धेरै लामो छ

तर कसरी सुस्ताउन सक्छु म

बीच बाटोमै थाकेर ?



२. अँध्यारो कुनामा एउटा खाट



इतिहासको अँध्यारो कुनामा

गीत गाइरहेछु म एउटा पुरानो खाट !

भाँचिनै लागेका खुट्टाहरु

चुँडिनै लागेका डोरीहरु

अभिशप्त जिन्दगीको एउटा चौपारी बनेर

पर्खिरहेछु अझै- कामरेडको पुनरागमन !



साथमा छ एउटा निस्सिम अँध्यारो

त्यसलाई चिर्ने लामखुट्टेको सुफी सङ्गीत

छातीमा निदाएका छन् केवल

पुराना दिनका अजम्बरी सपनाहरु

अनि कहिल्यै पूरा नहुने तिर्सनाहरु !



ती अँध्यारा रातहरुमा

जतिबेला आउँथ्यौ तिमी

थकित र उदास मुद्रामा पोख्दै चिसो सुस्केरा

पुछ्दै ताता पसिना ढल्किन्थ्यौ मेरो काखमा

जसरी घुस्रिन्छ नाति मायालु हजुरआमाको अँगालोमा !



बिझाउँथ्यो होला तिमीलाई यो खस्रो डोरी

तर पनि तिम्रा आँखामा सन्तुष्टिका दियोहरु बल्थे

र मेरो काखमा बसेर लेख्थ्यौ संसार बदल्ने गीतहरु !



साथमा थियो पुरानो कसौंडी

सिलबरको थाल र पानी पिउने गिलास

ब्रेक नभएको थोत्रो साइकलको घण्टी बज्थ्यो यात्रामा

हाम्रो युद्धको पल्टन यही थियो !

हाम्रो खुशीको परिवार यही थियो !



अझै पनि अल्झिएका छन्

डोरीमा पलपलका सपनाहरु

सुकेका छैनन् अझै पसिनाका नीला दागहरु

आलै छन् रगतका टाटा र आँसुका डोबहरु !



यो इतिहासलाई अलपत्रै छाडेर

तिमी गएका थियौ पानी लिन मरुभूमिमा

तर युगौं बितिसक्यो फर्केनौ अझै

कतै बालुवाको विभिषिकामा अल्झिन त अल्झिएनौ ?

अलप त भएनै मेरा राम

सुनको मृगको पाइतालामुनि ?



हल्ला छ अचेल गाउँमा –

घाँडो भए रे जिउरे खाट र चिनियाँ साइकल !

घाँडो भए रे थोत्रो कसौंडी,

सिलबरको थाल र पानी पिउने गिलास !

हरेक साँझ गौंथलीहरु यस्तै समाचार बोकेर आउँछन्

म कान थुनेर विरह पोख्छु

ढेब्रीको मलिनो उज्यालोसँग !



प्रिय कामरेड !

म यौटा जिउरे खाट

इतिहासको अँध्यारो कुनामा लुकेर

अझै पर्खिरहेछु तिमीलाई !



(ज्ञवालीको हालै प्रकाशित कवितासङ्ग्रह ‘बिना सालिककका नायकहरु‘ बाट साभार ।)

२०७३ असोज १४ गते १०:४० मा प्रकाशित
pradeep-gyawali

‘सफर’ प्रिमियरमा मरिष्कालाई किन उचाले नायक र निर्देशकले ?




आजबाट देशभरका हलमा चलचित्र ‘सफर’ रिलिज भएको छ । आशिष श्रेष्ठले निर्देशन गरेको यो चलचित्रले अमेरिकामा ३ यूवाले बिताएको पललाई देखाउन खोजेको छ ।

ललितपुरको पुल्चोकस्थित लाबिम मलमा आयोजित पि्रमियरमा चलचित्रका मुख्य कलाकार संजय गुप्ता र निर्देशक आशिष श्रेष्ठ मात्र उपस्थित थिए । अन्य कलाकार अमेरिकामा भएकाले प्रिमियरमा सहभागी हुन सकेनन् ।

चलचित्र हेर्नका लागि नायिका मरिष्का पोख्रेल हल पुगेकी थिइन् । उनलाई चलचित्रका निर्देशक र कलाकारले जुरुक्क बोके । अन्य कलाकारलाई पनि निमन्त्रणा गरिएको भएपनि मरिष्का मात्र हलमा पुगिन् । चलचित्र हेर्ने सबैले यसको कथावस्तु र प्रस्तुतीलाई रुचाएका छन् ।

यस्तै, आजैबाट चलचित्र ‘सत्यदिप’ पनि रिलिजमा आएको छ । चलचित्र ‘छक्का पन्जा’ आजबाट चौथो हप्तामा प्रवेश गरेको छ ।

तस्विरः उत्सव रसाइली

SAARC summit to be cancelled

The SAARC summit of 2016 will be cancelled, a senior diplomatic source in Kathmandu told The Hindu. The confirmation from Nepal, the current SAARC Chair, came hours after Bangladesh, Bhutan and Afghanistan followed India’s decision to stay away from the November summit to be held in Islamabad.
“There is no question of holding the summit if four countries declare their unwillingness to participate. As the current SAARC Chair, Nepal has the responsibility of seeking a solution to such pre-summit disputes but under the current circumstances nothing much can be attempted. We will do the due formalities and will declare the summit of 2016 should be cancelled due to non-participation of member states,” said a Kathmandu-based diplomatic source.
The source, however, pointed out that Nepal has not taken any decision on the summit as it is the current SAARC Chair.
“We wish that a diplomatic breakthrough could be found with a possible change of venue but no one can guarantee success of such steps as four countries have already declared their inability to attend the summit without seeking an alternate venue,” he said.
The atmospherics for the cancellation began building up after Bangladesh, Bhutan and Afghanistan sent formal official communications to Kathmandu on September 27 almost immediately after India expressed inability to participate in the summit due to “prevailing circumstances” and stepped up diplomatic pressure on Pakistan after the September 18 attack on the military base in Uri.
Like India that cited “cross-border terrorist attacks in the region” as a reason for boycotting the summit, Bangladesh, Bhutan and Afghanistan too expressed concern about the same issue in their official notes to Kathmandu.

कविता : मुटु बचाऔं



तेलबाट गाडी चल्छ, रेल चल्न कोइला जल्छ

कोइला तेल चाहिँदैन हाम्रो मुटु आफैं चल्छ ।



ग्यास, सोलार, बिजुलीले मेशिन र इञ्जिन चल्छ

बिजुली, ग्यास चाहिँदैन हाम्रो मुटु आफै चल्छ ।



खानेकुराबाट मिल्ने शक्तिबाट मुटु चल्छ

खान- पान रहनसहन बिग्रिएमा मुटु गल्छ ।



प्रकृतिको स्वच्छ हावा, ऊर्जाबाट मुटु चल्छ

वातावरण नजोगाए मुटु रुक्छ ज्यानै ढल्छ ।



योग व्यायाम सन्तुलित भोजनबाट मुटु चल्छ

धूमपान, मद्यपान, आलस्यले मुटु जल्छ ।



सधैं खुसी हुन सके लगातार मुटु चल्छ

तनावले हृदयाघात हुन्छ अनि मुटु जल्छ ।



खानपान, योग, व्यायाम सन्तुलन मिलाएर

खुसी रहौं, मुटु बचाऔं वातावरण जोगाएर ।



सन्दर्भ: अन्तर्राष्ट्रिय मुटु दिवस

२०७३ असोज १३ गते १५:१० मा प्रकाशित

Indian Army Killed 2 Pakistani Rangers in Retaliation to Ceasefire at LoC

India conducted surgical strikes last night along the LoC to safeguard our nation, the Defence Ministry said on Thursday. “Significant casualties have been caused to terrorists and those trying to shield them. We don’t have a plan to further conduct such strikes. India has spoken to Pakistan,” DGMO Lt Gen Ranbir Singh said. “… Now, based on very specific and credible information we received yesterday, that some terrorist teams had positioned themeselves at launch pads along the LoC with an aim to carry out infiltration and terrorist strikes in J&K and various other metros in our country. There were launch pads at the LoC where terrorists were present waiting to infiltrate the nation and attack areas in Kashmir and metros across the country,” the DGMO said. No Indian casualties occurred during the surgical strikes that were carried out last night by the Indian Army.

राष्ट्रिय हित विपरित प्रतिस्पर्धा हुँदैनः प्रधानमन्त्री





१३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको पहिलो एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरुको विचारमा विविधता भएपनि राष्ट्रिय हित विपरित कुनै सम्झौता र प्रतिस्पर्धा हुन नसक्ने बताए ।

उनले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको भन्दै प्रेस जगतले यसमा सहयोग गर्नु पर्ने बताए । प्रेसले सहयोग नगरे स्थिति जटिल पनि हुन सक्ने उनको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई एकतावद्ध गर्दै संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

२०७३ असोज १३ गते १४:११ मा प्रकाशित

फिल्म भने खेल्ने, तर प्रचारको बेलामा निर्माता र निर्देशकको फोन नउठाउने





१३ असोज, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएको छ । २ विकेटको जितसँगै अफगानिस्तानले तीन म्याचको श्रृखलामा १-१ को बराबरी गरेको छ ।

मिरपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशले अन्तिम ४ बल खेल्नु अघि सबै विकेट गुमाएर २०८ रन बनायो । उसका लागि मोसादिक हुसेनले ४५ र मुस्पिmकर राहिमले ३८ रन बनाए ।

अफगानिस्तानका रसिद खानले ३ र मोहम्मद नावीले २ विकेट लिए ।

२०९ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाहुना टोलीले अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि स्टानिकजाइले ५७ रन बनाए भने नाबीले ४९ रनको योगदान दिए ।

सकिब अल हसन र मोसादिक हुसेनले २ विकेट लिए ।

२०७३ असोज १३ गते १४:४८ मा प्रकाशित

बर्षाले प्रचारमा साथ नदिदा निर्माता-निर्देशकको आक्रोश




चलचित्रमा काम गरेपछि त्यसको प्रचारप्रसारमा साथ दिनु कलाकारको दायित्व पनि हो । चलचित्र सफल हुँदा आफू हिट भएको भन्दै कुर्लने नेपालका कलाकार असफल हुँदा त्यसको जिम्मेवारी लिन चाहन्नन् । यतिमात्र होइन, चलचित्रको प्रचारमा साथ नै नदिने केही कलाकार हिट भएपछि भने आफ्नो चलचित्र भन्दै मिडियामा बोल्दै पनि हिडेका छन् ।

नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘सुब्बा साब’ असोज २१ गतेबाट रिलिजमा आउँदैछ । तर, यो चलचित्रको प्रचारमा नायिका सिवाकोटीले कुनै इच्छा नदेखाएपछि यतिबेला निर्माता र निर्देशकमा आक्रोश उत्पन्न भएको छ । नायिका खोई त भन्ने प्रश्नमा निर्देशक राजु अधिकारी भन्छन्-‘उहाँले न त हाम्रो फोन उठाउनु भएको छ, न त सम्पर्कमा नै आउनु भएको छ ।’ राजुले नायिकाले मतलब नगरेपनि त्यसले खासै असर नपर्ने बताएका छन् ।

चलचित्रका निर्माता त नायिकाले प्रचारमा मत्तलब नगरेको भन्दै पत्रकार सम्मेलन गरेरै आक्रोश व्यक्त गर्ने मुडमा देखिएका छन् । चलचित्रमा बर्षाको नकारात्मक भूमिका छ । निर्देशक अधिकारी भन्छन्-‘भूमिका मन नपरेको भए पहिले नै भन्नुपर्छ । अहिले फोन नउठाउने, रेस्पोन्स नगर्ने गर्नु कलाकारको व्यवसायिकता होइन ।’

चलचित्र ‘पशुपति प्रसाद’मा छोटो भूमिका गर्दा यी नायिका प्रचारमा जमेर लागेकी थिइन् । चलचित्र ‘नाई नभन्नु ल २’बाट डेब्यू गरेपनि बर्षाले आफू ‘पशुपति प्रसाद’की नव-नायिका भएको बताएपछि आलोचना भएको थियो ।

सरोज खनाल, जीवन लुइटेल, गौरी मल्ल, बषर्ा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले सुब्बाको कथालाई उठान गरेको छ ।

गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान




नवलपरासी, १३ असोज । नवलपरासीका गण्डक प्रभावित समुदायले गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान सुरु गरेका छन् ।fगण्डक नदीबाट प्रभावितको सङ्गठन गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिको अगुवाइमा प्रभावितले जिल्लाबाट सुरु गरेको जनजागरण अभियान देशका मुख्य मुख्य स्थानमा गरी असोज १६ गतेसम्म चल्ने छ । नवलपरासीबाट सुरु गरिएको गण्डक सम्झौता पुनरावलोकन जनजागरण अभियान अन्तिम दिन पर्वतको कुश्माबाट गएर सकिने छ । सो अभियानका कार्यक्रम आज म्यादीको बेनीमा गरिएको छ ।अभियान मुस्लाङको जोमसोम, कास्कीको पोखरा, बागलुङ र पर्वतको कुश्मामा समेत गरी सम्पन्न हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताए ।

