क्षयरोगका औषधि सेवन गरेका बिरामीलाई परामर्श

1:30 AM

Loading...


भक्तपुर, १८ असोज । क्षयरोग भएर औषधि सेवन गरिरहेका बिरामीलाई नियमित औषधि सेवन गर्न र क्षयरोग लाग्न नदिनेबारेमा मनोपरामर्श दिन थालिएको छ । नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बारेमा बिरामीलाई मनोपरामर्श प्रदान गर्न थालेको हो । क्षयरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने सम्भावना रहेकाले उनीहरुको मनस्थिति परिवर्तन गर्न सो परामर्श दिएको हो ।

संस्थाका सभापति बाबुकाजी श्रेष्ठ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का प्रशिक्षक मेनुका भासिमाले परामर्श दिएका हुन् ।

You Might Also Like

0 comments