गण्डक सम्झौता नेपाली पक्षका लागि पूर्णरुपमा हितकारी नभएको भन्दै असमान सम्झौताको पुनरावलोकन हुनुपर्ने गण्डक प्रभावितको माग छ । गण्डक सम्झौताअनुसार भारतीय पक्षले ३२ हजार क्युसेक पानी लैजाने तर नेपाली पक्षले एक हजार २१६ क्युसेक मात्र पानी पाउर्ने उल्लेख छ । यसैगरी जलविद्युत्तर्फ नवलपरासीमा तीन मेगावाट मात्र विद्युत् उत्पादन गर्ने विद्युत् उत्पादन गृह छ तर भारतीय पक्षले पूर्व नहरबाट मात्र ३५ मेगावाट विद्युत् उत्पादन गर्ने विद्युत् उत्पादन गृह चलाउँदै आएको छ । यसरी नेपाली पक्षलाई क्षति हुने गरी भएको सम्झौताको तत्काल पुनरावलोकन गरी नेपाली पक्षलाई हित हुने गरी नयाँ सम्झौता गर्नुपर्ने जलअभियान कर्मी बद्री सुवेदीले बताए । २०१६ सालमा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो ।

नवलपरासीमा गण्डक प्रभावितको पक्षमा वकालत गर्न एक्सन एड नेपालले आर्थिक सहयोग गरी इन्द्रेणी सामाजिक विकास मञ्चले गण्डक प्रभावित समुदायलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

भारतीय सेेना पाकिस्तानी भूमिमा घुस्यो, आतंकवादी मारेको दाबी





१३ असोज, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।

यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।

भारतीय सेेनाका अनुसार नियन्त्रण रेखा नजिकै चरमपन्थीमाथि सर्जिकल स्ट्राइक्स गरिएको हो । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा लेफि्टनेन जनरल रणवीर सिंहले भने, यो बुधबार राति भएको हो । जब आतंकवादी नियन्त्रण रेखामा जम्मा भएका थिए ।’

उनका अनुसार आतंकवादीको लञ्च प्याडमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो । यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको र अपरेशन सकिएको बताएको छ ।

आफ्नो रक्षाका लागि तयार छौंः पाकिस्तान

डन न्यूजका अनुसार यो घटनामा चरमपन्थी होइन, दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाफ शरीफले यसलाई ‘भारतको खुला अत्याचार’ भनेको पीटीबीले जनाएको छ । उनले आफ्नो रक्षाका लागि पाकिस्तान तयार रहेको बताए ।

२०७३ असोज १३ गते १३:०८ मा प्रकाशित

मुक्त हलिया भन्छन् : जिन्दगी चलाउन निकै मुस्किल



जाजरकोट, १३ असोज । यहाँको दसेरा गाविस–७ का धनवीर शाहीको घरमा २० वर्ष हलिया बसेका धने चदाराको गुनासो छ, “सरकारले मुक्त ग-यो तर हामी वितरा प-यौँ” ।उनले भन्नुभयो, “न खेत छ न बारी छ न कुनै व्यवसाय छ अब कसरी घरपरिवारको गुजाराको जोहो गर्नु रु” उनले दुखेसो पोख्दै भने । “मुक्तिको घोषणा हुँदा के के हुन्छ भने तर अहिले हामी बिचल्लीमा प-यौँ”, उनले भने।त्यस्तै, ५० वर्षसम्म पृथीबहादुर रोकायको घरमा हलिया बसेका पैंक–६ का वीरभद्रे कामीलाइ ८ वर्षअघि देशबाट हलिया मुक्तिको घोषणा हुँदा धेरै कुराको आशा लागेको थियो । पुस्तौँदेखि साहु या जमिनदारको घरमा हलिया बनेर बस्दै आएका वीरभद्रे अहिले भने निराश छन् । हलियाबाट मुक्ति पाएपछि छोराछोरी र घरपरिवारलाई पाल्नका लागि केही इलम या रोजीरोटीको बाटो नभएपछि उनी समस्यामा पर्नु भएको हो ।

‘क’ वर्गको हलियामा परेका उनलाई सरकारले जग्गा र घरको व्यवस्था गरिदिएको छ तर उनको दैनिकी गुजाराका लागि कुनै व्यवसाय नभएपछि उनको परिवार समस्यामा परेको हो । आफू हलियाबाट मुक्त भएपनि सरकारले खासै सहयोग नगरेको र सन्तानको जीवन निर्वाहमा समस्या परिरहेको उनले बताए । “पहिले हलो जोतेर बरु टन्न खान पाइएको थियो तर अहिले भने समस्या परेको छ”, उनले भने ।

वीरभद्रे र धने जस्तै सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि घर निर्माणमा तीन लाख, जग्गा खरिदमा दुई लाख र घर मर्मतमा डेढ लाख रुपैयाँ दिने गरेको छ । उनीहरुको अवस्थाका आधारमा ‘क’ देखि ‘घ’ वर्गसम्म श्रेणी विभाजन गरेर उनीहरुको पुनःस्थापनाको व्यवस्था मिलाएको छ । जिल्लाका मुक्त हलियामध्ये ‘क’ वर्गमा परेका ५५ मध्ये ३९ परिवारलाई जग्गा खरिदका लागि रकम प्रदान गरिएको र १६ जनालाई जग्गा खरिदका लागि रकम दिन बाँकी रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख जनकबहादुर हमालले बताए ।उनले जग्गा भएका तर घर नभएका ‘ग’ वर्गका आठमध्ये तीन परिवारलाई घर निर्माणका लागि अनुदान दिएको बताए । त्यस्तै, घर र जग्गा दुवै भएका ‘ख’ र ‘घ’ वर्गका एक सय दुई परिवारमध्ये ७० परिवारलाई घर मर्मतका लागि अनुदान रकम प्रदान गरिएको छ ।

जाजरकोटमा तीन सय ६२ हलिया परिवारमध्ये एक सय ६५ परिवारको प्रमाणीकरण भएको छ भने अन्य परिवारको प्रमाणीकरण हुन बाँकी रहेको मालपोत अधिकृत हमालले बताए।प्रमाणीकरण भएकामध्ये अझै ५३ परिवारले कुनै किसिमको अनुदान रकम नपाएको उनले जानकारी दिए । पुस्तौँपुस्तादेखि परम्पराका आधारमा बन्धनकारी श्रमका रुपमा रहेको हलिया प्रथालाई २०६५ साल भदौ २१ गते सरकारले अन्त्य भएको घोषणा गरेको थियो ।

यी हुन् नेपालबाट विदेश निर्यात हुने अर्ब बढीका वस्तुहरु चुनौतिपूर्ण बन्दैछ कहालीलाग्दो व्यापार घाटा...



१३ असोज, काठमाडौं । नेपालको बैदेशिक व्यापारको स्थिति कहालीलाग्दो भए पनि केही वस्तुहरुको निर्यातमा भने सन्तोषजनक प्रगति देखिएको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि नेपालबाट विभिन्न १४ वस्तुहरु अर्बभन्दा बढी निर्यात भएका छन् । यी वस्तुहरुको उत्पादन र गुणस्तर बढाउने हो भने नेपालले चुलिँदो व्यापार घाटा क मगर्न सक्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालले गत आर्थिक वर्षमा गलैंचा, धागो, फलाम तथा स्टीलका बस्तु, अलैंची, टेक्सटाइल, जुस, उलन तथा पश्मिनाका सल, जुट व्याग, मुसुरो दाल, टुथपेष्ट, जडिबुटी र जुत्ता-चप्पल अर्बभन्दा बढी निर्यात गरेको हो ।

नेपालले भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटालीलगायतका देशहरुमा सबैभन्दा बढी निर्यात गर्दै आएको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षमा उनीका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ वर्षभरीमा कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको उनीका गलैंचा निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यो अघिल्लो वर्षकोभन्दा १६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ७ अर्ब रुपैयाँको गलैंचा निर्यात भएको थियो ।

यसअघि फलाम तथा स्टीलजन्य वस्तुहरु सबैभन्दा बढी निर्यात हुने गरेकोमा गत वर्ष भने त्यसलाई गलैंचाले उछिनेको हो । गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुहरुको निर्यात ५४ प्रतिशतले घटेपछि गलैंचाले उछिनेको हो । वर्षभरिमा नेपालबाट ४ अर्ब अर्ब ६६ करोड रुपैयाँका मात्रै फलाम तथा स्टीलजन्य वस्तु निर्यात भएको तथ्यांक छ ।


खासगरी नेपाली गलैंचा अमेरिका, चीन, युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ भने फलाम तथा स्टिलजन्य वस्तुहरु भारतमा निर्यात हुँदै आएको छ । भारतले लगाएको नाकाबन्दीका कारण फलाम तथा स्टीलजन्य वस्तुको निर्यात घटेको हो ।

त्यसैगरी, नेपालबाट बढी निर्यात हुने वस्तुहरुमध्ये तेस्रो नम्बरमा परेको छ, तयारी पोशाक । गत वर्ष ५ अर्ब ८८ करोड रुपैयाँको तियारी पोसाक निर्यात भएको थियो । त्यस्तै, गत पर्ष ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको नेपाली धागो निर्यात भएको छ ।

नेपालबाट चौथो धेरै निर्यात हुने वस्तुमा अलैंची परेको छ । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदे बालीकारुपमा रहेको अलैंची ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात छ ।

त्यसैगरी, ३ अर्ब ३९ करोडको टेक्सटाइल, ३ अर्ब १८ करोडको जुस, २ अर्ब ८९ करोडको उलन तथा पश्मिनाका सल, २ अर्ब ४० करोडको चिया निर्यात भएको छ ।

त्यस्तै, १ अर्ब ९२ करोड रुपैयाँ बराबरको जुटका व्याग निर्यात भएका छन् भने १ अर्ब २९ करोडको मुसुरोको दाल निर्यात भएको छ । प्रवर्द्धन केन्द्रका अनुसार १ अर्ब २४ करोडको जडिबुटी, १ अर्ब ६० करोडको र १ अर्ब २ करोड रुपैयाँको टुथपेष्ट निर्यात भएका छन् ।

यसबाहेक हस्तकलाका सामानहरु, चाँदीका गरगहना, चाउचाऊ, अदुवा, नेपाली हाते कागज, छालालयतका वस्तुहरु नेपालबाट ठूलो परिणाममा निर्यात हुने गरेका छन् ।

चुनौतिपूर्ण बन्दै छ कहालीलाग्दो व्यापारघाटा

आयातको तुलनामा निर्यात उच्चदरमा घटेपछि कुल व्यापार घट्दा पनि नेपालले घाटा व्यहोर्नुपरेको छ । नेपालले कुल ८ खर्ब ५२ अर्ब २९ करोडको वैदेशिक व्यापार गरेको थियो । त्यसमा नेपाललाई ७ खर्ब १० अर्ब रुपैयाँको घाटा भएको हो ।

गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २.२ प्रतिशतले घटेको छ । तर, व्यापार घटे पनि घाटा भने १.७ प्रतिशतले बढेको हो । कुल व्यापारमा निर्यात ८.३ प्रतिशत रआयात ९१.७ प्रतिशत रहेको छ ।

आयात ७ खर्ब ७१ अर्ब, निर्यात ७१ अर्ब १४ करोड

केन्ऽका अनुसार गत वर्ष नेपालले ७१ अर्ब १४ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । यो अघिल्लो आवको भन्दा १७.९ प्रतिशतले कमी हो । तर, सोही अवधिमा आयात भने ७ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको भएको छ ।

भारतीय नाकाबन्दीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात पनि ०.४ प्रतिशतले घटेको हो । खासगरी नेपालमा आयात हुने मुख्य वस्तु पेट्रोलियम पदार्थको आयात ३८.३ प्रतिशतले घट्दा त्यसको प्रभाव कुल आयातमा परेको हो ।

व्यापार घाटा कम गर्न निर्यात

हरेक वर्ष बढ्दो व्यापार घाटा कम गर्ने अचुक उपाय भनेको निर्यातको वृद्धि नै पहिलो विकल्प भएको नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् ।
‘निर्यात नबढाई व्यापार घाटा कम गर्न सकिँदैन,’ उनले भने- ‘निर्यात बढाउनका लागि उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउनका लागि लगानी बढाउनु अत्यावश्यक छ ।’

मुरारकाका अनुसार चुलिएको व्यापार घाटालाई कम गर्दै बचतको व्यापार सुरु गर्नका लागि नेपालले ठूलो लगानी भित्र्याउनु नै अहिलेको मुख्य चुनौति हो ।

यो पनि पढ्नुहोस्

भारतसँग नेपाली व्यापारः राणाकालमा नाफा, गणतन्त्रमा घाटा

२०७३ असोज १३ गते १३:०५ मा प्रकाशित

दशैंमा के खाने, कसरी खाने ? यसरी मनाउनुस स्वस्थ्य रहेर दशैं




काठमाडौं,१३ असोज । दशैंमा धेरै चिल्ला र फ्राइ गरेका खानेकुरा तथा माछामासु खाने चलन छ । त्यस्तै फलफूट, चट्नी, पेय पदार्थ पनि धेरै खाईन्छ । यस्ता खाद्य पदार्थले प्रेसर र सुगरका बिरामीलाई धेरै नै हानी पुर्याउँछ । धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खार्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यसबाट मुटुलाई निकै नै हानी पुर्याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । अर्को कुरा एकदिन पकाएको माछामासु धेरै दिनसम्म खाने गरिन्छ । पछि हुँदै जाँदा खानेकुरा दुषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाईदा गर्छ ।
जति खानेकुरा बनाईन्छ, त्यसमा शुद्धीकरणमा ध्यान दिनुपर्यो । सरसफाई र स्वस्थकर खानेकुरा नै रोज्नुपर्यो । सुगर, प्रेसर, दम र ग्याष्टीकका बिरामीले त विशेष ध्यान दिनुपर्छ । सुगरका बिरामीले गुलियो र चिल्लो पदार्थ छुन पनि भएन । प्रेसरका बिरामीले पनि नुनिलो खानेकुरा र मादक पदार्थ खान भएन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयघात पनि हुने भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पुर्याउँछ । आफ्नो स्वास्थ्यको लागि आफैं ख्याल गरौं, आफ्नो स्वास्थ्यको लागि आफैं डाक्टर बनौं । खानेकुरा बनाउने होटल तथा पाटी आयोजना गर्नेले पनि अरुको लागि होइन मेरै लागि खानेकुरा बनाउँदैछु भनेर ध्यान दिनुपर्यो ।
खानेकुरा खाँदा पनि धेरै बिचार पुर्याउनुपर्छ । ग्याष्टीकका बिरामीले दिनको तीनचार पटक खानुपर्छ । 
सुगरका बिरामीले पनि पेटभरी खान हुँदैन । अड्कल गरी गरी खानुपर्छ । प्रेसरका बिरामीले चिल्लो कम खाने, दमका बिरामीले धेरै चिसो नखाने यस्ता कुरामा ध्यान दिनुपर्छ । तातो नखाने, धूवाँधुलोबाट टाढा रहनुपर्ने हुन्छ । स्वस्थ मान्छेले पनि दिनमा तीनचार पटक मात्रै खाने । एकैपटक धेरै खान हुँदैन । काम अनुसार खाने हो । दुईहजार देखि तीन हजार क्यालोरीसम्म खान उपयुक्त हुन्छ ।

धेरै काम गर्नेलाई तीनहजार क्यालोरी र बसेर खानेलाई १८ सयदेखि दुई हजार क्यालोरी ठीक हुन्छ । हिसाब गर्दा एक ग्राम चामलमा चार क्यालोरी हुन्छ । मासु र आँटामा पनि यस्तै हुन्छ । र एकग्राम बोसोमा चाहिं ९ क्यालोरी हुन्छ । यो हिसाबले खानामा ख्याल गर्नुपर्छ । १८सय देखि तीनहजार क्यालोरीसम्म पुग्ने गरी खान उपयुक्त हुन्छ । मासु नखानेले पनि धेरै ध्यान दिनुपर्छ । प्रोटिनको लागि मासुको सट्टा केराउ, भटमास, च्याउ, दाल लगायत खानेकुराको प्रयोग गर्ने चलन छ । यी खानेकुरा पनि धेरै खान हुँदैन । दिनमा ६० ग्राम प्रोटिन या बोसो भयो भने उपयुक्त हुन्छ ।

बिइङ ह्युमनको शाे–रुम पोखरा ट्रेड मलमा



पोखरा, १३ असोज– विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमन’को आधिकारीक सो रुम आज देखि पोखरामा सञ्चालामा आएको छ । सलमान खान फाउण्डेसन तथा यसको उत्पादक कम्पनी मन्धना इन्टस्ट्रिजसंग सहकार्य गर्दै ‘बिइङ् ह्युमन’को आधिकारिक सो रुम यस अगाडी काठमाण्डौमा सञ्चालन भइसकेको छ । सो सोरुमको पोखरा ट्रेड मलमा के.सी. समूहका निर्देक एवमं युवा उद्यमी प्रकाश के.सी.,बलिउडका चलचित्रमा समेत अभिनय गरेका चर्चित सुनिल थापाका साथ पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, बिइङ् ह्युमन नेपाल, वस्त्र इंक प्रा.लि.का अध्यक्ष राजु थापा तथा बस्त्र इंक प्रा.लि.कै निर्देशक पुर्ण बहादुर हमाल संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।

समारोहमा वस्त्र इन्कका निर्देशक राजु थापाले समाजसेवाका लागि कटिबद्ध बिइङ ह्युमन तथा यसको नेपालका लागि आधिकारिक सोरुम सञ्चालक वस्त्र इन्कले बिइङ ह्युमनको पहिलो आधिकारिक सोरुम सञ्चालनका दिनहरुमा अनाथ बालबालिकाका लागि कार्यरत संस्थालाई आवश्यक सामाग्रीहरु प्रदान गरेको mबताउनु भयो । सन् २००७ मा फ्रान्समा खुलेको पहिलो सोरुमपछि बेल्जियम, स्पेन, बहराइन, दोहा, जेद्धाह, कुबेत, जोर्डन, संयुक्त अरब, पाकिस्तान, रियाध, भारत आदिपछि नेपाल ‘बिइङ् ह्युमन’को सो रुम सञ्चालन गर्ने पन्ध्रौं मूलुक भएको छ ।

शिक्षा र स्वास्थ्यका लागि मुनाफा खर्चिदैं आएको ‘बिइङ् ह्युमन’को मूल अवधारणालाई पछ्याउ“दै वस्त्र इन्कले पनि ‘बिइङ् ह्युमन’का ब्राण्डको बिक्रिबाट आउने मुनाफाको केही हिस्सा (दश प्रतिशत) नेपालकै शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग स्वरुप प्रदान गर्नेछ । वस्त्र इन्कले ‘बिइङ् ह्युमन’को हरेक शाखामा कम्तिमा एकजना अशक्त तथा अपाङ्लाई रोजगारी प्रदान गरिरहेको छ ।

‘बिइङ् ह्युमन’ ब्राण्डका तयारी पोशाकहरुमा महिला पुरुष, बालबालिका तथा बृद्धबृद्धाका लागि हुने ज्याकेट, टिसर्ट, हुड, सर्ट, पाइन्ट, मोजा, अण्डर गार्मेन्टस, चप्पल, जुत्ता, क्याप आदि रहेका छन् । भारतका ५० ठाउमा सो ब्रान्डका सखा रहेका छन भन्ने बिश्वका १० राष्ट्रमा समेत सो ब्रान्डका शाखा सञ्चालमा आएका छन । उद्धाटका पोखरामा बिभिन्न छुटका प्याकेज कम्पननिले दिएको कँपनीका अध्यक्ष थापाले वताउनु भयो ।

अष्टिनमा घन्किदै दिलको ढोका बन्द



के सी शेर अष्टिन, टेक्सास । आगामी साता टेक्सासको अष्टिनमा दिलको ढोका बन्द लगायतका चर्चित नेपाली लोक दोहोरी गित घन्किने भएका छन् । ग्रेटर अष्टिन नेपाली सोसाइटीले दशैं तिहारको अवसरमा अष्टिनमा आयोजना गर्न लागेको सांस्कृतिक सांझका लागी चर्चित लोकदोहोरी गायक भगवान भण्डारी आउने भएपछि उनको स्वरमा रहेको दिलको ढोका बन्द, बिग्रियो चाल पनि, आइनन् फर्केर लगायतका चर्चित लोक दोहोरी गितले अष्टिनका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने भएको हो ।



भगवान भण्डारी संगै चर्चित लोक दोहोरी गायिका शान्ति भण्डारी पनि कार्यक्रममा सहभागी हुन लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष गेहेन्द्र के सी ले जानकारी दिनुभयो । आगामी साता अर्थात अक्टोबर ७ तारिख शुक्रवार अष्निमा हुन लागेको सांस्कृतिक सांझमा स्थानीय कलाकारका साथै डिजे अनुपको पनि प्रस्तुती रहने अध्यक्ष के सी ले बताउनुभयो । बेलुका ६ बजेपछि शुरु हुने सांस्कृतिक सांझका लागी ५ वर्ष भन्दा मुनीका वालवालिका तथा ६५ वर्ष माथीका बृद्द बृद्दालाई निशुल्क तथा ६ देखी १२ वर्ष सम्मका लागी ५ डलर तथा १३ वर्ष देखी ६४ वर्ष सम्मका लागी १० डलर शुल्क तोकिएको छ । कार्यक्रममा स्थानीय नेपाली कलाकारको बजोड प्रस्तुती रहने भएको र जसका लागी प्रशिक्षन जारी छ । सो अवसरमा ग्रेटर अष्टिन नेपाली सोसाइटीको वार्षिक प्रकाशन कोशेलीको पनि बिमोचन गरिने भएको छ । अष्टिनमा नेपालीको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीले नेपालीहरुका हरेक चाडपर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

राष्ट्रपतिले सुरु गरिन् फेवाताल सरसफार्इ



पोखरा, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो ।राष्ट्रपति भण्डारीले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ ।

Parvez Insult in pak media

The United States has asked India not to escalate the situation with Pakistan even as New Delhi explores a range of diplomatic options to isolate Islamabad. The Indian Express has learnt that US Secretary of State John Kerry has had “two conversations” over the “last two days” with External Affairs Minister Sushma Swaraj on this issue. Swaraj was in New York for the United Nations General Assembly where she made a speech Monday, targeting Pakistan.This is the first time that the US has spoken to the Indian leadership at a senior political level after the Uri attack, sources said. Although it is poll season in the US, the State Department is keeping a close eye on developments in the subcontinent. These conversations, sources said, happened in the backdrop of India and Pakistan raising the temperature over the last two days. After a review of the implementation of the Indus Waters Treaty on Monday, India decided to pull out of the SAARC summit in Islamabad in November. And on Thursday, New Delhi is to review the Most Favoured Nation status to Pakistan. 

यूवतीको चरित्र स्कर्टको लम्बाइको आधारमा मुल्यांकन गर्नु गलतः कंगना




नायिका कंगना रनावतलाई लागेको छ कि, अहिले बलिउडका विभिन्न पाटोमा महिलाहरुको संख्या बढेको छ । यो महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि हो । कंगनाले भनिन्-‘१० बर्ष अगाडि जतिबेला मैले बलिउडमा करिअर सुरु गरेकी थिएँ, महिलाको संख्या निकै कम थियो ।

मसँग कुनै महिला सह-निर्देशक वा सम्पादक थिएनन् । तर, अहिले महिला हरेक पाटोमा छन् ।’ यसले नायिकाहरुलाई काम गर्न निकै सजिलो भएको उनको भनाई छ ।

कंगना कुनै पनि यूवतीको चरित्र उसको पहिरनले छुट्याउन नहुने बताउँछिन् । कंगना भन्छिन्-‘यदि, कुनै यूवतीको चरित्र कुनै यूवकले उसको पहिरनका आधारमा छुट्याउँछन् भने उक्त यूवकलाई मुल्यांकन गर्ने तरिका पनि फरक हुन्छ ।’

बलिउडमा प्रवेश गर्दा निकै संघर्ष गरेकी कंगना अहिले स्टार भैसकेकी छिन् । उनी आफ्नै बलममा चलचित्र चलाउने खुबी राख्छिन् ।

साहिलको स्वरमा ‘त्यो मनमा’ सार्वजनिक, अष्ट्रेलियामा खिचिएको हो भिडियो




गायक साहिल खड्काले पहिलो एल्बम ‘प्रियसी’पछि दोश्रो एल्बम ‘प्रियसी २’ सार्वजनिक गरेका छन् । ‘त्यो मनमा’ बोलको गीतको पप गीतका भिडियो बजारमा आएको छ । यो गीतमा शब्द तथा संगीत साहिल आफ्नै छ ।

यो गीतको भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो । सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा संझना तामाङ र केदार बरुवालको मोडलिङ छ ।

सिलन लम्सालले सम्पादन गरेको भिडियोमा सन्तोष र अनिल के मानन्धरको छायांकन छ । यो एल्बममा ४ वटा गीत समावेश गरिएको छ ।

दशैंको मुखमा पूर्वी पहाडी जिल्लामा खाद्यान्न अभाव



१३ असोज, पाँचथर । नेपालीहरुको महान् पर्व बडादशैं तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ ।

वर्षादका कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो ।

जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ, प्राङ्बुङ, दक्षिणी गाविसहरु सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बीलगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको व्यापारीहरु बताउँछन् । मेमेङ–४ ताङ्लेपाका व्यापारी मित्र सापकोटाले अहिले त्यस ठाउँमा चामल, चिउरा, तेल, चिनी, दाललगायतका सामग्रीको अभाव हुन थालेको बताए ।


यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ । राँके रवि सडकको ट्र्याक ओपन भएको तीन दशक भइसक्यो, तर अहिलेसम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नतिसमेत हुन सकेको छैन । जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानीयवासी बताउँछन् ।

झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङ्नालगायतका ग्रामीण बजारमा हिँडेको ट्र्याक्टर राँकेबाट झन्डै एक हप्तापछि मात्रै पुग्ने गरेको त्यहाँका व्यवसायी बताउँछन् ।

सप्तमी बजारका व्यवसायी सन्तोष शेर्माले भने – “राँके रविको सडकमा जिप, मोटरसाइकल नचलेको झन्डै चार महिना हुन लाग्यो अहिले ठप्प छ, अन्यत्र विकल्प नभएर सामान चाहिँ यही सडकबाट ल्याउनुपर्ने हुन्छ, तर सामान अर्डर गरेको हप्ता दशदिनपछि मात्रै आइपुग्छ ।” अहिले त्यस क्षेत्रमा समेत दसैँका लागि चाहिने खाद्यान्न, चामल, चिउरा, दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।” त्यस क्षेत्रमा झापाको दमकबाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङ्ना, मौवा, कुरुम्बातिर सवारी साधान सञ्चालन हुने गर्छन् ।

अहिले यो सडक पनि रतुवाखोलामा पानीको बहाव बढेपछि चार महिनाअघिदेखि नै बन्द छ । जसका कारण यो सडकबाट पनि झापाबाट सामान निर्यात गर्न नसकिएको व्यापारीको भनाइ छ । अहिले निरन्तरको वर्षाका कारण जिल्लाका अधिकांश सडक बिग्रिएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।

रासस

२०७३ असोज १३ गते ११:५९ मा प्रकाशित

हार्नेको कथाः मध्यरातमा यसरी लुटियो सपनाको सेल्टर धादिङका डीएफओ भन्छन्-पश्चाताप छ, तर दुर्व्यवहार गरेको होइन



१३ असोज, काठमाडौं । सपना मगर २० वर्षकी भइन् । जीवन उनले सोचेजस्तो भइदिएन । धेरै ठूला सपना सँगालेर दैलेखबाट काठमाडौं झरेकी थिइन् । तर, अब कुनै सपना बाँकी छैनन् ।

देखेका सपना एकपछि अर्को गर्दै टुटे । आफन्त माइती भन्नु उहिल्यै छुटे । सँगै जिउने कसम खाएका खसमले सँगै बस्नै नसक्ने गरी कुटे । आश्रय लिएको सेल्टर सरकारी हाकिम आफैं आएर लुटे । २० वर्षीया सपनाको जम्माजम्मी कहानी यत्ति हो ।

सपनाले अब कुनै सपना देख्न छाडिसकेकी छन् । तर, एउटा सपना त छाड्न नमल्निे रहेछ । रुँदारुँदै थाकिसकेकी उनले भनिन्-बाँच्ने सपना पनि खोसिदिए सरकारकै हाकिमले । अझै भन्दैछन् रे, तिनीहरुलाई छाड्दिन ।

हो, सपनाको बाँच्ने सपना पनि निमोठेर मध्यरातमा उनको भित्री लुगासमेत तान्दै निकालेर सडकमा पछारे ।

असोज ७ गते मध्यरातमा डोजर र सुरक्षाकर्मीसहित धादिङको स्नेहा केन्द्रको आवास केन्द्रमा पुगेका जिल्ला वन अधिकृत इमनाथ पौडेलले आफूमाथि दुर्व्यवहार गरेको आरोप सपनाको छ ।

‘डोजरले घर भत्काउन थालेपछि हामी चिच्याउँदै उठ्यौं । हामीले राति सुत्ने भित्री लुगामात्रै लाएका थियौं । लुगा लाउँछौं भन्दा पनि डीएफओ आफैंले मेरो भित्री कपडा तान्दै बाहिर कुनामा लगे ।’ सपनाले भनिन् ‘अरुसँग मनपरी गर्न हुने, हामीसँग चाहिँ इज्जत जोगाउन खोज्ने भन्दै तल्लोस्तरबाट गाली गरे ।’

धादिङबेसीको सहयात्री समाज नेपाल नामक संस्थाले चलाएको यो सुरक्षित आवासमा घरेलु हिंसा, बेचबिखन र यौनजन्य हिंसामा परेका असहाय महिलाहरुलाई आश्रय दिने गरिएको थियो । श्रीमानको कुटाइ सहन नसकेर घर छाडेकी सपनाले पछिल्लो ११ दिनयता मात्रै त्यहाँ आश्रय लिएकी थिइन् ।

श्रीमानको कुटाइ भन्दा जिल्ला वन अधिकृतको ‘फोहोरी’व्यवहारले आफूलाई पीडा दिएको सपनाले बताइन् । ‘श्रीमानको कुटाइ सहन नसकेर आश्रय खोज्दै यहाँ आएकी थिएँ, यहाँ त मध्यरातमा सरकारकै मान्छे आएर एउटी नारीले सहन नसक्नेखालको दुव्र्यवहार भयो’ उनले भनिन् ।



सपनाको संसार कसरी भत्कियो ?

सपना मगर ७ वर्षको उमेरमा काठमाडौं आएकी थिइन् घरेलु कामदारका रुपमा । बुबा उनी तीन महिनाकी हुँदै बिते । ७ वर्षको उमेरमा आमा गुमाएकी सपनाको संसार त्यसपछि भत्कियो ।

जन्मथलोमा कोही नभएपछि ७ वर्षकी सपना कर्मथलो खोज्दै देशको राजधानी काठमाडौंमा आएकी थिइन् । अर्काको घरमा काम गर्दा गर्दै नुवाकोटका तस्विर विष्टको मायाजालमा परिन् ।

तस्विरसँग विहे गरेपछि जिन्दगीको तस्विर पनि बदल्न सकिन्छ कि भन्ने ठानेकी थिएन् । तर, उनको सपना भत्कियो । दिनहुँको हिंसा सहन नसकेपछि उनी दुई साताअघि चार महिनाकी छोरी च्यापेर अनिश्चित गन्तव्यको यात्रामा निस्किन् र धादिङमा पुगेर ठोक्किइन् ।

बेवारिसे अवस्थामा गल्छीमा भेटिएकी सपनालाई सहयात्री समाजका स्वयंसेवकले भेटे र धादिङबेसीको स्नेहा केन्द्रमा पुर्‍याए । उनीसँग न त विहे दर्ताको प्रमाण छ, न त नागरिकता नै ।

सपनालाई मनोसामाजिक परामर्शको माध्यमबाट सामान्य अवस्थामा ल्याउने प्रयास हुँदै थियो । तर, अचानक मध्यरातमा डीएफओ इमनाथ पौडेलका कारण फेरि उनी विक्षिप्त अवस्थामा पुगेको सहयात्रीकी कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन् ।

आफूहरु बसेको घर भत्काउन थालेपछि सपनासहित अन्य हिंसा पीडित महिला र बालवालिकाहरु रुँदै कराउँदै गुहार माग्दै थिए । सपनाकी चार महिनाकी छोरी आची आयो भन्दै थिइन् ।

‘लुगा लगाएर छोरीलाई आची गराउँछु भन्दा डीएफओले छोरीलाई मबाट खोसेर बाहिर फालिदिए र मेरो शरीरमा हात हाले’ उनले भनिन् ‘प्रहरीका हाकिमले त्यसो नगर्नुस् सर भन्दा प्रहरीमाथि समेत उनी झम्टिए’ ।

डीएफओ भन्छन्-पश्चाताप छ, तर दुव्र्यवहार गरेको होइन

सपनाको आरोपलाई जिल्ला वन अधिकृत पौडेलले भने अस्वीकार गरेका छन् । उनले त्यहाँ रहेका महिलामाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै भने- तर मैले कसैलाई चलाएको छैन ।

तर, प्रत्यक्षदर्शीहरुले वन अधिकृत पौडेल आफैंले महिलाहरुलाई लछारपछार गरेको फोटो र भिडियो खिचेका थिए । ती सबै प्रमाणसहित आफूहरु मानवअधिकार आयोग र महिला आयोग गएको र त्यहाँबाट न्याय नपाए अन्तर्राष्ट्रिय समुदाय गुहार्ने राधिकाले बताइन् ।

जिल्ला वन अधिकृत पौडेलले भने मध्यरातमा हस्तक्षेप गर्नु आफ्नो बाध्यता रहेको र महिलाहरुलाई रुवाउँदै बाहिर निकाल्नु परेकोमा आफूलाई पश्चाताप लागेको बताए । ‘तर दुव्र्यवहार गरेको चाहिँ छैन,उनीहरुलाई महिला सुरक्षाकर्मीमार्फत धकेलेर बाहिर निकालेको हो’ उनले भने ।

अमरावती सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर घर बनाइएकाले त्यो भत्काउने क्रममा महिलाहरुलाई निकालिएको उनले बताए ।

सरकारी जग्गाको सुरक्षा नै गर्नु परेको हो भने पनि गणतान्त्रिक सरकारले छापामारले जसरी मध्यरातमा किन त्यहाँ जानुपर्‍यो ? यसबारे डीएफओ पौडेल भन्छन्- ‘दिउँसो जाँदा हामीमाथि आक्रमण हुने भएकाले मध्यरातमा जानु परेको हो ।’

डीएफओ पौडेलका अनुसार रेडियो धादिङ र हिंसा पीडित महिलाको सेल्टर वन क्षेत्र मिचेर बनाइएको छ । यद्यपि यो मुद्दा यसअघि नै सर्बोच्च अदालतमा विचाराधीन छ ।

सामुदायिक वन उपभोक्ता महासंघले पनि रातारात आक्रमण गर्ने जिल्ला वनको कार्यको बिरोध गरेको छ ।

पीडा सुनाउन काठमाडौंमा

अन्यायमा परियो भन्दै प्रमुख जिल्ला अधिकारीकोमा पुगेका महिलाहरुलाई उल्टै गालीगलौज गरिएपछि उनीहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौं आए । तर, प्रधानमन्त्रीले भेट्न नचाहेपछि उनीहरुले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेर आफ्ना पीडा सुनाए ।

मध्यरातमा लखेटिएका र दुर्व्यवहारको शिकार भएका महिलाहरुको रुवाबासी चल्दा एमाले केन्द्रीय कार्यालयमा मंगलवार साँझ केहीबेर कोलाहल छायो । महिलाका पीडा सुनेपछि देशका दुई पूर्वप्रधानमन्त्री केपी ओली र झलनाथ खनाल पनि आक्रोशित भए ।

ओलीले पीडित महिलाहरुलाई आश्वासन दिँदै भने- तपाईहरुमाथि अत्याचारमात्र होइन, गुण्डागर्दी भएको रहेछ । सरकारले सम्बन्धित सरकारी अधिकारीमाथि कारवाही गरेन भने एमालेले राम्रैसँग सम्झाउन जानेको छ ।

धादिङका सांसद राजेन्द्र पाण्डेले रेडियो धादिङ र सहयात्री महिलामाथिको मध्यरातमा गरिएको आक्रमण राजनीतिक आग्रहबाट प्रेरित रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारी र वन अधिकृतले हिंसा पीडित महिलामाथि आफैंले दुव्र्यवहार गरेर न्याय पाउने सबै ढोका बन्द गरिदिएको बताए ।

हार्ने सपनामात्रै ?

सबैका आ-आफ्नो बाध्यता होलान् । जित र हारको लडाइँ पनि होला यो । एउटाले भत्काएर जित्ने, अर्कोले अदालतको फैसलाबाट जित्ने खेल पनि चलिरहला । तर, सपनाको संसार चाहिँ त्यसपछि पनि अन्धकारमै हुनेछ ।

जन्मदिनेहरु गुमाएर कर्म दिनेको खोजीमा उनी काठमाडौं आइन् । कर्म दिनेले धोका दिएपछि शरण दिने खोज्दै धादिङ पुगिन् । अब त सपनाको अब शरण पनि लुटिएको छ ।

‘भोलि उठी कहाँ जाने केही थाहा छैन ।’
स्वर सम्राट नारायण गोपालको यो गीत सायद यिनकै लागि पो हो कि ?

२०७३ असोज १३ गते ९:५५ मा प्रकाशित

तीन किलो चरेससहित एक महिला पक्राउ

१३ असोज ,काठमाडौं । कोठामा राखेर चरेस विक्री गर्ने गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत थानकोटको टोलीले थानकोटको त्रिभुवन पार्क नजिकैबाट तीन किलो चरेससहित मकवानपुरकी बिना लामालाई पक्राउ गरेको हो ।
कोठामा चरेसको गोली गोली बनाएर विक्री गर्ने गरेको आरोपमा लामालाई पक्राउ गरिएको थान्कोट बृतका डीएसपी कृष्ण पंगेनीले बताए ।
डीएसपी पंगेनीका अनुसार मकवानपुरबाट चरेस ल्याउने र कोठामा क्याप्सुल बनाएर दुर्व्यसनीलाई विक्री गर्ने गरेको भेटिएको छ ।
लामालाई चरेस ल्याएर दिने अर्का एक युवक भने फरार छन । प्रहरीले विक्री गर्न तयार पारिएको चरेस भरिएका करिब सय ग्रामका २१ वटा गोली पांच सय ग्रामका तिन वटा पोका बरामद गरेको छ ।
‘एकै पटक धेरै ल्याउँदा प्रहरीले थाहा भएकोले थोरै ल्याउने र क्याप्सुल बनाएर विक्री गर्ने पेशेवर लागुऔषध कारोबारी जस्तो देखिन्छ, फरार एक जनाको पनि खोजी भइरहेको छ ‘ डीएसपी पंगेनीले भने ।
२०७३ असोज १३ गते १२:०७ मा प्रकाशित

भरत सिटौलाको सेकेन्ड इनिङ





५० देखि ६० सम्मको दशक नेपाली पप संगीतको स्वर्णकाल नै थियो । त्यसबेला नवीन के भट्टराईदेखि दीपेश किशोर, निमा रुम्बा, सुगम पोखरेल, अनिल सिंह लगायतका पपस्टारहरुको लगालग एकपछि अर्को गरी जगजगी थियो । त्यही समयमा चम्किएको एउटा नाम हो, भरत सिटौला ।

६० को मध्य समयमा सिंगो नेपाली पप संगीतसँगै धेरै गायक-गायिकाको करिअर पनि ओरालो लाग्यो । ०६० सालसँगै उदाएर भर्खर-भर्खर चर्चाको शिखरतिर लम्किँदै गरेका बेला बजार सेलाएपछि भरतलाई फसाद पर्‍यो । ‘अचानक आज तिमीलाई’, ‘कहिले आगो कहिले पानी’ जस्ता हिट गीत गाएका गायकले सांगीतिक करिअरमा अचानक पानीको चिस्यान खेपे ।

बीचमा गुजाराको मेलोमा उनी जागिर खानतिर लागे । त्यस क्रममा चटक्कै छुट्यो संगीत कर्म । सात वर्षको अन्तरालमा अहिले फेरि उनी संगीतको नयाँ ट्रेन्ड पछ्याउँदै नयाँ एल्बम तयार पारेर देखिएका छन् ।

समय फेरियो, संगीतको स्वाद पनि फेरियो र मुख्य कुरा यो दश वर्षमा संगीत सुन्ने एउटा पुस्ता नै फेरियो । हिजोको एउटा ६ वर्षे बालक यो समयमा १६ वर्षको लक्का जवान भइसकेको छ । एक समय नाम र चर्चाको स्वाद चाखेर हराएका गायक आजका तिनै नयाँ पुस्ताको माझमा बिलकुल नयाँ गायक झैं बनेका छन् । यो अवस्थामा भरत केही गर्छु भन्दै संगीतको रफ्तारमा हेलिएका छन् । जुन उनको सेकेन्ड इनिङ हो ।

यो सेकेन्ड इनिङमा मैदानमा उत्रिँदा पहिलो चरणमा उनी आफ्नै समयका श्रोतालाई रिझाउने प्रयासमा छन् । ‘त्यो बेला मेरो गीत सुन्ने श्रोताहरु अहिले आ-आफ्नै ठाउँमा सेटल भइसकेका छन्,’ उनी भन्छन्, ‘उनीहरुलाई क्लिक गरेर मेरो संगीतमा फर्काउन सकेँ भने त्यसको सपोर्टमा नयाँ पुस्तासम्म फैलिन सक्छु कि भन्ने लागेको छ ।’

नभन्दै उनले पाँच महिना अघि ल्याएको ‘बैंशमा’ गीत नयाँ पुस्ताको पनि रोजाइमा पर्न थालेको छ ।

बैंशमा म पनि घोर्ले तिमी’नि च्वाँक हुँदी हौ
अहिले त उमेर ढल्किँदै गयो, तिमी’नि छक पर्दी हौ ।



भरतलाई लाग्छ, बैंशका पुराना दिनको नोस्टाल्जियामा फर्काउने गीतको शब्द र संगीतमा गरिएको नयाँपनले युवा पुस्तालाई पनि छोएको हो । आजको समयमा लोकप्रियताको सूचक मानिने युट्युब भ्यूमा उनको यो गीत हेर्नेको संख्या उकालो चढ्दै छ ।

अनौठो मोडदेखि घोर्ले बैंशसम्म

ताप्लेजुङको निघुरादिनमा मध्यमवर्गीय परिवारमा जन्मिएका भरत झापामा परिवारको थातबास सरेपछि त्यहाँबाट काठमाडौं आए । काकासँग बसेर विजय मेमोरियल मावि, डिल्लीबजारमा कक्षा ६ देखि पढ्न थाले ।

स्कूले बेलामा संगीतको रस खासै बसेन । साथीहरु बरु गाउँथे । उनी चाहिँ बढीजसो हाजिरीजवाफ, कविता प्रतियोगितामा सहभागी हुन रुचाउँथे । अझ रेडियो नेपालमा वासुदेव मुनालले चलाउने बाल कार्यक्रममा कविता पढ्न र नाटक खेल्न जान भनेपछि बुर्कुशी मारेर पुग्थे । अभिनयतिर मन रमाउन थालेको थियो । हल्काफुल्का गाउँथे पनि । तर, राम्रो गाउँछु भन्ने आत्मविश्वास फिटिक्कै थिएन ।

ती स्कूले साथीहरु अचेल कतै भेट हुँदा छक्क पर्दै सोध्ने गर्छन्, ‘अरे यार, गीत त हामी पो गाउँथ्यौं । तँ गायक कसरी बनिस् ?’

जीवन नसोचेका मोड र संयोगहरुको कथा हो । भरतसँग पनि यस्तै मोडको अनुभव छ । संयोगको किस्सा छ ।

०५२ सालको एसएलसी हो उनको । त्यसपछि नेपाल कमर्श क्याम्पसमा भर्ना भए । उनी सधैं सोच्थे, पढ्नु चाहिँ पर्छ । मध्यमवर्गीय परिवारका छोराछोरीको सामु अरु विकल्प पनि हुँदैन । कि त राम्ररी पढेर जागिर खाने, कि त विदेशतिर भास्सिने ।

उनी चाहिँ पढेर केही काम ध्याउन्नले घोटिएर लागेका थिए । पढाइमा राम्रै पनि थिए । तर, दुर्भाग्यको कुरा, आईकम दोस्रो वर्षमा एउटा विषय ब्याक लागिदियो । त्यसबेलासम्म जीवनमा कहिल्यै फेल भएका थिएनन् । ब्याक लागेर एक वर्ष ग्याप हुनु भनेको अरु साथीहरुभन्दा धेरै पछाडि पर्नु हो भन्ने खालका निराशा बढ्न थाल्यो ।

त्यस्तो बेला निराशा मेट्ने माध्यम बन्यो गीत-संगीत । ‘त्यो एक वर्षको खाली समय मेरो लागि म्युजिकको टर्निङ प्वाइन्ट भइदियो,’ उनले भने ।

कविता त पहिल्यैदेखि लेख्थे उनी । अब गीत लेख्न थाले । जानीनजानी गिटार पनि बजाउन थाले । साधना कला केन्द्रमा तीन महिना जति सिकेका थिए । ०५६/५७ ताका उनी डिल्लीबजारमा फुपू दिदीको घरमा बस्थे । पूर्वतिरका मान्छे बढीजसो मैतीदेवी क्षेत्रमा बस्ने भएकोले साँझपख साथीभाइ र आफन्तसँग भलाकुसारी गर्न त्यता गइरहन्थे । जाने क्रममा देखे, ओमेगा डिजिटल स्टुडियो । गीत रेकर्ड गराउने ठाउँ यो रहेछ भनेर झ्वास्स दिमागमा पस्यो ।

एक दिन स्टुडियो छिरे उनी । आफूले गीत बनाएको सुनाए । त्यहाँ सम्राट थापा नामका एरेन्जर थिए । छेउछाउमा अरु पनि थिए । गीत सुनाउन भनेपछि उनले ‘ओ बोल न’ बोलको गीत सुनाए । गीत राम्रो छ, एरेन्ज गरेर रेकर्ड गर्न २५ सय रुपैयाँ खर्च लाग्छ भन्ने कुरा आयो ।
‘पैसा त आफूसँग थिएन । घरमा गीतको लागि पैसा माग्दा पक्कै पाइन्थेन,’ उनले सुनाए ।

जहाँ इच्छा त्यहाँ उपाय भने झैं उनले पैसा जम्मा गर्न काम गर्ने जुक्ति लगाए । कालिकास्थानकै एउटा फाइनान्समा मासिक १८ सय रुपैयाँको जागिर खाए । जम्मा तीन महिना काम गरेर पैसा जुटेपछि छाडिदिए ।



स्टुडियोमा गीत रेकर्ड गर्न आउने नाम चलेका गायकहरुको गफ सुन्दा उनी बेपत्तासँग रमाउँथे । उनीहरुको गफ सुन्न पाउँदा यो फिल्डमा चाहिँ मान्छे खुशी हुँदो रैछ है भनेर संगीतको मोहनी-गाँठो मनैमन कसिँदै थियो । जुनसुकै पेशा अपनाए पनि त्यसमा भित्रैदेखि रमाएर डुब्न सकूँ भन्ने सोच त पहिल्यैदेखि थियो नै ।

स्टुडियोले गीतमा भोकल गर्ने डेट दिए पनि उनी सारिरहन्थे । ‘भोकल दिइसकेपछि स्टुडियो जाने बाटो टुट्ला र गायकहरुको गफ सुन्न नपाइएला भनेर विभिन्न बहाना बनाउँथेँ’, उनले भने । त्यस क्रममा १०-१५ दिनमै सकिने काम उनले दुई महिना लगाइदिए ।

गीत रेकर्ड भएपछि पहिलो चोटि आफ्नो स्वर बाजामा सुन्दा गजब त लाग्ने नै भयो । उनले करिब हजार चोटि सुने होलान् त्यो गीत । तर, जति सुन्दै गयो, आफ्ना कमी-कमजोरी भेट्दै गए । पप गीतको एकदमै माहौल भएको त्यो बेला अरुका गीतहरुसँग तुलना गर्दा त झन् आफ्नोमा कुनै दम देखेनन् । गीत सार्वजनिक नै गरेनन् उनले ।

उनी त्यतिबेला औपचारिकताको लागि गरिने तारिफको सिकार भएका रहेछन् ।

‘हामीकहाँ कुनै पनि सिर्जनाबारे यत्तिकै राम्रो भनिदिने चलन छ,’ उनले भने, ‘यहाँनेर सुधार्दा राम्रो हुन्छ भनेर क्रिटिकल्ली नभनिदिने गर्दा धेरै गायकहरु बिगि्रएका छन् ।’

पहिलो प्रयासलाई नै सबैले राम्रो भनिदिँदा अब गायक हुन सक्ने रै’छु भनेर मक्ख थिए उनी । तर, आत्मसमीक्षाबाटै खोटहरु फेला पारे । उनले आफ्नो दुर्बलता देखे पनि कोही रहेछ, जसले उनीभित्रको क्षमता चिन्यो र विश्वास गर्‍यो ।

त्यो स्टुडियोमा गीतकार रमेश अधिकारी पनि आइरहन्थे । उनले याद गरेका रहेछन् भरतलाई । उनको गीत पनि मन पराएका रहेछन् । एक भेटमा रमेशले प्रस्ताव राखे, ‘म लगानी गर्छु, भाइको एल्बम निकालौं । एल्बमबाट पैसा कमाइएछ भने बाँडीचुँडी गरौंला ।’

भर्खर सांगीतिक फाँटमा पाइला टेक्दै गरेको एउटा गायकलाई त्यति भनेपछि अरु के चाहियो ! त्यो बेलामा एउटा अडियो एल्बम निकाल्न ५०/६० हजार खर्च लाग्थ्यो । त्यति रकम निकै ठूलो कुरा थियो । म्युजिक कम्पनीहरुले एल्बम किनिदिन्थे । एल्बम चल्यो भने रोयल्टी वापत कलाकारले राम्रो पैसा कमाउँथे ।

०६० मा आयो भरतको पहिलो एल्बम ‘मोडः द टर्निङ प्वाइन्ट’ । एल्बमका ‘अचानक आज तिमीलाई’ र ‘माया लाउन त धेरैले लाए’ गीत हिट भए । त्यही वर्ष हिट्स एफएमको म्युजिक अवार्डमा बेस्ट न्यु आर्टिस्ट अफ द इयर बने उनी । त्यसको तीन वर्षपछि दोस्रो एल्बम ‘म अनि तिमी’ निस्कियो रेबल क्रिएसनबाट । त्यसको पनि ‘कहिले आगो कहिले पानी’ र ‘ओ रिया’ निकै चले ।

यसले उनलाई थप हौस्यायो । पप संगीतमा जम्ने विश्वास दिलायो । यसै क्रममा ०६६ सालमा ‘महिमा’ एल्बम निकाले । त्यसमा उनले ‘हरे राम हरे कृष्ण’ लाई नयाँ स्वादमा पस्किए पनि भारतीय भजनको प्रभाव परेको भन्दै श्रोताले खासै पत्याएनन् ।

त्यही बेला संगीत क्षेत्रमा एल्बमको व्यापार चौपट हुन सुरु भयो । क्यासेट र सीडी बिक्न छाडे । पप गीतमाथि आधुनिक र त्यसभन्दा पनि लोक गीतको पल्ला भारी भयो । त्यो बेलासम्म कम्पनीहरुले एल्बममा आफैं लगानी गरिदिएर म्युजिक भिडियो बनाउनुका साथै प्रोमोसन समेत गरिदिन्थे । तर, एल्बम नचलेर कम्पनीहरु पनि डुब्ने अवस्था आएपछि कलाकारले गाएर मात्र नपुग्ने अवस्था आयो । त्यसपछि उनी जागिरे जिन्दगीको दौडमा लागे ।

जागिर खाएको सात वर्षमा संगीत क्षेत्रमा आफू निकै पछि परेको महसुस भएपछि भरत सबै झमेला छाडेर अहिले संगीतमै केन्दि्रत भएका छन् । अर्थात् उनको सांगीतिक बैंश फर्किएको छ । अर्थात् उनले ‘बैंशमा’ एल्बमबाट पुराना र नयाँ श्रोता-दर्शकलाई कुतकुत्याउन खोजेका छन् ।



जागिरले खाएको जुनी

गाएर मात्र नपुग्ने अवस्था भएपछि उनी हिमालय टिभीमा आबद्ध भए । कार्यक्रम निर्माताको जिम्मेवारी पाएका उनले सांगीतिक कार्यक्रमहरु उत्पादन गर्नुका साथै आफैं पनि भीजे भएर कार्यक्रम चलाए ।

‘जागिर खाइसकेपछि जतिसुकै तनाव लिन्नँ भने पनि प्रेसर त भइ नै हाल्दो रै’छ’, जागिरले आर्थिक समस्या सुल्झाए पनि मन रमाउन नसकेको पाटो खोले उनले । त्यस क्रममा धेरै गायक साथीभाइहरुको गीतहरु बजाए उनले । आफ्नै हात जगन्नाथ गर्ने खालका प्राणी थिएनन् उनी । त्यसैले आफ्नो गीत छायामा रहिरह्यो । अरुहरूको कला हेर्ने र पस्किने क्रममा आफ्नो नयाँ सिर्जना पनि मनभित्रै गुम्सिरह्यो । कस्तो भने, कार्यक्रम चलाइरहँदा र संगीतकर्मी साथीहरुको अन्तर्वार्ता लिइरहँदा उनको मनमा सधैं भक्कानो फुटिरहन्थ्यो, ‘म म्युजिककै मान्छे हो, म गायक र कम्पोजर नै हो । मैले गीतै लेख्नुपर्छ र श्रोतामाझ नयाँ चिज ल्याउनुपर्छ ।’

टिभीमा काम गर्दाको अनुभव उनलाई कामै नलागेको भने होइन । संगीतसम्बन्धी कार्यक्रम उत्पादन गर्ने र म्युजिक भिडियोहरु बजाउने क्रममा उनी संगीतकै वातावरणमा थिए । एउटै फिल्डका साथीभाइसँग भेटघाट भइरहन्थ्यो । नयाँ पुस्ताका गीतहरु एकमुष्ठ सुनेर नयाँ टे्रन्ड पनि बुझ्न पाइरहेका थिए । ‘तर, आफू म्युजिकमै छु भन्ने लागे पनि कतै हराइरहेको र छुटिरहेको रहेछ’, त्यतिबेलाको उकुसमुकुस पोखे उनले ।

बितेका सात वर्ष गीत नगाई बस्नुलाई करिअरको ठूलो समय गुमाएको मान्छन् उनी । उनको स्वीकारोक्ति छ, ‘म झुरै गीत त गाउने मान्छे होइन । होला, औंसत गीत गाउँछु । तर, त्यतिबेला निरन्तरताको लागि औंसत गीत समेत निकालिनँ ।’

टिभीको क्रेज भएको समयमा काम थाल्दा साथी सर्कलमा इज्जत भए पनि उनीमा भने बिस्तारै मोनोटोनस बढ्दै गयो । जागिरे मानसिकताले सिर्जनशीलता छुट्दै गयो । मुख्य कुरा, त्यसले श्रोताहरुसँग ग्याप बढ्दै गएको थियो । ग्याप भएपछि मनमा डरले घर बनाउँदै जाने अनुभूति पनि गरे उनले । नयाँ गीतहरु बनाए पनि आफूले सुन्दै जाँदा त्यो गीत अहिले चल्नेमा आफैंलाई शंका हुन्थ्यो ।

‘जति ढिलो गर्‍यो, बजारमा राम्रा र ट्यालेन्टेड गायकहरु देखिन्थे । उनीहरुसँग प्रतिस्पर्धा गर्न आफ्नो सिर्जना पनि त्यो खालको हुनुपर्छ भन्ने डरले खाइरहँदा झन् ग्याप भइरह्यो’, त्यतिखेरको अत्यास सुनाउँछन् ।

त्यो उकुसमुकुसले अति पिरेपछि ७ वर्षदेखिको टेलिभिजन यात्रा उनले गत साउन १ गते टुंग्याए । अब फुलटाइमर म्युजिसियन बन्ने सोचले उनी अघि बढिरहेका छन् ।

अबको रफ्तार

‘बैंशमा’ गीत ल्याएपछि उनलाई याद भयो, आफ्नो धेरै कुरा छुटिसकेको रहेछ । मुख्य कुरा श्रोता र मिडियाहरुसँगको कनेक्सन छुटेको रहेछ । ०६० सालमा पहिलो एल्बम निकाल्दा जसरी जिरो लेभलबाट सुरु गरेका थिए, अहिले त्यही अवस्थामा पाएका छन् आफूलाई ।

प्रविधिको धागोले विश्व एउटै आँगन जस्तो भइरहँदा अहिले श्रोताको संगीतको स्वाद विश्वव्यापी भएको छ । युट्युबले विश्वको संगीत हातहातमा ल्याइदिएको छ । नयाँ पुस्ता फरक सोच र शैली बोकेर त्यत्तिकै आइरहेका छन् । यस्तो भरतलाई आफूले ठीकै समयमा कम ब्याक गरेछु भन्ने लाग्छ । भन्छन्, ‘अहिले बैंशमा गीत निकालेको थिइनँ भने मलाई एकदम गाह्रो हुने रहेछ । म्युजिक फिल्डमा प्रतिस्पर्धा निकै बढेको रहेछ ।’



अबको संगीत कर्मबाट उनलाई पहिलाको जति नै नाम फर्काउन सक्छु भन्ने लागेको छैन । तर, एक समय आफ्नो गीतले श्रोताहरुको मन-मस्तिष्कमा सुरक्षित गरेको ठाउँ केही न केही बनाउँला भन्ने उनको आशा छ ।

नयाँ गीतले माया पाउन थालेपछि उनको गुमेको आत्मविश्वासले पनि शिर ठाडो पार्न थालेको छ । भन्छन्, ‘अहिले चाहिँ मलाई के कन्फिडेन्ट भयो भने राम्रो गीत निकाल्न सक्यो भने ढिलो-चाँडो क्रेज फेरि कमाउन सकिँदो रहेछ ।’ पहिले उनलाई नसुनेकाहरु पनि जोडिएका छन् । अर्थात् हिजोको ६ वर्षे बालक आज १६ वर्षे पट्ठो उमेरमा भरतको ‘बैंशमा’ तरंगित भइरहेको छ ।

समय अनुसार संगीत सुन्ने पुस्ता फेरियो । मायाको परिभाषा पनि फेरियो । पहिला फिल्ममा प्रेमालाप दर्शाउनुपरेमा फूलका दुई गुच्छा ठोक्काइन्थ्यो, अहिले कतिसम्म अग्रगामी प्रेम छ भने, दुई युगल ओठहरु खुलमखुला घमासान कुस्तीमा उत्रिन्छन् । मन पराएको केटा वा केटीलाई बाटोमा रुँगेर कति आँट जुटाएर चिठी दिइन्थ्यो । अहिलेका पुस्ता फेसबुकमा सजिलै ‘आई लभ यू’ भन्दै इमोजीबाट मुटुका डल्ला ठेल्छन् । उताबाट ‘यस’ वा ‘नो’ तुरुन्तै जवाफ आउँछ । नो भनेरै जवाफ आए पनि गहिरो दुःख नमानी अर्को निशाना ताक्न कम्मर कस्छन् ।

समयसँगै फेरिएको मायाको परिभाषा अनुसार शब्द लेख्ने तरिका पनि नफेरे अब संगीत बजारमा पछि परिने उनलाई लाग्छ । यसैले आफ्नो नयाँ गीतमा घोर्ले र च्वाँक जस्ता शब्दलाई बुनेका छन् ।

अहिले गीतहरु चले पनि पछिल्ला गीतहरुको आयु एकदम कम हुने उनलाई लाग्छ । तीन महिनाभित्रमा कुनै गीतले हल्लाखल्ला मच्चायो भने मच्चायो, नत्र फेरि अर्कै नयाँ गीततिर लाग्नुपर्ने अवस्था छ । मान्छेहरुले मेलोडी मन पराउने भए पनि एरेन्जमेन्ट प्याटर्नहरु बदल्न सकेन भने गीतले जादु गर्दैन ।

अहिले कलाकारहरु बाँच्ने मुख्य आधार भनेको देश-विदेशका कन्सर्टहरु नै हुन् । संगीतमा आउने र हराउने क्रम र बीचमा ग्याप भएकाले भरतले त्यति धेरै विदेश जाने मौका पाएका छैनन् । युरोप, जापान, हङकङ जस्ता केही ठाउँ गएका उनी फेरि युरोप जाँदै छन् । भन्छन्, ‘बैंशमा गीत आएपछि चाहिँ मलाई अफरहरु आइरहेका छन् ।’

पहिला सीडी बिक्रीबाट राम्रै पैसा हुने गरी पनि अहिले शून्य छ । नयाँ एल्बम तयार भए पनि कहाँ लगेर कसलाई बेच्ने भनेर अलमलिएका छन् भरत । सीडी बजाएर सुन्ने सीडी प्लेयरको जमाना पनि रहेन । अबोध मुस्कान छर्दै भने, ‘बाहिर जान पाइयो भने साथीहरुलाई गिफ्ट दिने हो । सीडी बेच्नेभन्दा पनि गिफ्ट नै दिनुपर्ने अवस्था छ ।’

कुनै अडियो क्यासेट पायो भने रिल नचुँडिँदासम्म सुनेर सबै गीत कण्ठाग्र पार्ने पुस्ताका हुन् उनी । उतिबेला मनबाट संगीत सुन्ने समय थियो, अहिलेको पुस्ता दिमाग ‘साइको’ पार्ने गीत सुनेर तीव्र रुपमा छलाङ मार्छ ।

पपको समय फर्केला ?

पप गीतमा राम्रो गर्न सक्यो भने उनी त्यति धेरै प्रतिस्पर्धा पनि देख्दैनन् । ‘अहिले पप सिंगरहरु त्यति धेरै स्थापित छैनन्,’ उनले भने, ‘त्यसैले राम्रो गीत ल्याउन सक्यो भने त्यो खाली ठाउँ लिन सक्ने सम्भावना देख्छु ।’

पप गायकहरु बीचमा विभिन्न कारणले कता-कता हराए पनि अहिले सबै जना संगीत गरिरहेका छन् । यो देख्दा उनलाई साह्रै खुशी लागेको छ । नवीन भट्टराईदेखि सुगम पोखरेल, अनिल सिंह सबै जना फेरि एकचोटि आ-आफ्नो तवरमा कस्सिएका छन् । एउटा गायकको सक्रियताले गर्दा अर्कोलाई हुटहुटी हुने उनले बुझेका छन् । यही लहरमा भरत पनि अघि बढेका छन् ।

अब पनि नगरे एकदम ढिलो हुन्छु भन्ने सोच त छ नै, पप संगीत पछि परेको देखेर पनि उनमा जोश भरिएको छ । पप संगीतमा आफ्नो पुस्तासम्म जुन हिसाबले लगालग क्षमतावान् गायकहरु आइरहेका थिए, त्यसपछि पप गीतको चार्म एकदमै घटेको उनी चिन्तित छन् ।

‘हाम्रो पुस्ता भनेको पप म्युजिकमा स्टारडमको स्वाद अन्तिम थोपासम्म चाख्न पाउने पुस्ता हो’, उनी बताउँछन् । त्यो विरासतलाई निरन्तरता दिने नयाँ प्रतिभाको लामो समय खडेरी छाइरहँदा बीचमा धेरैपछि कमल खत्री ‘नोटिस’ भए ।

अहिले मान्छेहरुले संगीतको स्वाद अलि फरक खोजिरहेको उनले देखिरहेका छन् । त्यसले पप संगीतको पहिलाको जस्तै चार्म फर्किन्छ कि भन्ने आशा जगाएको छ । अहिलेका अडियन्सले संगीतमा आफ्नोपन खोजिरहेका छन् । उनको विश्लेषण छ, पहिले आइडियल मानेका पप गायकहरु कहीँ न कहीँ प्रभावित नै लाग्छन्, अबको बाटो पप संगीतलाई पश्चिमा छापबाट मुक्त गर्दै मौलिक स्वाद खोज्नतिर लाग्नुपर्छ ।

उनले बुझेका छन्, सधैं एउटा मान्छे चुचुरोमा बस्न सक्दैन र हरेक मान्छेको आफ्नो एउटा समय हुन्छ । तर, आफ्नो समयमा एक तहको चर्चा चाख्न नपाए पनि आफू चुचुरोमा भने पुग्न नपाएको एउटा तिर्खा छ यी गायकसँग ।

उनले त्यो बेला पप संगीतको आरोहणमा माथिल्लो आधार शिविर टेक्न भ्याए । अब दोस्रो इनिङमा उनले चुचुरो टेक्लान् त ?

२०७३ असोज १३ गते ११:३० मा प्रकाशित

उग्रराष्ट्रवादी भाषणले समस्या सुल्झिँदैनः मन्त्री केसी





१३ असोज ,विराटनगर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले उग्रराष्ट्रवादको भाषण गर्दैमा मुलुकमा व्याप्त समस्या समाधान नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेप्रति लक्षित गर्दै कांग्रेस नेतासमेत रहेका मन्त्री केसीले संविधान सवैलाई स्वीकार्य वनाउन एकजुट हुनुपर्नेमा उग्रराष्ट्रबादी भाषण गर्दै हिडेकामा गुनासो गरे ।

नेपाल प्र्रेस युनियन मोरङ शाखाले स्थापना गरेको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण सभालाई आज विराटनगरमा सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्ट सबैलाई समेटिने गरी संशोधन गर्दै लानु अहिलेको आवश्यकता भएको बताए ।

उनले नेपाली कांग्रेस मुलुककै पुरानो पार्टी भएको उल्लेख गर्दै राष्ट्रियता र सर्वभौमसत्ता रक्षाका लागि कसैले सम्झाउन आवश्यक नरहेको वताए । उनले भने ‘संविधान जारी भएपछि एकै घरका सदस्यबीच संविधानप्रति असन्तुष्टि वढेको छ भने उनीहरुका लागि पनि स्वीकार्य संविधान वनाउन संसोधान गरिँदा राष्ट्रियता र सर्वभौम रक्षामा आँच पुग्छ भन्ने लाग्छ भने यो उग्रराष्ट्रवाद हो ।’

उनले संविधानमा छुटेको विषयलाई सम्वोधन गर्न सरकार सर्वपक्षीय छलफलमा जुटेको पनि जानकारी दिए ।

यसैबीच यस बर्षको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार पत्रकार अजीत तिवारीले पाएका छन् । नागरिक दैनिकका पुर्वाञ्चल संस्करणका स्थानीय सम्पादक तिवारीले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाए ।

२०७३ असोज १३ गते ११:२० मा प्रकाशितv

एक महिनाकै अन्तरमा दयाहाङ हिट र फ्लप

dayahang rai
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘झुम्की’ पूर्ण रुपमा असफल बन्यो । यो चलचित्रको व्यापारले निर्माताको लगानीको सामान्य रकम पनि फिर्ता आउँदैन । धेरैलाई विश्वास थियो यो चलचित्र चल्छ । कारण, यसमा दयाहाङ राई, रीश्मा गुरुङ जस्ता कलाकार थिए । यी कलाकारको ‘कबड्डी र कबड्डी कबड्डी’ सर्वाधिक हिट थियो । तर, दयाहाङलाई हेर्न दर्शक हलसम्म आएनन् ।
त्यसको एक महिना अगाडि रिलिजमा आएको दयाहाङ राई अभिनित चलचित्र ‘वीर विक्रम’ले भने फेरि मल्टिप्लेक्समा सुखद व्यापार गर्‍यो । तेश्रो सातासम्म चलचित्रलाई मल्टिप्लेक्सबाट कसैले हल्लाउन सकेन । दयाहाङकै मुख्य भूमिका रहेको चलचित्र ‘राहादानी’ गतबर्ष औषत चल्यो ।
अब, यतिबेला चलचित्र क्षेत्रमा एउटा चर्चा सुरु भएको छ । त्यो के भन्दा, दयाहाङ चले या कथावस्तु । निश्चल बस्नेत, रामबाबु गुरुङ जस्ता निर्देशकले बनाएको चलचित्रमा दयाहाङ राई सधै नै मुख्य भूमिकामा हुन्छन् । ती चलचित्र हिट पनि भएका छन् । ‘वीर विक्रम’लाई छाड्ने हो भने यी निर्देशक बाहेकका निर्देशकले बनाएका दयाका चलचित्र हेर्न भने दर्शक पहिलो दिन पनि खासै हलमा देखिदैनन् ।
दयाहाङको हातमा यतिबेला फिल्म नै फिल्म छन् । यतिसम्म कि, दयाले धेरै चलचित्रलाई त सेड्यूल नै बनाएर डेट दिइरहेका छन् । तर, भदौमा एउटा चलचित्र हिट हुँदा असोजमा उनको अर्को चलचित्र असफल भएको छ । कतै दयाले धेरै चलचित्र खेल्नु उनकै लागि त हानिकारक हुँदैन ।

सीए पढ्ने विद्यार्थीलाई एनबी बैंकले प्रमाणपत्र धितोमा ऋण दिने



१३ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंकले चाटर्ड एकाउन्टेन्ट बढ्ने विद्यार्थीलाई शैक्षिक प्रमारणपत्र धितो राखेर ऋण दिने भएको छ । शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्था मिलाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए ।

बैंकका सीइओ ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष महेश खनालले विद्यार्थीरुलाई शैक्षिक कर्जा उपलब्ध गारउाने समझादारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

यस कर्जा योजनाले सीए पढेने विद्यार्थीहरुलाई आफ्नो शैक्षिक गतिविधि सहजताका साथ सम्पन्न गर्न सहयो हुने आइक्यानका उपाध्यक्ष खनालले बताए ।

सम्झौताअनुसार आइक्यानले सञ्चालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्म्को शैक्षिक कर्जा उपलब्ध गराइने छ । उक्त कर्जा लिनका लागि विद्यार्थीले सीएकै मध्यम तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राख्नुपर्ने छ ।

बैंकले विद्यार्थीहरुलाई लक्षित गर्दै खआइक्यानको सातदोबाटो स्थित भवनमा आफ्नो एक्सेन्सन काउन्टरसमेत सञ्चालनमा ल्याएको छ ।

रक्तदान गर्नेलाई सित्तमैमा सिमकार्ड !



रक्तदान जिवनदान भन्ने उखानै छ । रगत आवश्यक परेका विरामीहरुका लागि रगत दिनु भनेको जिवनदान गर्नु भन्दा कम होइन । रगत दान गर्नु जिवनकै सबैभन्दा ठूलो परोपकारको रुपमा रहेको भएपनि स्वेच्छाले रक्तदान गर्नेहरुको भने कमी छ ।

यहीँ मेलोमा भारतमा मानिसहरुलाई रक्तदानका लागि लोभ्याउन अनौठो उपाय निकालिएको छ । भारतको गाजियाबादमा स्थानीय रोटरी क्लबले मानिसहरुलाई रक्तदानमा प्रेरित गर्नका लागि मोबाइलको सिमकार्ड सित्तैमा दिने अफर ल्याएको हो ।

गाजियाबादको नवयुग मार्केटमा रक्दानका लागि मंगलबार शिविर संचालन भयो । उक्त रक्तदान शिविरमा एउटा घोषणा पनि गरियो । जस अनुसार जसले त्यहाँ आएर एक पिन्ट रगत दान गर्दछ उसलाई जिओ टेलिकम कम्पनीको सिमकार्ड एक्टिभेट गरेर निशुल्क दिइनेछ ।

यस्तो सुनौलो अवसर खेल फाल्न कहाँ चाहन्थे मानिसहरु । रक्तदान गरेर सित्तैमा मोबाइलको सिमकार्ड पाइने भएपनि रगत दान गर्ने मानिसहरुको लामो लाइन नै लाग्यो ।

मानिसहरु जिओ सिमकार्डमा यतिधेरै मरिहत्ते गर्नुको कारण चाहीँ यो वर्षको ३१ डिसेम्बरसम्म यसमा अनलिमिटेड फोर जी लगायतका विभिन्न सेवा निशुल्क दिइएको छ ।

रक्तदान गरेर सिमकार्ड प्राप्त गर्न चाहनेहरुलाई रक्तदान गर्न आउँदा आफ्नो आधार कार्ड, फोरजी मोबाइल फोन तथा आफ्नो फोटो समेत ल्याउन भनिएको थियो । सिमकार्ड प्रोभाइ८र कम्पनीका कर्मचारीले उक्त शिविरमै उपस्थित भई मानिसहरुलाई सिमकार्ड एक्टिेभट गर्दै वितरण गरेका थिए ।

२०७३ असोज १३ गते १०:५८ मा प्रकाशित

पहिलोपटक जन्माइयो ३ जना आमाबावुबाट एउटा बच्चा



सन्तानोत्पादन कार्यमा महिला र पुरुषको भूमिका रहन्छ । अर्थात् एक जना महिला र एकजना पुरुषबीचको समागमपछि गर्भ रहेसँगै महिलाको पाठेघरमा भ्रुणको सिर्जना हुन्छ ।

यसरप्रकार कुनैपनि बच्चा जन्मिनका लागि दुइजना मानिस, एकजना आमा र एकजना बुवाको भूमिका हुन्छ । तर वैज्ञानिकहरुले भने दुइजना मात्र होइन ३ जना आमाबुवा भएको बच्चाको जन्म गराउन सफल भएका छन् ।

अमेरिकी वैज्ञानिकहरुले विश्वमा पहिलोपटक तिन जना मानिसबाट एउटा सन्तान जन्म गराएका हुन् । यो नयाँ प्रविधि अन्तरगत तिनजना महिला पुरुषको डिएनएको प्रयोग गरी भ्रुण तयार पारिएको हो ।
अमेरिकी डाक्टरहरुको प्रयास तथा हेरचाहमा जोर्डनका एक दम्पत्तिले पाँच महिना पहिले मेक्सिकोमा ३ आमाबुवा भएको बच्चा जन्माए । बच्चा पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।

उक्त बच्चाको आमाको सरीरमा लेघ सिन्ड्रोम नामक रोगको वंशाणु थियो । यो रोगका कारण स्नायु प्रणाली रोगग्रस्त हुन्छ । ती महिलाको माध्यमबाट यो रोग उनका यसअघिका दुइ बच्चामा सरिसकेको थियो र रोगकै कारण दुबै बच्चा मरे । रोगकै कारण यी महिलाको जम्माजम्मी ४ पटक गर्भपात भैसकेको थियो ।

पटक पटक गर्भपात तथा जन्मिएको बच्चा समेत रोगका कारण मरेसँगै यो दम्पत्तिले अमेरिकाको न्यूयोर्कमा रहेको न्यू होप फर्टिलिटी सेन्टरका डाक्टर डन झेंगसँग सहयोग लिए । डाक्टरको उपचारपछि महिलाको सरीरमा भएको रोगयुक्त जिन बच्चामा नसर्ने भएको छ ।

डाक्टरले नयाँ प्रविधिको सहायताले रोगयुक्त माइटोकोन्डि्रयालाई आमाको जिनबाट हटाइदिए । त्यसपछि आमाको डिएनएको न्युक्लियसको प्रयोग गरे र त्यसलाई दाताको डिम्बसँग जोडिदिए ।

दाताको डिम्बको न्यूक्लियस हटाइएको थियो । यसलाई न्युक्लिएर ट्रान्सफर भनिन्छ । यसमा वास्तविक आमा र दाता आमा दुबैका डिम्बको प्रयोग गरिन्छ । त्यसरी तयार पारिएको डिम्बलाई लोग्नेको शुक्रकिटसँग फर्टिलाइजेसन गराइयो ।

ऋमेरिकी डाक्टर जोन झांग नेतृत्वको टोलीले ३ आमाबुवाबाट सन्तान जन्माउने कार्यमा सफलता प्राप्त गरेका भएपनि कतिपयले भने अमेरिकी डाक्टरहरुले नियमन विना तथा उपचारको विवरण सार्वजनिक नगरीकन यस्तो प्रविधि अपनाएको भन्दै आलोचना गरेका छन् ।

स्मरण रहोस् अमेरिकामा यस्तो प्रविधि प्रयोग गर्न प्रतिबन्धित छ तर मेक्सिकोमा भने यस सम्बन्धी कुनै कानून नै छैन ।

कुनै घातक वंशाणुगत रोग भएका आमाबुवाबाट सन्तानमा त्यस्तो रोग नसरोस् भन्नका लागि यो प्रविधि निकै लाभदायी हुने देखिएको छ ।

२०७३ असोज १३ गते १०:५४ मा प्रकाशित

हिन्दीलाई राष्ट्रिय भाषा बनाउन सकिँदैनः वर्षमान पुन





१२ असोज, तुलसीपुर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको हल्ला अनावश्यक भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता पुनले कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने बताए ।

उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षड्यन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगीकृत नागरिकताको सवाल उठाएर राष्ट्रभक्त जनतालाई विभाजन गर्न र भड्काउनका खोजिएको आरोप लगाए ।

यसबारेमा संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाइदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । नेता पुनले भने ‘अब भारतवाट मात्रै बुहारी भित्र्याइन्छ भन्नु गलत हो, यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

पत्रकार सम्मेलनमा नेता पुनलेसंघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुई देशबीच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी समेत गरे ।

पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिकाबीचमा भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा साइडलाइन भेट्ने र सम्वाद गर्ने निश्चित भएको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘नेपाल हल्लै हल्लाको देश हो । आफै भ्रमण मिति ‘फिक्स’ गर्ने र आफै ‘क्यान्सिल’ गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’

नेता पुनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादमा आएको दाबी गरे । यो सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गराउने उनको दावी छ । सीमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने सवालमा कुनै पनि सहमति भइनसकेको पुनले प्रष्ट पारे ।

त्यस्तै उनले स्थानीय निकाय पुनर्संरचनाको सवालमा दलहरुबीच सहमति भइसकेको बताए । तर सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए । उनले उपेन्द्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए ।

२०७३ असोज १२ गते १२:३३ मा प्रकाशित

चीनसँग सम्झौता गर्न अर्को देशलाई सोध्नु पर्दैनः प्रस्तावित राजदूत पौडेल





१२ असोज, काठमाडौं । चीनसँग भएको सहमति कार्यान्वयनका लागि आफूले राजदूत पद स्वीकार गरेको प्रस्तावित राजदूत लीलामणि पौडेलले बताएका छन् । यो सम्झौताले नेपाल र चीन सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याउन ढोका खोल्ने बताए ।

संसदीय सुनुवाई विशेष समितिको बैठकमा सुनुवाईका लागि बुधबार उपस्थित प्रस्तावित राजदूत पौडेलले भने, ‘प्रधानमन्त्रीले राजदूत प्रस्ताव गर्दा मैले सहज स्वीकार गर्नुको मुख्य कारण (प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको) सम्झौताको महत्व हो ।’

उनले अघि भने, ‘दुई देशको सम्वन्धलाई नयाँ उचाईमा लिएर जाने सम्भावना छ । सम्झौताले यो ढोका खोलेको छ । हाम्रो पनि चेत खुलेको छ ।’

नेपालले चीनसँग सम्वन्ध सुधार गर्दा वा कुनै सम्झौता गर्दा अमुक देशविरोधी भयो भन्ने मानसिकता भएको उनले बताए । दुई स्वतन्त्र नेपाल र चीनले द्विपक्षीय हितका विषयमा सम्झौताहरु गर्नसक्ने भन्दै उनले भारतको नाम नलिई भने, ‘हामीले अर्को मुलुकलाई सोध्नु पर्दैन ।’

यद्यपि यस्ता सम्झौताहरु अर्को मुलुकलाई च्यालेन्ज गर्ने भने हुन नहुने चीनका लागि प्रस्तावित राजदूत पौडेलले बताए ।

नेपालले पर्यटनको क्षेत्रमा चीनबाट धेरै लाभ लिन सक्ने सम्भावना भएपनि लिन नसकिरहेको उनले बताए । यसका लागि सहज आवागमन, बजार प्रवर्द्धन र नयाँ गन्तव्यहरुको पहिचानमा समस्या रहेको भन्दै उनले सुधारमा जोड दिए ।

२०७३ असोज १२ गते १२:४७ मा प्रकाशित

काठमाडौंमा डेंगु सार्ने लामखुट्टे भेटिए, डेंगु लागेको कसरी थाहा पाउने ?





१२ असोज, काठमाडौ । चितवनका २१ जनामा डेंगुको संक्रमण देखिएपछि काठमाडौंबासीलाई पनि सतर्क रहन स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी शाखाले अनुरोध गरेको छ ।

इपिडिमियोलोजी शाखाले डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखिएको भन्दै सतर्क रहन अनुरोध गरेको हो ।

शाखाका अनुसार करिब एक महिनाको अवधिमा चितवनमामात्र झण्डै २१ जनामा डेंगुको संक्रमण देखिएको छ र डेंगु सार्ने लामखुट्टे काठमाडौंमा पनि भेटिएको शाखाका अधिकारीहरु बताउँछन् ।

चितवनमा देखिएको डेंगु काठमाडौंको लामखुट्टेले सारेको हो वा त्यहीँबाट फैलिएको हो भन्नेबारे अहिलेसम्म यकीन जानकारी भने नआएको इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले बताए ।

डा. शर्माले भने, ‘अहिलेसम्म काठमाडौंमा डेंगुका विरामी नदेखिए पनि डेंगु सार्ने लामखुट्टे भने प्रशस्त मात्रामा भेटिएका छन् । तर, चितवनमा देखियो त्यो रोग काठमाडौकै लामखुट्टेले सारेको हो वा उतैबाट सरेको हो भन्ने अझै पुष्टि भएको छैन ।’

यद्यपी, डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन उनको अनुरोध छ ।

नेपालमा हरेक वर्ष डेंगुको संक्रमण हुने गरेको छ । यस वर्ष नेपालमा डेंगुबाट कसैले ज्यान गुमाउनु परेको छैन । तर, सन् २०१० मा नेपालमा डेंगुबाट मर्नेको संख्या १० पुगेको थियो । त्यस्तै, गत वर्ष दुईजनाले डंगुबाट ज्यान गुमाएका थिए ।

डेंगु लागेको कसरी थाहा पाउने ?

खासगरी नेपालका तराईका जिल्लाहरु डेंगुबाट बढी प्रभावित छन् । यदि तपाई डेंगु प्रभावित क्षेत्रमा हुनुहुन्छ र ज्वरो आएको छ भने तपाईंलाई डेंगु भएको हुनसक्छ । त्यसैले निरन्तर उच्च ज्वरो आइरहेको छ । तर त्यसमा भाइरल इन्फ्लुयन्जा अथवा रुघाखोकीको कुनै लक्षण देखा परेको छैन भने एकपटक डेंगुको जाँच गर्नु उपर्युक्त हुन्छ ।

उच्च ज्वरो आउने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने, शरीरका विभिन्न भागबाट रगत बग्ने डेंगु रोगको लक्षण हुन् ।

कसरी बच्ने ?

डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा बढी टोक्ने हुँदा शरीर ढाक्ने पुरा बाहुला भएको लुगा लगाउनुपर्दछ ।

घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम शरीरमा लगाउँदा पनि लामखुट्टेले टोक्दैन ।

यसका साथै घर वरपर पानी जम्ने खाल्डा खुल्डी छन् भने पुर्ने, घर वरिपरि पानी जम्न नदिने र सरसफाइ गर्ने, सकेसम्म प्लाष्टिकका भाँडाहरुको प्रयोग गर्नु हुँदैन । प्लास्टिकका भाँडामा लामखुट्टे वृद्धि हुन सम्भावना बढी रहन्छ ।

डेंगु लाग्दा ध्यान दिनुपर्ने कुरा

डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।

डेंगु लागेको मानिसलाई ज्वरो कम भएपनि अस्पतालबाट घर फर्काउनु हुँदैन । किनकी ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु नै उचित हुन्छ ।

डेंगु लागेको व्यक्तिलाई धेरै ज्वरो आएमा बु्रफिन खानु घातक हुन्छ । यसले शरीरबाट थप रगत बग्ने जोखिम हुन्छ ।

२०७३ असोज १२ गते १२:४८ मा प्रकाशित

भोजपुरः चेतनामा अगाडि विकासमा पछाडि






काठमाडौँ, १२ असोज । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ, ल्होसार तथा उधौली पर्वको उपलक्ष्यमा भोजपुरे सेवा समाज काठमाडौँले मङ्गलबार यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना ग-यो ।समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा शुभकामना दिँदै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थिरता कायम हुन नसकेकाले नै देशमा विकास हुन नसकेको र उत्कृष्टमध्ये एक संविधान जारी गरे पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल मिलेर सुल्झाउनुपर्ने बताए ।

उनले भोजपुर चेतनाको दृष्टिले अगाडि भएपनि पूर्वाधारमा पछाडि हुनुका साथै भोजपुरको विकास अल्मलिएकाले किन विकास हुन सकेन भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले चाडपर्वको अवसरमा समाजले एकै ठाउँ ल्याएकोमा धन्यवाद दिँदै भोजपुर विकासमा किन कमजोर भयो भन्ने सोच्नुपर्ने बताए ।

पूर्वसांसद शान्ति अधिकारीले भोजपुरको गौरव सबैतिर फैलिए पनि विकासको फल प्राप्त गर्न नसकेको बताइन।युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शुभकामना दिदैभोजपुरको विकासबारे चिन्तन गर्नुपर्ने बताए ।पूर्वसांसद तथा राष्ट्रपतिका अर्थविज्ञ धनहर्क राईले धेरै बर्ष अगाडि भोजपुरमा बाढीपहिरोको समस्या पर्दा समाजका पूर्वअध्यक्ष गजेन्द्रमणि प्रधानले समाजका तर्फबाट सहयोग उपलब्ध गराएको सम्झना गर्दै शुभकामना दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विश्वको जुन भागमा रहे पनि भोजपुरमा बाल्यकाल बिताएको सम्झना आइरहन्छ भन्दै भोजपुरको विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले भोजपुरे जहाँ रहे पनि भोजपुरको विकासका लागि एक हुनुपर्छ भन्दै विदेशमा अवसर पाए पनि यहीँ केही गर्न सकिन्छ कि भनी समाजमार्फत सक्रिय रहेको बताउँदै भोजपुर अन्य सबै क्षेत्रमा अगाडि भए पनि पूर्वाधारमा पछि परेको बताए ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य तारानाथ लुइँटेल, समाजका परिषद् अध्यक्ष दयाकृष्ण न्यौपाने, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली, डा गोविन्दमान सिंह कार्की, राजन श्रेष्ठ, रोशन श्रेष्ठ, दक्ष पौडेल, देवी घिमिरे आदिले भोजपुरले राष्ट्रपतिजस्तो सम्मानित पद र पटकपटक मन्त्री पद पाएपनि आवश्यक पूर्वाधार विकास हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, विप्लव ढकाल, पवन आलोक, पशुपति पराजुली आदिले कवितावाचन गरेकाथिए भने गायक मनोज सामसोङले गीत प्रस्तुत गरेकाथिए । कार्यक्रममा समाजलाई सहयोग गरेबापत युनाइटेड स्कुल, कुमारीपाटी, ललितपुरलाई प्रमुख अतिथि कार्कीले समाजका तर्फबाट प्रशंसापत्र प्रदान गरेकाथिए ।

युवती जिस्काउँदा चालक र सहचालक परे फन्दामा,युवतीका आफन्तले कुटपिट सहित ३० हजार जरिवाना तिराए



रुपन्देही, ११ असोज । रुपन्देहीमा युबती जिस्काएको आरोपमा चालक र सहचालकले जरिवाना तिरेका छन् । लु १ ख ६१८३ नम्वरको बसका चालक संजय कुर्मी र सहचालक मंगरु कुर्मीलाई बिष्णुपुरा गाबिसको लोण्डिहवामा स्थानीय र युवतीका आफन्तले कुटपिट गर्दै जरिवाना तिराएका छन् भैरहवाबाट झारबैरा जान बसमा चढेकी एक युवतीलाई बस चालक र सहचालकले अभद्र व्यवहार गरेको स्विकारदै चालकले २० हजार रुपेयाँ र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बिष्णुपुरा गाविसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए । भैरहवाबाट झारबैरा जान बसमा चढेकी एक युवतीलाई बस चालक र सहचालकले अभद्र व्यवहार गरेको स्विकारदै चालकले २० हजार रुपेयाँ र सहचालकले १० हजार रुपैयाँ जरिवाना तिरेको बिष्णुपुरा गाविसका पूर्वउपाध्यक्ष कपिलदेव पाण्डेले जानकारी दिए ।